महुली लघुवित्तले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ २० पैसाको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत ४.७५ प्रतिशत अर्थात् १ करोड ७५ लाख ७१ हजार ३६६ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत अर्थात् ९ लाख २४ हजार ८०८ रुपैयाँ बराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले सो आर्थिक वर्षको सञ्चित तथा खुद मुनाफाबाट हाल कायम चुक्तापुँजी ४० करोड ७६ लाख ९२ हजार ३०४ रुपैयाँ ७६ पैसाको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत १० प्रतिशत अर्थात् ४ करोड ७ लाख ६९ हजार २३० रुपैयाँ ४८ पैसा बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५२३६ प्रतिशत अर्थात् २१ लाख ४५ हजार ७४८ रुपैयाँ ९७ पैसा बराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने  निर्णय गरेको हो । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ६२ करोड ३५ लाख ३९ हजार ३८५.६० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।  उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।