थ्रीस्टार हाइड्रोको ४२ लाख कित्ता सेयरको लकइन असार १९ गते सकिने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको सेयरको लकइन अवधि एक महिनापछि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि असार १९ गते समाप्त हुने भएको हो ।

कम्पनीका अनुसार संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरूको गरी कुल ४२ लाख १ हजार २५ कित्ता सेयरको लइकन सकिन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३६ लाख ९३ हजार ७५० कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ४ लाख ९२ हजार ५ सय कित्ता र कम्पनीका कर्मचारीको १४ हजार ७७५ कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ ।

सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुको हकमा भने खरिद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । 

आईपीओ बिक्री गरेर सेयर बाँडफाँडपश्चात् ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याएको सेयर लक इनमा राख्नु पर्ने नेपाल धितोपत्र बोर्डले व्यवस्था गरेको छ । 
 

Share News