लक्ष्मी लघुवितले २० प्रतिशत नगद लाभांस दिने

काठमाडौं, ३ मंसिर । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभा.स दिनृ भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । सो नगद लाभांस संस्थाले भर्खरै मात्र जारी गरेको शतप्रतिशत हकप्रद सेयरपछिको पुँजीरकमको १० प्रतिशत मात्र हुनेछ । लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र बाडिने कम्पनीले जनाएको छ ।

सेवा विकास बैंकको ५१ लाख कित्ता हकप्रद सेयर निष्कासन, मंसिर २३ देखि सेयर आवेदन दिन पाइने

काठमाडौं ३, मंसिर । सेवा विकास बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले यही मंसिर २३ गतेबाट निष्कासन खुला गरेको एक सय अंकित रुपैयाँका एक सयेर बराबार १ दशमलव २ को अनुपातमा सेयर निस्कासन गरेको छ । यो बैंकले ४२ करोड ५५ लाख ५५ हजार दुई सय को चुक्ता पँुजीमा १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने सुचना सार्वजनिक गरेको छ । आगामी पुस २७ गतेसम्म यसको हकप्रद सेयरको आवेदन दिन पाइने छ । यो बैंकको गत असोज १९ गतेसम्मका सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउने छ । यो बैंकको सेयर विक्री प्रवन्धक एनएमबी क्यापटिल लिमिटेड हो ।

पाँच वर्षसम्म सेयरधनी लाभांस लिन नआए उनीहरुले पाउने रकम लगानीकर्ता संरक्षण कोषमा जाने

काठमाडौँ । कुनै पनि कम्पनीमा पाँच वर्षसम्म लाभांस लिन सेयरधनी लगानीकर्ता नआए उनीहरुको पाउने रकम कम्पनी रजिष्टार्डको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएको छ । कम्पनी राजिष्टारको कार्यालयले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी नेप्सेमा सुचिकृत कम्पनीहरुलाई सो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको छ । लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधी २०७३ पारित भइ उक्त कोष स्थापना भएको हो । यसअघि पाँचवर्ष सम्म सेयरधनीले लाभांस नलिएमा कम्पनीले राख्ने गरेको थियो । अव भने कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने छ । नेप्सेमा सूचिकृत सबै कम्पनीले कुनै लगानीकर्ताले पाँच बर्षभन्दा बढि समयदेखि लाभांश नलिएको भए एक महिनाभित्र कोषमा जम्मा गर्नुपर्नेछ । कोहि लगानीकर्ताले कम्पनीको सेयर हाल्दा फिर्ता भएको रकम समेत पाँच बर्षसम्म लिन नआएको भए कोषमा जम्मा गर्नुपर्ने जनाइएको छ ।