आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकको कडाई, यस्तो छ नयाँ नीति

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाई गरेको छ । बैंकले बुधबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रमा भनिएको छ, ‘यस बैंकबाट इजाजत प्राप्त बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सव– रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कोरोबार, प्रति दिन अधिकतम २५ हजार रुपैयाँ कायम गरिएको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाई गरेको छ । बैंकले बुधबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

परिपत्रमा भनिएको छ, ‘यस बैंकबाट इजाजत प्राप्त बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सव– रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कोरोबार, प्रति दिन अधिकतम २५ हजार रुपैयाँ कायम गरिएको छ ।’

यसअघि यो सीमा १ लाख रुपैयाँ थियो ।  विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको छ।

Share News