वार्ताका लागि स्विट्जरल्याण्ड पुगे शहबाज सरिफ र जेडी भान्स

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ इरान–अमेरिका वार्तामा सहभागी हुन स्विट्जरल्याण्ड पुगेका छन् । फिल्ड मार्शल आसिम मुनिर पनि यस भ्रमणमा सरिफसँगै रहेका छन् ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि स्विट्जरल्याण्ड पुगेका थिए । अर्कोतर्फ, इरानको प्रतिनिधिमण्डल शनिबार नै यहाँ पुगिसकेको थियो ।

पछिल्ला केही महिनामा इरान र अमेरिकाबीच भएको बातचीतमा पाकिस्तान मुख्य मध्यस्थकर्ता रहँदै आएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले यसअघि नै अमेरिका र इरानका प्रतिनिधिहरूका साथै पाकिस्तान र कतारका मध्यस्थकर्ताहरू पनि यस बैठकमा सहभागी हुने बताएको थियो ।

दुवै पक्षबीच सम्झौतामा यसअघि नै हस्ताक्षर भइसकेको छ । पाकिस्तानले पनि मध्यस्थकर्ताको रूपमा यस सम्झौतामा हस्ताक्षर गरेको थियो ।

Share News