सहकारीको व्याजदर ४/४ महिनामा पुनरावलोकन गर्ने तयारी, निर्देशनप्रति रजिष्ट्रार नै असन्तुष्ट
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुको सन्दर्भ व्याजदर चार/चार महिनामा पुनरावलोकन गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘एकिकृत निर्देशन विषयक’ छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदै अहिले सहकारी संघ संस्थाहरुको सन्दर्भ व्याजदरलाई छिटो–छिटो हेर्नु पर्ने देखिएकोले विभागले त्यसका लागि तयारी थालेको बताए । ‘दुई/तीन वर्षदेखि सहकारीको व्याजदर पुनरावलोकन भएको रहेनछ, अब ४/४ महिनामा पुनरावलोकन गर्ने किसिमले तयारी भइरहेको छ, गत साता मात्रै कायम भएको १६ प्रतिशत व्याजदर तत्कालका लागि हो, नेपाल राष्ट्र बैंकले केही दिनपछि तथ्यांक सार्वजनिक गरेपछि सोही अनुसार हामीले पनि व्याजदर पुनरावलोकन गर्नुपर्ने हुन्छ, बजारको स्थिती अध्ययन गरेर नै हामीले सन्दर्भ व्याजदर निर्धारण गर्ने हो,’ उनले भने । यस्तै, उनले विभागले सहकारी संघ/संस्थाका लागि जारी गरेको एकिकृत निर्देशन आफुलाई पनि खासै मन नपरेको तर्क दिए । ‘म सहरकारी विभागका लागि नयाँ हुँ, अगाडिका रजिष्ट्रारज्यूले एकिकृत निर्देशन जारी गरेर जानु भएछ तर, सो निर्देशनमा के–के नमिलेको जस्तो मलाई पनि महसुस भएको छ, विषयहरु शिर्षगत रुपमा छैनन्, ८८ बुँदाको निर्देशन आवश्यक थिएन, यो ऐन तथा नियमावली नै नभए जस्तो देखियो,’ उनले भने । उनले सहकारी प्रवद्र्धधन कोषमा अहिले रकम जम्मा हुन पनि रोकिएको जानकारी गराए । कर्जा सूचना केन्द्र र सघन अनुगमन पनि आवश्यक रहेको बताउँदै उनले त्यसका लागि आफु लागि पर्ने धारणा राखे । एकिकृत निर्देशन विषयक छलफल कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले एकिकृत निर्देशनमा आफुहरुले राखेका केही माग तथा सुझावहरु पूरा भएपनि धेरै नसमेटिएको गुनासो गरे । अब आउने निर्देशनमार्फत ती मागहरु त्यसमा समावेश गर्न उनले अनुरोध गरे । यस्तै, उनले सहकारीहरुलाई लाभांश वितरण गर्न नपाइने व्यवस्था हटाउनु पर्ने बताए । निर्देशनमार्फत ५ प्रतिशत मात्रै वाह्य ऋण लिन पाउने व्यवस्था भएको भन्दै त्यसको सीमा बढाउनु पर्ने तर्क राखे । सञ्चालकले घरमा सहकारी बसेमा घरभाडा लिन नपाउने व्यवस्था हटाउनु पर्ने उनको माग छ । उनका अनुसार अब विभागले कर्जा सूचना केन्द्र र सहकारी प्रवर्द्धन कोष प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्नेछ । यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पनि विभागले निर्देशन वा कुनै नीति ल्याउँदा सरोकारवालासँग सल्लाह तथा परामर्श लिएर मात्रै अगाडि बढ्नु पर्ने धारणा राखे । अब सहकारीहरुमा डिजिटलाइजेसनको आवश्यकता भएकोले विभागले त्यसतर्फ ध्यान दिनु पर्ने उनको भनाई छ । ‘विभागले सुरुवातमा सम्बन्धित सरोकारवालासँग सुझाव सल्लाह लिन्छ तर, अन्तिममा अर्कै विषय निर्देशन वा नीति मार्फत आउँछ, त्यो कारणले पनि कार्यान्वयनमा समस्या देखिएको हो,’ उनले भने । यस्तै, उनले सहकारीहरुको व्याजदर पनि वैज्ञानिक नभएकोले स्वचालित ढंगबाट व्याजदर निर्धारण गर्ने प्रणालीको विकास गर्नु पर्ने बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून)का अध्यक्ष परितोष पौड्यालले विभागमा नयाँ रजिष्ट्रार आउँदा आशाको किरण देखिएको बताउँदै सहकारी अभियानको हक हितका लागि काम हुनेमा आफु विश्वस्त रहेको बताए । उनले नेफ्सकूनले बतच तथा ऋण, वित्तीय जोखिम न्यूनीकरण, नीतिगत शुसासन प्रणाली कायम गर्नु पर्ने, सञ्चालन प्रणालीलाई व्यवस्थित लगायको विषयमा सुझाव दिएको बताउँदै त्यसमा विभागले ध्यान दिएर निर्देशन ल्याउनु पर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले विभागले ८८ बुँदे निर्देशन हतारमा ल्याएको धारणा राखे । ‘एकीकृत निर्देशनप्रति हाम्रो आपत्ति छ, अति गोप्य भनेर निर्देशन आएको रहेछ, कार्यान्वयन गर्ने तथा सरोकारवालालाई नै अति गोप्य भनेर किन आयो ?, यो विषय हामीलाई थाहा भएन भनेर हामीले विभागमा ज्ञापनपत्र पनि बुझाएका छौं,’ उनले भने । यस्तै, उनले सन्दर्भ व्याजदर स्वचालित बनाइनुका साथै सीमा पनि हटाउनु पर्ने तर्क राखे । उनले सहकारीमा कर्जा सूचना केन्द्र, सघन अनुगमन, कर्जा असुली न्यायधिकरण र बचत तथा कर्जा सुरक्षण कोष लगायतका विषयहरु बेला–बेला उठ्ने भएपनि कार्यान्वयन हुन नसकेको गुनासो पनि गरे । उनले नयाँ सहकारी दर्ताको प्रक्रिया पनि रोक्नु पर्ने धारणा राखे । उनल सहकारी प्रवद्र्धन प्रवर्द्धन कोषको रकमा विषयमा पनि गुनासो गरेका छन् । कार्यक्रममा सहिकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष काजी श्रेष्ठले सहकारी अभियानको विकास र विस्तारमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै नियमनकारी निकायले पनि कुनै नीति नियम बनाउँदा सबैको सहकार्य र समन्वयनले ल्याउन पनि सुझाव दिए । कार्यक्रममा सिजेएनका पूर्व अध्यक्षहरु तथा सञ्चारकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।
सुनको अण्डा दिने कुखुरा मार्न खोजे उद्योगी व्यापारीले- उपेन्द्र पौडेल
पछिल्लो समय अर्थतन्त्रमा संकटको सूचक देखिएका छन् । विदेशी मुद्राको संचिति घटेको छ । रेमिट्यान्स आय पनि घट्न थालेको छ । व्यापार घाटा निरन्तर बढ्दै गएको छ । वित्तीय क्षेत्रमा कर्जा लगानीयोग्य पुँजीको अभाव छ । बैंकहरुले निक्षेप १२ प्रतिशतमा लिइरहेका छन् । कर्जाको व्याजदर वृद्धि गरेको भन्दै उद्योगी व्यवसायीले बैंकिङ क्षेत्रको आलोचना गरिरेका छन् । प्रस्तुत छ यसै सन्दर्भमा नविल बैंकका अध्यक्ष, नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष, ३ दशकभन्दा बढी बैकिङ क्षेत्रमा काम गरेको अनुभवी बैंकर्स उपेन्द्र पौडेलसँग गरिएको विकास वहस यस पटक । तपाईंको व्यक्तिगत र पेशागत जीवन धेरैको लागि पछ्याउन लायक छ । तपाईंको पारिवारिक जीवन कस्तो छ ? मैले सरल जीवन बिताइरहेको छु । परिवारमा दुई छोरीहरु र श्रीमती छन् । भाईहरु र प्यारेन्ट (अभिभावक) सँगै बस्दै आएको छु । म उमेरले धेरै ठूलो भइकसेपछि विद्यालय गएँ । सुरुमा मैले मामा घरको हजुरबुवासँग गुरुकुल शिक्षा लिएँ । उहाँसँग बसेर नै पढेँ । एकैचोटी ६ कक्षामा भर्ना भएँ । मैले स्नातक गएपछि केही कुरा ‘क्याचअप’ गरेँ । मेरो पढाईको बेस खासै राम्रो रहेन । तर मैले राम्रो संस्कार पाए । नैतिक शिक्षा धेरै सीकियो । मेरो व्यक्तिगत विकासमा पनि यसले धेरै सहयोग पुग्यो । मेरो ‘ग्रोथ’ सकारात्मक हिसावबाट नै भयो । एसएलसी पढेपछि डाक्टर बन्ने योजना थियो । तर, जम्मा ८ जनाको कोटाको कारण नाम निकाल्न सकिएन । त्यसपछि कमर्स नै पढेँ । सुरुमा सोल्टी होटलमा ६ वर्ष जति काम गरेँ । त्यसपछि बैंकमा काम गर्नु पर्छ भन्ने मानसिकताका साथ एउटा सरकारी (वाणिज्य) बैंकमा काम सुरु गरेँ । त्यहाँ पनि १÷२ महिना मात्रै काम गरेँ । त्यस बैंकमा काम गर्ने वातावरण पनि राम्रो थिएन । सिक्ने मौका पनि नपाएपछि त्यहाँबाट बाहिरिएकोह हुँ । म फेरि सोल्टी होटलमै फर्केँ । सोल्टी होटललमा काम र कल्चर पनि सिकियो । त्यसपछि फेरि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम सुरु गरेँ । त्यहाँ निरन्तर १४ वर्ष काम गरेँ । त्यहाँ पनि छोडेर नेपाल मर्चेन्ट बैंकिङ (एनएमबी)मा आएँ । त्यतिबेला एनएमबी फाइनान्स कम्पनी थियो । हामीले फाइनान्स कम्पनीलाई स्तरवृद्धि गरेर एनएबबी बैंक बनायौं । त्यतिखेर धेरै चुनौति थिए । त्यतिखेर धेरै बैंक समस्यामा परेका थिए । धेरैले अब पालो एनएमबीको पनि भनेको सुनिन्थ्यो । तर, हामीले हतार गरेनौं । मलाई थाहा थियो एनएमबीको अवस्था कस्तो थियो भनेर । बैंकहरुले आफ्नो वयवसायलाई आक्रमक रुपमा देखाउँथे । तर, म त्यो बेला पनि बैंकिङ सेवा भनेको अल्पकालीन नभएर दीर्घकालिन व्यवसाय हो भन्ने गर्थें । त्यतिखेर मेरो आलोचना पनि भयो होला । तर, म के गरिरहेको थिएँ मलाई मात्रै थियो । मलाई विदेशी बैंकहरुको कल्चर र अभ्यास पनि थाहा थियो । फेरि हामी मर्जरमा गयौं । मर्जर सँगसँगै भ्यालु बेस बैंकिङको सदस्य पनि भयौं । अहिले पनि एशियन प्यासिफिक रिजनबाट मैले प्रतिनिधित्व गरिरहेको छु । नेपाल मर्चेन्ट बैंक स्तरोन्नतीको वर्षहरुमा वित्तीय क्षेत्रमा ठूलो संकट आएको थियो । किष्ट, नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनी, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, गोर्खा विकास बैंक, विभोर विकास बैंक, पिपुल्स फाइनान्स जस्ता धेरै संस्थाहरु संकटमा परे । । एउटा वित्तीय कम्पनीबाट वाणिज्य बैंक बनेको नेपाल मर्चेन्ट बैंक पनि समस्यामा पर्न सक्छ भन्ने तपाईंलाई कहिल्यै लाग्यो कि लागेन ? मलाई त्यस्तो कहिल्यै लागेन । हामीले अपग्रेड गर्नुभन्दा अगाडि पनि कमर्सियल बैंकबाट ४/५ जना मानिस ल्याइसकेका थियौं । अनुभवी मान्छेहरु थिए । सबै सेटअपका लागि हामी तयारी अवस्थामा थियौं । विस्तारै विकास गर्दै अगाडि बढ्दा हामीलाई समस्या आएन । तर, लगानीकर्ताबाट दवाव त थियो नि ? हो, दवाव अवश्य थियो । तर, उहाँहरुको मप्रति विश्वास थियो । त्यतिबेला एनएबी फाइनान्सको सेयर पुँजी १३ करोड रुपैयाँ थियो । अपग्रेड हुँदा १३ करोडबाट २० करोड बनायौं । फेरी १ बराबर ४ हकप्रद सेयर जारी गरेर पुँजी १ अर्ब बनाएका थियौं । २० करोडबाट पूँजी बढाएर १ अर्बको पूँजी पुुुुुुुुग्दाको पुरानै अवस्थामा झै लाभांश बाँड्न सकिदैन भनेको थिएँ । सबै योजना अगाडि नै क्रिटल क्लिएर थियो । त्यतिखेर बैंकहरुको घरजग्गामा बढी लगानी थियो । हामीले त्यसो गरेका थिएनौं । बैंकिङ नै दीर्घकालीन लगानी हो भनेर मलाई राम्रोसँग थाहा थियो । हामीले शुरुदेखि नै उत्पादन मुलक क्षेत्रमा लगानीमा जोड दिएको थियौं । विदेशी साझेदार एफएमओको स्ट्याण्डर्डमा रहेर हामीले राष्ट्र बैंकले निर्देशन दिनु अघि नै उत्पादन मुलक क्षेत्रमा लगानी वृद्धि गर्दै लगेका थियौं । १७ वर्ष एनएमबी बैंकमा काम गर्दा तपाईं आफ्नो काम र भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ ? वा कतै चुकेँ जस्तो लाग्छ ? म पुरै सन्तुष्ट छु । मैले बैंकलाई जुन ठाउँमा पुर्याउँछु भनेर योजना बनाएको थिएँ । त्यो भन्दा माथि पुरयाएँ । अर्को महत्वपूर्ण कुरा, कुनै संस्थामा नेतृत्व परिवर्तनपछि त्यो संस्थामा समस्या आयो भने त्यो नेतृत्वको असफलता हो । कुनै लिडरले संस्था छोडेर गइसकेपछि त्यो संस्थाले राम्रोसँग ग्रोअप गर्छ भने त्यो लिडरको सफलता हो । राम्रो काम गर्न सकेन भने त्यसको समस्या हो । एनएमबी बैंकका नयाँ लिडरसिपले पनि राम्रोसँग काम गरेकोमा म खुशी छु । तपाई अहिले नविल बैंकमा अध्यक्ष हुनुहुन्छ । १७ वर्ष एनएमबीमा सीईओ भएर काम गर्नु भयो । यी दुई संस्थामध्ये एउटा संस्थालाई छनोट गर्दा कसलाई रोज्नुहुन्छ ? यो प्रश्नको उत्तर गाह्रो नै हुन्छ । नेपाली बैंकिङ क्षेत्रमा नबिल बैंकले ठूलो भूमीका खेलेको छ । मैले हाफ्नो कुर्सीमा बसेर मेरो दायित्व निर्वाह गरेको छु । जुनसुकै संस्थामा पनि गभरनेन्सको महत्वपूर्ण भूमिका हुन्छ । त्यो कर्तव्य मैले निर्वाह गरेको छु । यति भन्दै गर्दा आफूले लामो समय काम गरेको संस्थाको माया उतिकै हुन्छ नै । तर, यी दुई बैंक मेरो नजरमा समान छन् । यी संस्थामा मेरो आफ्नै किसिमको लगाव छ । अब नबिल बैंकलाई पनि अहिलेको लेभलबाट अर्को लेवलमा लैजाने मेरो आकांक्षा छ । नबिल बैंक अलग ढंगबाट जान्छ । बैंकले सस्टेनेवेल बैंकिमा जोड दिएको छ । नबिल स्कुल सोसिअल इन्टरपेनरको रुपमा पनि खडा भइसकेको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र पोखरा विश्व विद्यालयसँग पनि सम्झौता भइसेको छ । नाफा मात्रै होइन नेपाली बैंकहरुले अर्थतन्त्र र समाजमा ठूलो योगदान गरिरहेका छन् । तर, त्यसलाई हामीले सञ्चार गर्न सकेका छैनौं । यहाँ नाफाकै मात्रै चर्चा छ । बैंकहरुले असामान्य अवस्थामा पनि सामान्य अवस्थामा कमाए भनेर आलोचना पनि भैरहेको छ । बैंकमा ठूलो सेयर पुँजी छ, कोर क्यापिटल धेरै छ । विजनेश ठूलो छ । पुँजी र विजनेशको तुलनामा नाफा कम छ, लाभांश दर कम छ भनेर बैंकहरुले पनि सम्बन्धित सरोकारवालासँग भन्न/बुझाउन सकिरहेनका छैनन् नि ? हामीले भनिरहेका नै छौं । बैंकको नाफाको बारेमा अरु देशमा पनि यस्तो कुरा आउँछ । तर नेपालमा धेरै भएको छ । तर उद्योग, व्यापार वा अन्य सेवा क्षेत्रले गरेको नाफाको तुलनामा बैंकको नाफा कम छ । लगानीकर्ताले पाउने प्रतिफल अरु क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रमा कम छ । तर, हाम्रो जस्तो सानो मुलुकमा बैंकहरुले कमायो भनेर निकै नकरात्मक रुपमा गरिने गरेको छ । यो बुझाइको कमी पनि हो । बैंकहरुले भन्दा उद्योग, व्यापार र सेवाका अरु क्षेत्रले बढी नाफा गरेको देखिन्छ । यूनिलिभर, डावर, सूर्य नेपाल, एनसेल, गोर्खा बुअ्ररी लगायत कम्पनीहरुको लाभांश बैंकहरुको तुलनामा बढी छ । तर बैंकहरुको नाफामा मात्र किन आलोचना हुन्छ ? बैंक हामी हरेक व्यक्ति र क्षेत्रसँग ठोक्किन्छौं । बैंकिङको इम्प्याक्ट धेरै ठूलो छ । अरु क्षेत्र आफ्नो उपभोक्तासँग मात्रै जोडिन्छ । सूर्य नेपालको कुरा गर्ने हो भने चुरोट खाने मान्छेले मात्रै सरोकार राख्छ । तर, बैंक हरेकसँग जोडिएका छन् । यहाँ काम गर्ने कर्मचारी, नेतृत्वहरु बैंकका लागि नै मरिमेटी काम गरिरहेका छन् । लगानी त्यति धेरै छ । तर, सबै विषयहरु कसैले हेर्दैनन् । अब बैंकहरुले सोसियो–इकोनोमिक इम्प्याक्ट रिपोर्ट पनि दिनु पर्छ भनेर आइरहेको छ । सस्टेनेवल रिपोर्ट नबिल बैंकले पनि सुरु गर्दैछ । यसले अर्थतन्त्र, रोजगारी र अन्य क्षेत्रमा कति योगदान गरेको छ भन्ने तथ्यांक त्यसमा हुन्छ । नेपालमा नाफालाई नकारात्क ढंगले हेर्ने सोच, संस्कार किन विकास भैरहेको छ ? यसमा एउटै कारण छ । समाजमा हुने र नहुनेबीचको विवाद भएर हो । हुनेहरु धेरै छैनन् । नहुने धेरै छन् । अमेरिकामा कसैले पैसा कमायो भने अरुले रिस गर्दैनन् । त्यहाँ हुने धेरै छन् । नहुने कम छन् । जापानमा पनि कसैले धन कमायो भनेर अरुले रिस गर्दैनन् । हुने र नहुनेबीचको ग्याप हामीले चिर्दै जानुपर्छ । नेपाल बंगलादेश बैंकलाई प्राप्तिसँगै अन्य बैंकसँग पनि मर्जर गर्ने केही योजना छ नबिल बैंकले ? त्यो योजना पनि छ । हामीले पहिले एक चरणमा एनसीसी बैंकसँग पनि छलफल गरेका थियौं । त्यतिखेर हामीले एनसीसी र एनबी बैंक लिने कुरा गरेका हौं । दुइटै बैंकलाई लिने हाम्रो प्रयास थियो । अहिले पनि कोही आयो भने हामी तयार छौं । नबिल बैंकको विजनेसप्रति बैंकको प्रमुख लगानीकर्ता विनोद चौधरी नै असन्तुष्ट हुनुहुन्छ भनिन्छ नि ? कसरी सन्तुष्ट नहुने कुरा आउँछ । हामीभन्दा ठूलो भोलुम र नेटवर्क भएको बैंकको लेभलमा हामी विजनेस गरिरहेका छौं । यसप्रति हामी सन्तुष्ट हुनुपर्छ । मसँग उहाँले भन्नु भएको छैन । हामी हरेक सूचकमा अगाडि जाने कुरा गरिहरेका छौं । अब मर्जरमा जाँदैछौं । नेपाल बंगलादेश बैंकसँग सम्झौता गरेर अगाडि बढिसकेका छौं । यसमा विभिन्न संयन्त्रहरुले काम गरिरहेका छन् । हामी भोलुम भन्दा पनि नम्बर वान र असल बैंक बन्ने हो । अहिले पनि नबिलको भोलुम पनि पुगिसकेको छ । नबिल बैंकको बार्डको संरचना पनि फरक खालको छ । हालका सीईओसहित ५ जना सीईओहरु बोर्डमा छौं । सबै प्रोफेसनल मान्छे छौं । अब हरेक बैंकमा पनि यो अभ्यास लागु गर्न जरुरी छ । पोफ्रेशनल व्यक्तिहरु बैंकको बोर्डमा जान केले रोकेको छ र ? अहिले केही विषयहरु बाफियाले पनि रोकेको छ । यस विषयमा मैले राष्ट्र बैंकका गभर्नर ज्यूसँग पनि सल्लाह गरेको छु । अब यो वातावरण सिर्जना गर्नु पर्छ । बोर्डमा प्रोफेशनल डाइरेक्टरहरुलाई कसरी राख्ने भन्ने विषय सोच्नु पर्छ । विश्वका अन्य देशमा भएको अभ्यासलाई पनि हामीले हेर्नुपर्छ । भारतमा पार्टटाइम डाइरेक्टका रुपमा पनि काम गरिरहेका छन् । प्रोफिटको निश्चित रकम सञ्चालकलाई दिने अभ्यास पनि छन् । सञ्चालकले केही जोखिम अवश्यनै लिन्छन् । सल्लाहकार अर्थात व्यवस्थापनलाई केही खुराक दिने किसिमका व्यक्तिहरु सञ्चालकमा हुनु पर्छ । उनीहरुका लागि केही सहुलियतको व्यवस्था भने हुनुपर्छ । तपाईंको बैंकिङ करिअरमा धेरै संकटहरु आए होलान् । ती विविध संकटहरुमध्ये सबैभन्दा ठूलो संकट कुन थियो ? अहिलेको यो अवस्था नै सबैभन्दा ठूलो संकट भएको मैले महसुस गरेको छु । अहिले बैंकिङको मात्रै भन्दा पनि माइक्रो इन्डिकेटरको समस्या हो । विदेशी विनिमय सञ्चिति ६ महिना आयात धान्न सक्ने अवस्थामा झरिसक्छ । राजनीतिक अन्डरस्टाण्डिङ सधैं कम छ । हामीले बुझाउन खोजेपनि अर्कै अर्थ लाग्छ । बैंकिङ बुझ्नै चाहिरहेका छैनन् । अहिले असहज अवस्थामा पनि बैकले कमाए भनिन्छ । तर किन र कसरी कमाए भन्ने विषय बुझ्न पनि चाहेनन् । एक ठाउँको गल्तिलाई सबै ठाउँमा जोड्ने प्रवृति छ । अहिलेको इकोनोमीको स्ट्रक्चरले गर्दा मलाई डर लागिरहेको छ । अहिले अर्थतन्त्रका हरेक सूचकहरु कमजोर बन्दै गइरहेका छन् । विजनेस कम्युनिटी तथा ऋणीहरुले पनि बैंकहरुको खुलेर आलोचना गरिरहेका छन् । यस्तो अवस्था कसरी आयो ? त्यो गर्नु भनेको उहाँहरुले सुनको अण्डा दिने कुखुरीलाई मार्न खोज्नु हो । कुनै पनि व्यापारी मसँग तर्क गर्नु हुन्छ भने म तयार छु । उहाँहरु हिजो कहाँ हुनुहुन्थ्यो र अहिले कहाँ हुनुहुन्छ भन्ने कुरा मैले राम्रोसँग देखेको छु । आज बैंकलाई गाली गर्न कतिको न्यायोचित छ भन्ने कुरा बुझ्न आवश्यक छ । हिजो कर्जाको व्याज ६ प्रतिशत हुँदा अर्कोले साढे ५ प्रतिशत दिन्छ, तपाई के गर्नुहुन्छ भनेर बैंकसँग वार्गेनिङ गर्ने पनि उहाँहरु नै हो । हामीले ६ प्रतिशतमै निक्षेप संकलन गर्दा र ६ प्रतिशतमै कर्जा दिँदा त उहाँहरुले केही भन्नुहुन्न । राष्ट्र बैंकले ५ प्रतिशत स्प्रेडदर भने पनि बैंकहरु अहिले साढे ३ प्रतिशतमा काम गरिरहेका छन् । यस्तो हुँदा पनि उहाँहरुलाई चित्त बुझ्दैन । अब हामीले के गर्न सक्छौं । बैंकहरुले ११ प्रतिशतमा निक्षेप लिएका छन् । त्यसमा ८० प्रतिशत मात्रै लगानी गर्न पाउँछन् । त्यसको कष्ट कति आउँछ पनि हेर्नु पर्छ । कर्मचारीहरुलाई पनि पाल्नु पर्छ । अनि बैंकलाई मार्ने त ? बढ्दो आर्थिक संकटको असर बैंकिङ क्षेत्रमा कस्तो पर्ला ? यसले बैंकहरुमा प्रत्यक्ष असर पर्छ । पफर्मेनसमा पनि असर पर्छ । व्याजदर ससटेनेवलका लागि काम गर्नु पर्छ । बण्ड, ऋणपत्र, बचतपत्र लगायतका उपकरणहरु ल्याउनु पर्छ । सिस्टमलाई स्टेवल राख्नका लागि हामीले पनि केही कुराहरु छोड्नु पर्छ ।
अर्थमन्त्रालयमा जनार्दन शर्माको तमासा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको र बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतलाई साक्षी राखेर सेयर बजारमा चलखेल गर्न लागेका छन् । बजार खुलेकै समयमा अर्थमन्त्री शर्माले बोर्ड अध्यक्ष रमेशकुमार हमाल र नेप्सको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई अर्थमन्त्रालयमा बोलाएर पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमै मन्त्री शर्माले पुँजी बजारका समस्या समाधान गर्न दुबै निकायका प्रमुखलाई निर्देशन दिए । यस्तै, दुबै निकायका प्रमुखले बजारको वर्तमान अवस्था र अवको सुधारका विषयमा प्रस्तुतीकरण दिएका छन् । मन्त्री शर्माले आजको सेयर बजारलाई प्रभावित पार्ने गतिविधि गरेका हुन् । बजार खुलेको समयमा अर्थमन्त्रीले नियामक निकाय र बजार संचालकको प्रमुखलाई बोलाएर यसो गर या उसो गर भनेर पत्रकार सम्मेलन मार्फत निर्देशन दिने कार्य उनको पदीय मर्यादा विपरितको कार्य हो । अर्थमन्त्री शर्माले नियामक निकाय र बजार संचालकलाई बजार सुधान गर्न निर्देशन दिने नाममा सेयर बजारमा खुल्लेआम ‘स्पेकुलेसन’ गरेका छन् । ‘मौद्रिक नीति प्रायजसो शुक्रबार ल्याउने गरिन्छ, किनभने शुक्रबार बजार बन्द हुन्छ, शनिवार पनि बजार खुल्दैन, त्यसैले यी दुई दिन मौद्रिक नीतिले बजारमा पार्ने असरप्रति लगानीकर्ताले राम्ररी सोच्न पाउँछन् भन्ने अपेक्षा गरिन्छ, यहाँ त अर्थमन्त्रीले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई बजार खुलेकै समयमा बोलाएर सार्वजनिक संचारमाध्यमबाट निर्देशन दिए, बजारमा अर्थमन्त्रीले गर्ने योभन्दा ठूलो हस्तक्षेप अर्काे हुनै सक्दैन, योस्तरको अनैतिक कार्यगर्ने अर्थमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट हटाउनु पर्ने हो तर, त्यस्तो हुँदैन होला,’ धितोपत्र बोर्डका एक पूर्व अध्यक्षले भने । अर्थमन्त्री शर्माले बजार सुधारको लागि भन्दै आज बजार खुलैकै समयमा जे जस्तो कार्य गरेका छन्, यो कार्य अनैतिक कार्य नै हो । पदीय आचरणबाट च्युत भएको प्रमाण हो । अर्थमन्त्री शर्मालाई बजार सुधारका नाममा वा लगानीकर्ताको हित संरक्षणको नाममा यो प्रकारको तमासा प्रदर्शन गर्ने छुट छैन, दिनु हुँदैन ।