ओरालो लाग्न रोकिएन नेप्से, कारोबारमा भने सुधार, गत हप्तादेखि निरन्तर एभरेष्ट बैंकमा नै लगानीकर्ता

काठमाडौं, ८ मंसिर । सेयर बजार लगातार ओरालो लागेको छ । गत हप्तादेखि ओरालो लाग्न सुरु गरेको सेयर बजार परिसुचक (नेप्से) बुधबार पनि ४२.४६ अंकले ओरालो लागेको छ । बुधबार मंगलबारको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । मंगलबार ८२ करोडको कारोबार भएको बजारमा बुधबार एक अर्व ७ करोड बराबरको कारोबार भएको छ । यसदिन सम्पुर्ण समूहगत परिसूचकहरु पनि ओरालो लागेको छ । सवैभन्दा बढी विमा समूहको ३६५.६४ अंकले घटेको छ भने होटल १०२.९२अंकले ओरालो लागेको छ । त्यस्तै बैकिङ ३७.४७, विकास बैंक ४१.८, जलविद्युत १५.१७, फाइनान्स १३.८७, उत्पादनमूलक १२.६९ र अन्य समूह १८.८८ अंकले ओरालो लागेको छ । गत हप्तादेखि नै निरन्तर रुपमा एभरेष्ट बैंककै उच्च कारोबार भएको छ । यसदिन पनि १७ करोड ६० लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ इन्सुरेन्स कम्पनी, १३ करोड १७ लाख, बैंक अफ काठमाडौ लुम्विनी ४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यसदिन सवैभन्दा बढी कमाउनेहरुमा मेगा बैंक, एनवी इन्सुरेन्स, माउन्ट मकालु डेभलपमेन्ट बैंक, गुह्हेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । गुमाउनेहरुमा लक्ष्मी लघुवित्त वित्तिय संस्था, सुर्य लाइफ इन्सुरेन्स कम्पनी, तारागाउँ रिजेन्सी होटल, सगरमाथा फाइनान्स गायतका कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।

मंगलबार २४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौ, ७ मंसिर । मंगलबार सेयर बजार परिसुचक (नेप्से) २३.८२ अंकले ओरालो लागेको छ । उतारचढावका विच सोमबार बजार बन्द हुदा नेप्से झिनो अंकले सुधार भएको थियो । बजार गत हप्ताको सुरुदेखि नै घट्न थालेको थियो ।   मंगलबार पनि बजारमा उतारचढाव भने कायमै रह्यो । यसबाट के प्रष्ट हुन्छ भने लगानीकर्ताहरुको मनोवल अस्थिर रहेको छ, बजार विश्लेषक हरीवोल काफ्ले भन्छन् —ठूला लगानीकर्ताहरु बजार अझै तल जाला र सेयर उठाउँला भनेर बसेका कारण पनि बजार ओरालो गतिमा लागेको हो । यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ९२ करोडको कारोबार भएको बजारमा मंगलबा ८२ करोड ८२ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।  मंगलबार बैकिङ २२.३५ अंकले, विकास बैक २४.६३ अंकले, जलविद्युत ३३. अंकले, फाइनान्स १३.७८ अंकले, विमा समूह १२४.१५ अंकले, होटल ६६.३५ अंकले र अन्य समुह ९.८४ अंकले ओरालो लागेको छ । मंगलबार पनि लगानीकर्ताको आकर्षण सबैभन्दा बढी एभरेष्ट बैकमै देखिएको छ । सो बैंकको सवैभन्दा बढी ९ करोड १३ लाख रुपैयाँको कारोबार भयो । त्यस्तै बढी कारोबार हुने कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, बैक अफ काठमाडांै लुम्विनी, सिद्धार्थ बैक लगायतका कम्पनीहरु रहेका छन् । यसदिन गुमाउनेहरुमा रिलाइएवल माइक्रोफाइनान्स वित्तिय संस्था, नेपाल ग्रामिन विकास बैंक लगायतका लगानीकर्ताहरुले गुमाएका छन् भने सिर्जना माइक्रोफाइनान्स, युनियन फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।

वेष्टर्न डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर आजदेखि खुल्ला

काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंककोले जारी गरेको शतप्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । बैंकको यो हकप्रद सेयर पुस २६ गते सम्म भर्न पाइने छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । प्रभु क्यापिटल विक्रि प्रबन्धक रहेको सो बैंकको सेयर कात्तिक १ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र भर्न पाउने छन् । आवेदककर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं, वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड घोराही ११ दाङ तथा बैंकको अन्य शाखा कार्यलय र सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको शाखा कार्यलयहरु वीरगन्ज, विराटनगर, नारायणगढ, पोखरा, बुटवल र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।