कुमारी बैंकद्वारा १० प्रतिशत बोनस सेयर दिने घोषणा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आब २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात ८६ करोड ८५ लाख ५७ हजार रुपैयाँ बराबर बोनस दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बोनस सेयर बितरण गरिने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

लुम्बिनी विकास बैंकको अध्यक्षमा दशरथ रिसाल चयन

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको अध्यक्षमा दशरथ रिसाल चयन भएका छन् । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले रिसाललाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।

माछापुच्छे बैंकको १३ नयाँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । माछापुच्छे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ नयाँ शाखा कार्यालयहरुको शुरुवात गरेको छ । उक्त कार्यालयहरुको  उपमहानरपालिका तथा महानगरपालिकाका स्थानीय जनप्रतनिधि एवं माछापुच्छे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्चनरुपमा जम्मा ९ वटा शाखा कार्यालयहरुको सुरुवात गरेको हो । यसैगरी, प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेका छन् । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ । यसरी, बैकले प्रदेशमा आफ्ना नयाँ शाखासहित १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवामार्फत २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।