वेस्टर्न डेभलपमेन्ट बैंकको १५ लाख ६९ हजार कित्ता हकप्रद सेयर निष्कासन, पुस २६ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं ५, मंसिर । वेष्टर्नडेभलपमेन्ट बैंक लिमिटेडले प्रति साधारण सेयर एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले यही मंसिर २२ गतेबाट खुला गरेको सेयर निष्कासन भने आगामी पुस २६ गतेसम्म आवेदन दिन पाइने जानकारी दिएको छ । यो बैंकको हाल कायम रहेको १५ करोड ६९ लाख ६० हजारको चुक्ता पूँजीमा त्यति नै पूँजी बढाउने गरी सत् प्रतिशतको हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले एक सेयर बराबर एक (१ः१)को अनुपातमा एक सय रुपैयाँ अंकित १५ लाख कित्ता हकप्रद दिने भएको छ । यो बैंकको हकप्रद सेयरको आवदेन दिन भने गत कात्तिक १ गतेसम्म सेयर कारोबार गरेका सेयरधनीले मात्रै पाउँने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

लक्ष्मी लघुवितले २० प्रतिशत नगद लाभांस दिने

काठमाडौं, ३ मंसिर । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभा.स दिनृ भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । सो नगद लाभांस संस्थाले भर्खरै मात्र जारी गरेको शतप्रतिशत हकप्रद सेयरपछिको पुँजीरकमको १० प्रतिशत मात्र हुनेछ । लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र बाडिने कम्पनीले जनाएको छ ।

सेवा विकास बैंकको ५१ लाख कित्ता हकप्रद सेयर निष्कासन, मंसिर २३ देखि सेयर आवेदन दिन पाइने

काठमाडौं ३, मंसिर । सेवा विकास बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले यही मंसिर २३ गतेबाट निष्कासन खुला गरेको एक सय अंकित रुपैयाँका एक सयेर बराबार १ दशमलव २ को अनुपातमा सेयर निस्कासन गरेको छ । यो बैंकले ४२ करोड ५५ लाख ५५ हजार दुई सय को चुक्ता पँुजीमा १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने सुचना सार्वजनिक गरेको छ । आगामी पुस २७ गतेसम्म यसको हकप्रद सेयरको आवेदन दिन पाइने छ । यो बैंकको गत असोज १९ गतेसम्मका सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउने छ । यो बैंकको सेयर विक्री प्रवन्धक एनएमबी क्यापटिल लिमिटेड हो ।