हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

  २०७७ साउन ३२ गते १६:३१     विकासन्युज

काठमाडौं । हिमालयन बैंक मर्जर प्रक्रियामा अगाडि बढेको छ । बैंकले चार सदस्यीय शक्तिशाली मर्जर कमिटि गठन गरेकाे छ ।

आइतबार बसेको बैंक सञ्चालक समितिले चार सदस्यीय मर्जर कमिटि गठन गरेको हाे । समितिमा चारै जना बैंकका सञ्चालक रहेका छन् ।

समितिको संयोजक सुनिल बहादुर थापा रहेका छन् भने सदस्यहरुमा प्रचण्ड बहादुर श्रेष्ठ, विजय बहादुर श्रेष्ठ र आशिष शर्मा रहेका बैंकका अध्यक्ष तुलसी गाैतमले बताए ।  कमिटिमा प्रवर्द्धक र साधारण लगानीकर्ता दुबै समूहकाे प्रतिनिधित्व रहेकाे छ ।

मर्जर कमिटिको जिम्मेवारी तोक्न बाँकी रहेको स्रोतले बतायो । ‘हिमालयन बैंकले अहिलेसम्म कुनै पनि संस्थासँग एक्वाएर वा मर्ज गरेको थिएन । अब मर्जरमा जानै नै योजनाका साथ बैंकले उच्च स्तरीय कमिटि बनाएको हो’ स्रोतले भन्यो ।

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज हुने सम्भावना रहेको जानकारहरु बताउँछन् । पछिल्लाे समय हिमालयन बैंककाे सञ्चालक समितिमा मर्जरकाे विषयले धेरै महत्व पाइरहेकाे स्राेतले बतायाे ।

सम्बन्धित समाचार


मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

One comment on "हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.