इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरः सेयर अनुपात १ बराबर १, सिइओ २ जना

  २०७७ फागुन २८ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै बैंकको डीडीए सकिएको छ भने मर्जरको समझदारी पत्र (एमओयु) मा हस्ताक्षर हुने तयारी भएको छ ।

दुई बैंकको डीडीए प्राप्त भएको र अब चाँडै नै एमओयुमा हस्ताक्षर हुने हिमालयन बैंक स्रोतले जानकारी दियो । बैंकको सेयर अनुपात १ बराबर १ नै हुने भनिएको छ ।

‘डिडिए रिपोर्ट आइसकेका छन्, बोर्ड र व्यवस्थापनको संरचनाबारे पनि करिब सहमति भएको छ, अबको केही दिनभित्रमा एमओयु हुन्छ,’ हिमालयन बैंक स्रोतले भन्यो ।

स्रोतका अनुसार मर्जरपछि बैंकको संचालक समिति अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे रहने बताइएको छ । नाम भने दुवै बैंकको पहिचान नगुम्ने गरी राखिने सहमति भएको छ ।

‘समान हैसियतमा मर्जर हुने भएपछि दुवै बैंकको पहिचान जोगिने गरि नाम राखिन्छ होला, मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक पनि हुन सक्छ,’ स्रोतले भन्यो ।

बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने २ जना राख्ने गरी गृहकार्य अघि बढेको छ । हिमालयन बैंकका सिइओ अशोक राणा र नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ जोतिप्रकाश पाण्डे दुवै जना सिइओ राख्ने करिब सहमति भएको छ ।

यसरी २ जना सिइओ राख्दा एक जना वरिष्ठ सिइओ हुने बताइएको छ । वरिष्ठ सिइओको जिम्मेवारी हिमालयन बैंकका सिइओ अशोक राणाले पाउने बताइएको छ ।

मर्जरपछि कस्तो बन्छ बैंक ?

मर्जरपछि बैंकको चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुनेछ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ ।

सम्बन्धित समाचार

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन लागेको हो ? बैंक यस्तो भन्छ

हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.