काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा १९.९८ प्रतिशत घटेर ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशत घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले १ अर्ब ९० करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
असार मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५ करोड ८० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ५० करोड ४ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ करोड १० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा झरेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ५३.७३ गुणा छ भने प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप १.९४ प्रतिशत बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ र कर्जा २५.९६ प्रतिशत बढेर ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ र कर्जा २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ थियो ।