पूर्व गभर्नरको विचारः कम्युनिष्टहरुले सेयर बजार घटाए, राष्ट्र बैंकले हतारिएर निर्णय गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले साम्यवादी र प्रगतिशित विचार भएकाहरुले सेयर बजारप्रति नकारात्मक टिप्पणी गर्दा बजार घटेकाे आराेप लगाएका छन् । उनले मन्त्रीहरु तथा माथिल्लाे तहमा रहेर काम गरिसकेका व्यक्तिहरुले  शेयर बजार जुवा घर हो भन्ने अर्थात कसैले अनुउत्पादन क्षेत्र भन्ने गरेकाेले सेयर बजार घट्ने गरेकाे आराेप लगाएका हुन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरुले बेलाबेलामा दिएका अभिव्यक्तिले सम्बेदनशिल शेयर बजार असर परेको उनकाे भनाई छ । उनले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको पनि बताएका छन् । उनले विगत ७ वर्ष अगाडि गति सेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताए । पूर्वगभर्नर नेपालले लामो समयदेखि पुँजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए । उनले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरु उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए । नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि सेयर बजारलाई जुवा घर, अनुउत्पादन क्षेत्र र सम्राराज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए । उनले सेयर बजार एकदमै सम्वेदनशिल क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले सेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए । पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोद्रिक नीति मार्फत सेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सँधै बजारप्रति सकारात्मक रहेको बताए । उनले मौद्रिक नीतिमा ४/१२ करोडको सीमा तोक्ने समय गलत भएको बताए । अब नेप्सेलाई सरकारले नीजि साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नुपर्ने समय आएको बताए । पूर्वगभर्नर नेपालले विश्वमा नै सेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताए । यस्ताे छ उनकाे विचार:  सेयर बजारको विकास जुन गतिमा हुनु पर्ने भएको छैन । जती बेला म धितो बोर्डको अध्यक्ष भएको बेला मैले जे गरे त्यसपछि खासै केही भएको छैन । जुन बेला सेमिअटोमेशन ल्याएको थिए । त्यसपछि सेयर बजार सुधारको लागि शेयर नियमावली परिमार्जन गरेर ल्याउनु पर्ने थियो त्यो समेत ल्याउन सकिएको छैन । पहिला पहिला नागरिताको फोटोकपी बनाएर बोरा बोरामा पैसा बेकेर शेयरमा लगानी गर्ने गरिन्थियो । यस्तो व्यवस्था हटाएर मैले सबै बैंकमा खाता खोलेर बैंकिङ प्रणाली मार्फत कारोबार सुरु गर्ने काम गरेको थिएँ । तर त्यसपछि जुन गतिमा शेयर बजारको विकास हुनुपर्ने हो भएको छैन । बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेश गरे तर लगानीकर्ता बजारमा प्रवेश गरे पनि बजार सुरक्षित तवरले अगाडि बढ्न सकेको छैन । सुरक्षित तवरले अगाडि बढ्नको लागि विश्वमा शेयर बजारमा भएका नयाँनयाँ सफ्टवयरदेखि लिएर नियम कानुन समेत नेपालमा पनि ल्याउनु पर्छ । शेयर बजारमा बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारवाही हुन्छ । सेयर बजारमा बदमासी गरेकोलाई अहिलेसम्म कुनै कारवाही गरेको छ । शेयर बजारमा बदमासी गर्नेलाई कसैले कारवाही गरेको छ । अहिलेसम्म त्यस्तो छैन । यो विषयमा सबैलाई थाहा छ । बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा शेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन । १० स्थानबाट कार्यालयको काम गरेर हिडेको छ । यो स्थितीमा सेयर बजारको प्रमुख नै छैन् । ४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाँउमा चार महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ । सेयर बजार सबै भन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्रमा कसैको ध्यान गएको जस्तो लाग्दैन । त्यसैले ३२ सय अंकमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो । ३२ देखि ३३ अर्बको मात्रै कारोबार भएको छ । त्यसले गर्दा हाम्रो देशमा प्रमुख मानिने राजनीतिक दलका प्रमुख नेतृत्व नै शेयर बजारको विषयमा गलत प्रचार गर्दछन् । जहाँ साम्मेवादी र प्रगतिशित विचार भएका मन्त्रीहरु कसैले शेयर बजार जुवा घर हो भन्ने कसैले अनउत्पादन क्षेत्र भन्ने गरेका छन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरुले बेलाबेलामा दिएका अभिव्यक्तिले सम्बेदनशिल शेयर बजार असर परेको छ । सेयर बजार सम्बेदशिल क्षेत्र भएकाले सानो चिजले पनि लगानीकर्तामा असर गर्ने गरेको छ। लगानीकर्ता अत्तिरहेका पनि हुन्छन भने हैसिएका पनि हुन्छन्। त्यसैले शेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरुले बोल्दै नबोल्दिए राम्रो हुन्छ । उहाँहरुले बोल्नु पर्ने जरुरी पनि रहेको हुँदैन । सेयर लगानीकर्ताहरुले भने जस्तो राष्ट्र बैंकले सेयर बजारलाई अवहेलना गरेको छैन । बैंकले अवहेलना नभई राष्ट्र बैंकले पुँजी वृद्धि गरेकाले नै अहिलेको अवस्थामा पुगेको हो । १८ सयसम्म पुँजी वृद्धिले पुर्याएको छ । पहिलो ७ सयको इन्डेक्स रहेको थियो । यहाँ पुग्ने अवस्था थिएन । पुँजी वृद्धि नभएको भए १५ सयको हाराहारीमा बजार रहने थियो । राष्ट्र बैंकले सेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र हेर्ने हो । तर, पनि सेयर बजारलाई सर्पोट गरेको छ । अहिले पनि गरेको छ । तर, कहिले कहिले राष्ट्र बैंकले लिएको नीतिले असर पर्छ । राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीतीमा तुरुन्त ४/१२ को सिमा नल्याएको भए हुने थियो । तर ल्याउँदा केही असर पर्यो । जहाँसम्म बैंकले बजारमा बढी पैसा जान्छ की भन्ने लागेर हुन सक्छ । बजार बढी रहेको थियो राष्ट्र बैंकले विस्तारै थाहा नपाउने तरिकाले गर्नु पर्ने थियो । तर, त्यस्तो भएन यसमा सेयर लगानीकर्ता राष्ट्र बैंक प्रति दुःखी छन् । नेपाली सेयर बजारले अन्तराष्ट्रिय बजारमा सन्देश राम्रो दिँदैन । अरु देशमा सेयर बजारको मान्यता दिएर नीति निर्मातादेखि लिएर सबैले हेरेको हुन्छ । तर नेपालमा नीति निर्माताले सेयर बजारलाई त्यति महत्व नदिएको अवस्था हो । जो कोही सरकारमा गए पनि सेयर बजारलाई ध्यान दिने गरिएको छैन । मुलुकको अर्थतन्त्रमा आर्थिक वृद्धि गर्नेको लागि पनि महत्वपूर्ण योगदान रहेको छ । यसले छरिएर रहेको पुँजीलाई जम्मा गर्ने र कम्पनीको सेयर जनतालाई दिएर कम्पनीमाथि जनतालाई पनि जिम्मेवारी बनाएको छ । देशभरी छरिएर रहेको पुँजीलाई संकलन गरेर उद्योग पति व्यापारीहरुले व्यापार व्यवसाय विस्तार गर्ने सेयर बजारको संसार भएर नै उपयोग गर्ने गरेका छन् । हाम्रो जस्तो देशमा पैसा बचत गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने स्थापित गर्ने अत्यन्त उपयोगी संस्था सेयर बजार हो । यसबाट नै रोजगारी वृद्धि समेत गरेर देशको आर्थिक विकासमा सहयोग पुर्याएको छ । मुलुकको जिडिपीमा समेत ठूलो योगदान रहेको छ । जीडिपी भन्दा बढीको कारोबार मात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवयरहरु ल्याउने र नीजि साझेदारीको रुपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ ।

निर्माण सिजनमै घट्यो सिमेन्ट र डण्डीको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । मंसिरमा डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने सिमेन्ट र डण्डीको मूल्य घटेको हो । विश्व महमारीका रुपमा फैलिएको कोरोना भाइरस र बर्खायामका कारण रोकिएको निर्माणजन्य कामको सिजन सुरु हुँदा पनि बैंकमा तरलताको अभाव, विभिन्न राजनीतिक दलहरुको महाधिवेशन हुँदा विकास निर्माणका काम नहुँदा निर्माणजन्य सामग्रीको मूल्य घटेको सिमेन्ट उत्पादक संघको भनाई छ । संघका उपाध्यक्ष तारा पोखरेलले पुसमा सिमेन्टको मूल्य ५० रुपैयाँसम्म घटेको बताए । उनका अनुसार निर्माण सिजनमै निर्माणजन्य सामग्रीको मूल्य घट्न् पर्ने नभएपनि अहिले विभिन्न कारणले सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । ‘दैनिक सिमेन्ट उत्पादन क्षमताको आधा मात्रै बिक्री भइरहेको छ, अहिले निर्माण सिजन नभएको र सिमेन्ट बिक्री कम हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ, अहिले बोरामा ५० रुपैयाँसम्म घटेको छ, ओपीसी सिमेन्ट प्रतिबोरा ५७० र पीपीसीको ४५० रुपैयाँ मा झरेको छ,’ उनले भने । ओपीसीको ६२० र पीपीसी सिमेन्टको मूल्य ५२० रुपैयाँसम्म थियो । विकास निर्माणको काम नहुँदा सिमेन्टको मूल्य घटेको उनको बुझाई छ । ‘काम गर्नेहरु सबै राजनीतिक दलका महाधिवेशनमा व्यस्त छन्, बैंकमा तरलताको त्यस्तै संकट छ, नयाँ ऋण मात्रै होइन स्वीकृत भइसकेको ऋण पनि बैंकले दिन मानिरहेका छैनन्, निर्माण सम्पन्न भइसकेको कामको रकम पनि भुक्तानी भइसकेको छैन, त्यसले पनि सिमेन्टमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो,’ उनले भने । उनका अनुसार अहिले दैनिक उत्पादनको आधा पनि खपत भइरहेको छैन । वार्षिक १८ मिलियन टन उत्पादन हुने भएपनि अहिले ९ मिलियन टन पनि खपत नहुने उनको भनाई छ । सिमेन्टसँगै फलामजन्य सामग्रीको मूल्य घटेको छ । तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाई छ । ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले पछिल्लो समय छडको मूल्य घटेको बताए । उनले आफुले खरिद गरेर ल्याएको डण्डीको मूल्य १०२ रुपैयाँ परेको बताए । उनका अनुसार पहिला प्रतिकिलो ११० रुपैयाँ भएको छड अहिले १०२ तथा १०९ रुपैयाँको छड १०४ रुपैयाँमा पर्ने गरेको छ । अहिले केही उद्याेगले उत्पादन गर्ने डण्डीको मूल्य भने ८७ रुपैयाँ पनि पर्ने गरेको छ ।

कोरोनाले पनि बढायो नेपालको व्यापार घाटा, ५ महिनामै आयो १५ अर्बको खोप

काठमाडौं । कारोना महामारी सुरु भएको पहिलो वर्ष गरिएको लकडाउन र सटडाउनको कारण नेपाल वाह्य क्षेत्र सन्तुलन राम्रो देखिएको थियो । अन्तराष्ट्रिय व्यापारको लागि सीमा बन्द भएको तथा मानवीय आवागमन ठप्प पारिएको कारण आयातमुखी अर्थतन्त्र भएको नेपालको व्यापार घाटा कम भएको थियो । तर, कोभिड महामारी विरुद्धको खोप आयातले पछिल्लो समय व्यापार घाटा बढाउन सहयोगी भूमिका निर्वाह गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) १५ अर्ब रुपैयाँभन्दा बढीको खोप आयात भएको छ । तर, यो सबै कोभिड विरुद्धको खोप भने होइन । भन्सारका अनुसार चालु आर्थिक आर्थिक वर्षको गत मंसिर मसान्तसम्ममा १५ अर्ब ३५ करोड ८२ लाख ५७ हजार रुपैयाँ बराबरको खोप (मानव औषधीको लागि खोप) आयात भएको छ । गत आर्थिक वर्षमा भने यस्तो खोप निकै कम परिमाणमा आयात भएको थियो । सरकारले गत आर्थिक वर्षदेखि खरिद प्रक्रिया अनुसार विभिन्न देशहरुबाट कोभिड विरुद्धको खोप आयात गरिरहेको छ । सुरुआति समयमा सरकारले कोभिड विरुद्धको खोप अनुदानमा मात्रै ल्याउने गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने आफ्नो सरकारको पहिलो प्राथमिकता भएको भन्दै आगामी चैतसम्ममा खोप लगाउन योग्य सबै समेर समुहका नागरिकलाई खोप उपलब्ध गराइसक्ने बताउँदै आएका छन् । अहिलेसम्म कोभिड विरुद्धको खोप सरकारले मात्रै आयात गरिरहेको छ । सरकारले खरिद गरेर ल्याएको खोप सर्वसाधारणलाई भने निःशुल्क लगाउने गरिएको छ । भन्सारका अनुसार गत आर्थिक वर्षमा जम्मा ७ अर्ब ६७ करोड ६३ हजार रुपैयाँ बराबरको यस्तो खोप आयात भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १३ करोड ५३ लाख ३८ हजार रुपैयाँ बराबरको खोप आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा भने मानव औषधीको लागि प्रयोग हुने खोप निकै कम आयात भएको थियो । भन्सार विभागका अनुसार सो आर्थिक वर्षमा १ अर्ब ९५ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको खोप आयात भएको थियो । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा भने १ अर्ब २३ करोड ८३ लाख ५८ हजार रुपैयाँ बराबरको खोप आयात भएको थियो ।