हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरको कुरा मिल्यो, पहिलो कार्यकालको लागि राणा सीईओ

<p>काठमाडौं । लामो समयदेखि चर्चामा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर टुंगोमा पुगेको छ । दुबै बैंकले गठन गरेको मर्जर कमिटीमा मिल्न बाँकी रहेका प्रमुख कार्यकारी अधिकृत र मर्जरपछिको बैंकको नाममा सहमति जुटेको हो । गत शुक्रबार बसेको दुबै बैंकको मर्जर कमिटीमा सबै विषयमा कुरा मिलेको हिमालयन बैंक स्रोतले जानकारी दियो । मर्जरपछिको [&hellip;]</p>

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर टुंगोमा पुगेको छ । दुबै बैंकले गठन गरेको मर्जर कमिटीमा मिल्न बाँकी रहेका प्रमुख कार्यकारी अधिकृत र मर्जरपछिको बैंकको नाममा सहमति जुटेको हो ।

गत शुक्रबार बसेको दुबै बैंकको मर्जर कमिटीमा सबै विषयमा कुरा मिलेको हिमालयन बैंक स्रोतले जानकारी दियो । मर्जरपछिको बैंकको नाम हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक रहने र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा रहने गरी समझदारी पत्र (एमओयु) को मस्यौदामा सहमति जुटेको स्रोतले बतायो ।

‘अरु विषय मिलेपनि इन्भेष्टमेन्ट बैंकले आफ्नो सीईओलाई जुनियर सीईओ बनाउनु पर्ने अडान लिएका कारण मर्जर कमिटीमा सहमति जुट्न सकेको थिएन, शुक्रबारको बैठकमा इन्भेष्टमेन्ट बैंकले आफ्नो अडान छोडेर मर्जरको लागि तयार भयो, अब मर्जरपछि बैंकको नाम हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक रहने छ, अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अहिलेका अध्यक्ष पृथ्बीबहादुर पाँडे रहनु हुनेछ, सीईओ हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा रहनु हुनेछ,’ स्रोतले विकासन्युजसँग भन्यो ।

गत शुक्रबार भएको सहमति अनुसार हिमालयन बैंकको सीईओको जिम्मेवारीमा रहेका राणा मर्जरपछि प्रस्तावित हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंकको एक कार्यकालको लागि सीईओको जिम्मेवारीमा रहने छन् । सो समयसम्मको लागि नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे सिनियर डेपुटी सीईओको जिम्मेवारीमा रहने छन् । राणाले एक कार्यकाल पूरा गरेपछि पाण्डेलाई सीईओ बनाउने सहमति भएको स्रोतको भनाई छ ।

स्वाप रेसियो एक बराबर एक नै हुने सहमति यसअघि नै भइसकेको छ । मर्जर कमिटीले दुबै बैंकको संचालक समितिमा पेश गर्ने एमओयुको मस्यौदामा सहमति गरी आ–आफ्नो संचालक समितिमा पेश गर्ने निर्णय भएको छ । दुबै बैंकको संचालक समितिलाई सो मस्यौदा बुझाइसकिएको छ ।

मर्जर कमिटीले बुझाएको एमओयुको मस्यौदा दुबै बैंकको संचालक समितिले स्वीकृत गरी मर्जरको लागि एमओयु हुनेछ । कोभिड महामारी नियन्त्रण र रोकथामको लागि सरकारले काठमाडौं उपत्यकासहितका देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरेकोले बैंक संचालक समितिको बैठक बोलाउन समस्या भए मर्जरको लागि एमओयुमा हस्ताक्षर गर्न केही ढिलाई हुनेछ ।

‘अहिलेको कोभिड महामारीको कारण संचालक समितिको बैठक बस्न केही ढिला भयो भने बेग्लै कुरा हो, नत्र आगामी बुधबार वा बिहीबार दुबै बैंकको संचालक समितिले एमओयुको मस्यौदा स्वीकृत गर्ने र अर्काे आइतबार वा सोमबारसम्ममा मर्जरको लागि एमओयुमा हस्ताक्षर गर्ने भनेर काम गरिरहेका छौं, कोभिड महामारी बाहेको कारणले अब मर्जर रोकिदैन, चाढै नै एमओयु हुन्छ,’ स्रोतले भन्यो ।

सम्बन्धित समाचार

एमओयुको मस्यौदा शुक्रबार पारित गर्दै हिमालयन, मर्जरपछिको रोडम्याप बनाउँदै दुबै बैंकको व्यवस्थापन

नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने गरी हुन लागेको इन्भेष्टमेन्ट र हिमालयनको मर्जर कहाँ पुग्यो ?

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरः सेयर अनुपात १ बराबर १, सिइओ २ जना

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन लागेको हो ? बैंक यस्तो भन्छ

हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर

११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

Share News