नेप्से ओरालो लाग्यो, साताको तेस्रोदिन पनि एभरेष्ट बैंककै पछि लगानीकर्ता
काठमाडौं, ३० कात्तिक । साताकोे सुरुका दुई दिन बजार उकालो लागेपनि मंगलबार भने ओरालो लागेको छ । यसदिन बजार ४दशमलव ३७ अंकले ओरालो लागेको हो । विकास बैंक, उत्पादनमूलक र अन्य बाहेक सवै उपसमुह पनि ओरालो लागेको छ । नेपाल टेलिकमको वित्तिय विवरण सार्वजनिक भएपछि यस कम्पनीको सेयर मुल्य ९ रुपैयाँले बढेर ६८५ मा कारोबार भएको छ । नेपाल टेलिकमको मुल्य बढ्दा अन्य समूहको सुचक पनि केही बढेको हो । यसदिन बैकिङ ६ दशमलव ८९ अंक, होटल ३३ दशमलव २ अंक, जलविद्युत ३० दशमलव ५४ अंक, विमा २३ दशमलव ६ अंक र फाइनान्स १ दशमलव २ अंकले घटेको छ भने विकास बैंक १ दशमलव ९१ अंक, उत्पादनमूलक ४ र अन्य ९ अंकले बढेको छ । मंगलबार पनि लगानीकर्ताहरु एभरेष्ट बैंकको नै पछि लागेका छन् । आइतबार २० करोडको कारोबार भएको सो बैंकको सोमबार १२ करोडको हाराहारीमा कारोबार भएको थियो । मंगलबार एभरेष्ट बैंकको १७ करोडको कारोबार भएको छ । यसदिन एभरेष्ट बैंकसँगै वढी कारोबार हुनेमा बैंक अफ काठमाडौ लुम्विनी, नेशनल लाइफ इन्सुरेन्स कम्पनी र कुमारी बैंक रहेका छन् । बढी कमाउनेहरुमा गरिमा विकास बैंक,किसान माइक्रो फाइनान्स वित्तिय संस्था, नागवेली लघुवित्त विकास बैंक र एनवी इन्सुरेन्स कम्पनी रहेका छन् । त्यस्तै सवैभन्दा बढी गुमाउनेहरुमा महिला सहयात्रा माइक्रो फाइनान्स वित्तिय संस्था, बोटलर्स नेपाल ,बुटवल पावर कम्पनी लगायतका रहेका छन् । मंगलबार दिनभर एकसय ३९ कम्पनीको ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कुमारी बैंकद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौं, २९ कात्तिक । कुमारी बैंकको बिशेष साधारण सभाद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैंककोद विषेष साधारण सभाले चुक्तापुँजी आठ अर्व पुर्याउनको लागि लगानीकर्तालाई ५० प्रतिशत हकप्रदल सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । विषेष साधारणसभाले बैंकको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी बृद्धि गर्न प्रबन्धपत्रमा शंसोधन प्रस्ताव समेत सर्व सम्मतिले पारित गरेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४ अर्ब ५ करोड पुग्नेछ । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख ६६ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट बैंकले २०७४ साल आषाढ मसान्त भित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउन दिएको निर्देशन अनुरुप चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसैगरी, कुमारी बैंक लिमिटेडले यसअघि नै काष्ठमण्डप डेभलपमेन्ट बैंक लि., पश्चिमाञ्चल फाइनान्स कम्पनी लि., महाकाली विकास बैंक लि. र काँक्रेबिहार विकास बैंक लि.लाई प्राप्ति (एक्वायर) गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । बैंकले चार वटा संस्थाहरुको प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढनुका साथै शाखा संजाल, निक्षेप, कर्जा आदिमा बृद्धि हुने जनाएको छ । उक्त प्राप्ति पछि बैंकको शाखा संजाल ७४ पुग्ने छ भने बैंकको निक्षेप र कर्जा लगानी क्रमशः करिब रु. ५० अर्ब र रु.४० अर्ब हुनेछ ।
बढेरै बन्द भयो नेप्से, एभरेष्ट बैंकको सेयरमा नै खनिए लगानीकर्ता
काठमाडौं, २९ कात्तिक । आइतबार झिनो अंकले सुधार भएको नेप्से सोमबार ६ दशमलव २८ अंकले बढेको छ । कारोबारमा पनि केही सुधार देखिएको छ । यसदिन दिनभर १३१ कम्पनीका ७८ करोड बराबरको कारोबार भएको छ । विकास बैंक, जलविद्युत र अन्य बाहेक बाँकी उपसुचकहरु पनि यसदिन बढेको छ । बैकिङ ८ दशमलव ९४ अंकले, होटल ७ दशमवल शुन्य ९ अंकले, फाइनान्स ७ दशमलव ६२ अंकले, विमा ४३ दशमलव २५ अंकले र उत्पादनमूलक १२ दशमलव ५५ अंकले बढेको छ । त्यस्तै विकास बैंक ५ दशमलव २८, जलविद्युत ३ दशमलव ५६ र अन्य १ दशमलव ४५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यसदिन सवैभन्दा धेरै कारोबार हुने कम्पनीमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । बैंकको दिनभरमा १२ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ७५ लाख, शिखर इन्सुरेन्स कम्पनी ६ करोड र बैंक अफ काठमाडौं लुम्वीनी लिमिटेले चार करोडको कारोबार गरेका छन् । गरिमा विकास बैंक र अरुण फाइनान्सले करिव १० प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यस्तै नागवेली लघुवित्त विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र प्रभु इन्सुरेन्स लिमिटेडका लगानीकर्ताले धेरै कमाएका छन् । त्यस्तै गुमाउनेहरुमा साझा विकास बैंक,बेष्टर्न डेभलपमेन्ट बैंक,मुक्तिनाथ विकास बैंक र रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताहरु रहेका छन् ।