राष्ट्रपति ट्रम्पले गरे कम्तीमा ४ राज्यमा चुनावी सभा गर्ने घाेषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसारका लागि ४ राज्यमा चुनावीसभा गर्ने बताएका छन् । कोभिड १९ को कारणले चुनावी नाराबाजी पछिल्ला तीन महिनाको लागि स्थगित गरिएकाे थियाे तर अब भने ट्रम्पले चुनावी प्रचारकाे शुरूवात गर्ने जानकारी दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘ओक्वामा, फ्लोरिडा, एरि जोना र नर्थ क्यारोलिनामा आफ्नो जुलुस शुरू हुन्छ ।’ सम्भवतः पहिले ओकाहोमाको टास्लाबाट जुलुस  शुक्रबार शुरू हुने ट्रम्पले जानकारी दिएका छन् । यद्यपि उनले कोभिड १९ को थप संक्रमणलाई रोकथाम गर्न र जोखिम घटाउन यी घटनाहरूको क्रममा कस्तो सावधानी अपनाउने भन्ने बारेमा केही भनेका छैनन् । अमेरिकामा राष्ट्रपति पदको लागि यस वर्ष नोभेम्बरमा हुने चुनावमा ट्रम्प डेमोक्र्याट नेता जो बिडेनको बिरूद्ध चुनावी मैदानमा उत्रिने छन् ।  (बीबीसीकाे सहयाेगमा)

‘लकडाउनले मात्रै ११ युरोपेली मुलुकमा धेरैको ज्यान बचाउने’

युरोप । युरोपका विभिन्न ११ ओटा देशमा कोभिड-१९ विरुद्धको महामारीबाट ठूलो संख्याका नागरिकको ज्यान बचाउन सक्ने एक अध्ययनले देखाएको छ । ती देशले गत मार्चको २ देखि २९ तारिखसम्म विद्यालय, पार्कलगायत मानिसहरु जम्मा हुने सबै स्थानमा प्रतिबन्ध लगाउनुका साथै देशव्यापी रुपमा लकडाउन गरेका थिए । त्यसले धेरै नागरिकको ज्यान बचाएको भन्दै लकडाउनले ती देशका कम्तीमा पनि ३० लाख मानिस मर्नबाट बचाएको यो अध्ययनमा देखाएको हो ।यदि युरोपेली देशहरुले कोभिडको महामारी नियन्त्रण गर्नका लागि लकडाउन साथै विना औषधीका विभिन्न नियन्त्रणात्मक विधिहरु नअपनाएको भए लाखौँ नागरिकको ज्यान जान सक्ने सो अनुसन्धानले बताएको छ । युरोपका इटाली, स्पेन र बेलायतमा कोभिड १९ को महामारीबाट सबैभन्दा ठूलो क्षति पुगेको समाचारहरुमा जनाइएको छ । रासस/एएफपी

लकडाउनमा दाना खुवाउन कोही नआएकाले एक हजार भन्दा बढि परेवा मरे

काठमाडौं । अफगानिस्तान स्थित मशहूर मजार ए शरीफ मस्जिदमा एक हजारभन्दा बढि परेवाहरु मरेका छन् । हाल जारी लकडाउनका कारण लामो समयदेखि मस्जिद बन्द रहेको छ र सोही कारण त्यहाँ पालिएका सेता परेवालाई दाना खुवाउन कोहीपनि पुगेका छैनन् । लामो समयदेखि खान नपाएका ती सेता परेवाहरुले भोकै प्राण त्यागेका छन् । सो मस्जिदका कर्मचारीले दैनिक जसो ३० ओटा जति सेता परेवा मरिरहेको र हालसम्म १ हजार भन्दा बढि परेवा मरिसकेको बताएका छन् । अफगानिस्तानमा लकडाउनका कारण सम्पूर्ण धार्मिक स्थलहरु बन्द रहेका छन् । हालसम्म त्यहाँ कोरोना संक्रमित मानिसहरुको संख्या २१ हजार पुगेको बताइए पनि ठिक आँकडा चाहिँ त्यो भन्दा धेरै हुनसक्ने मानिँदै आएको छ ।