राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर

<p>काठमाडौं । नागरिक लगानी कोषले ६ वाणिज्य बैंकमा राष्ट्र बैंकको परिभाषा अनुसारको करिब २ अर्ब रुपैयाँ बराबरको प्रमोटर सेयरमा लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले एउटै प्रमोटरले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरमा लगानी गरेको विषयलाई क्रस होल्डिङ भनेको छ । सो परिभाषा अनुसार कोषले विभिन्न ६ वाणिज्य बैंकको प्रमोटर सेयरमा [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषले ६ वाणिज्य बैंकमा राष्ट्र बैंकको परिभाषा अनुसारको करिब २ अर्ब रुपैयाँ बराबरको प्रमोटर सेयरमा लगानी गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले एउटै प्रमोटरले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरमा लगानी गरेको विषयलाई क्रस होल्डिङ भनेको छ । सो परिभाषा अनुसार कोषले विभिन्न ६ वाणिज्य बैंकको प्रमोटर सेयरमा लगानी गरेको पाइएको हो ।

कोषका अनुसार बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), नेपाल इन्भेष्टमेन्ट र एनआइसी एसिया बैंकको प्रमोटर सेयरमा लगानी गरेको पाइएको हो । यी सबै बैंकमा गरी कोषले १ करोड ९० लाख ७८ हजार ३ सय ५५.४ कित्ता प्रमोटर सेयरमा लगानी गरेको छ ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले हिसाव गर्दा यी बैंकमा कोषको १ अर्ब ९० करोड ७८ लाख ३५ हजार ५ सय ४० रुपैयाँ लगानी हुन आउँछ । केही बैंकको प्रमोटर सेयर भने कोषले प्रतिकित्ता १ सय रुपैयाँभन्दा बढीमा पनि लगानी गरेको छ ।

कोषका अनुसार बैंक अफ काठमाण्डूको १७ लाख ९८ हजार ८ सय ७५ कित्ता प्रमोटर सेयरमा लगानी गरिएको छ । यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलको २८ लाख २१ हजार ६ सय ७१.७८ कित्ता, एनसीसी बैंकको ३६ लाख ६४ हजार ६ सय कित्ता, लक्ष्मी बैंकको ६७ लाख ३७ हजार ७२.२९ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको ३७ लाख ४९ हजार ८ सय ४८.९२ कित्ता र एनआइसी एसिया बैंकको ३ लाख ६ हजार २ सय ८७ कित्ता प्रमोटर सेयर छ ।

नागरिक लगानी कोषको प्रमोटर सेयर

बैंक अफ काठमाण्डूः रु. १७.९८ करोड
सिटजन्स बैंकः रु. २८.२१ करोड
एनसीसी बैंकः रु. ३६.६४ करोड
लक्ष्मी बैंकः रु. ६७.३७ करोड
इन्भेष्टमेन्ट बैंकः रु. ३७.४९ करोड
एनआइसी एसिया बैंकः रु. ३.०६ करोड
कूलः रु. १९०.७८ करोड

सम्बन्धित सामग्री

११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

एनआइसी एसिया र एनएमबीबीच मर्ज भए कस्तो बैंक बन्ला ?

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

Share News