सम्झौताको उल्लंघन गर्दै लेबनानमा इजरायली आक्रमण, कम्तीमा  १८ को मृत्यु

काठमाडौं । लेबनानको नेशनल न्यूज एजेन्सीले देशको दक्षिणी क्षेत्रका कैयौं सहरहरूमा इजरायलले आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

मिडियाका अनुसार शुक्रबार बिहानैदेखि इजरायली सेनाले नबातीह सहर र त्यसको वरपर लगातार आक्रमण गरिरहेको छ ।

यद्यपि अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही बन्द गरिने उल्लेख थियो ।

यसैबीच दक्षिणी लेबनानमा हिजबुल्लाहका ठेगानाहरूमा गरिने आक्रमणलाई रोक्ने विषयमा अमेरिका र इजरायलबीच मतभेद बढेको छ ।

अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘यस समयमा पूरा विश्वमा डोनाल्ड ट्रम्प मात्र एक यस्ता नेता हुन्, जसले इजरायलप्रति सहानुभूति र समर्थन देखाइरहेका छन् ।’

इजरायलका आन्तरिक सुरक्षा मन्त्री इतामार बेन–ग्वीरले भेन्सको बयानलाई लिएर भनेका छन्, ‘जसले हाम्रो साथ दिनेछ उसलाई फाइदा हुनेछ, र जसले पिठ्युँ फर्काउनेछ उसलाई घाटा हुनेछ । त्यसैले हामीलाई धम्की नदेऊ ।’

Share News