सिद्धार्थ बैंकको ४ बराबर एक कित्ता हकप्रद सेयर आजबाट निष्काशन
काठमाडौं, ११ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडको ४ कित्ता बराबर एक कित्ता अनुपातको हकप्रद सेयर कात्तिक ११ अर्थात आजबाट निष्काशन भएको छ । बैंकले लक्ष्मी क्यापिटल मार्फत हकप्रद सेयर निष्काशन गरेको हो । सिद्धार्थ बैंकका देशैभरका शाखा कार्यालय तथा सिद्धार्थ क्यापिटल र लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । मंसिर १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । हुलाक मार्फत ड्राफ्ट गरेर पठाइएको आवेदन भने ७ दिनपछिसम्म बाँडफाँटमा समावेश गरिनेछ । तीन अर्ब २२ करोड चुक्ता पुँजी रहेको बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
काष्ठमण्डप डेभलपेमन्ट बैंकको १६ लाख कित्ता हकप्रद निष्कासन, कात्तिक २६ देखि निष्कासन खुला
काठमाडौं ८, कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अकिंत १६ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले यहि कत्तिक २६ गतेदेखि निष्कासन खुला हुने गरी सूचना जारी गरेको छ । मंसिर ३० गतेसम्म हकप्रद सेयरका लागि यसिका साधारण सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले साधारण सेयर धनिलाई चार सेयर बराबार १ सेयरको (४ः१) अनुपात एक सय रुपैयाँ अंकित सेयरको विक्री खुला गर्ने सुचना सार्वजनिक गरेको छ । यो बैंकले नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका साविकको सेयरका लागि हकप्रद निष्कासन गरेको हो । यो बैंकको नेपाल स्टक एक्सचेन्जमा ६७ लाख ९९ हजार २ सय ७३ कित्ता सेयर सूचिकृत भएको छ । यो प्रति शेयर कारोबार पाँच सय रुपैयाँमा भइरहेको छ । यो बैंकको सेयर निष्कासन तथा विक्री प्रवन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसको हकप्रद सेयरको आवेदनका लागि विक्री प्रवन्धक र बैंकको सम्पूर्ण शाखामा सम्पर्क गर्न सकिने छ । यो बैंकले कुमारी बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।
सिन्धु विकास बैंकले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं, ६ कात्तिक । सिन्धु विकास बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले १० कित्ता बराबर ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । बैंकले हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय पारित गर्न भन्दै कात्तिक २७ गतेका लागि बिशेष साधारण सभा समेत बोलाएको छ । सोही साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २ करोड ३ लाख १७ हजार ५ सय रुपैंयाँ बराबरको बोनस सेयर समेत दिने निर्णय गर्नेछ ।