ब्याज बढाएर ऋणीसँग खेलवाड नगर्न अर्थमन्त्रीको सुझाव, डिजिटल प्रविधिद्वारा १४ शाखा उद्घाटन

<p>काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले ब्याजदर बढाएर ऋणीसँग खेलवाड नगर्न निर्देशन दिएका छन् । आज बुधबार  राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखा उद्घाटन गर्दै उनले ९ प्रतिशत ब्याजमा कर्जा दिएर १३ प्रतिशत नपुर्याउन सुझाव दिएका हुन् । ‘ऋण दिइसकेपछि ब्याज बढाउनु राम्रो होइन,’ उनले भने ‘मलाई संसद्मा गएर बोल्न सक्ने अवसर सिर्जना गरिदिनु [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले ब्याजदर बढाएर ऋणीसँग खेलवाड नगर्न निर्देशन दिएका छन् । आज बुधबार  राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखा उद्घाटन गर्दै उनले ९ प्रतिशत ब्याजमा कर्जा दिएर १३ प्रतिशत नपुर्याउन सुझाव दिएका हुन् ।

‘ऋण दिइसकेपछि ब्याज बढाउनु राम्रो होइन,’ उनले भने ‘मलाई संसद्मा गएर बोल्न सक्ने अवसर सिर्जना गरिदिनु होस् ।’ सरकारी लगानीमा संचालित वाणिज्य बैंकको बेसरेट नै साढे ५ प्रतिशत भएपछि मैले खुसी हुने कि दुःखी हुने तपाई आफै नै भन्नुहाेस्,’ उनले भने ‘बचतकर्ताको ब्याजदर मूल्यवृद्धि दरभन्दा कम हुनु हुँदैन ।’ बचतकर्तालाई अन्याय नगर्न उनले सुझाव दिए ।

सरकारले साढे चार अर्ब थप लगानी गरेर वित्तीय अवस्थामा सुधार ल्याएको सरकारी बैंकबाट सरकारले प्रतिफल खोज्ने बताएका छन् । ‘सरकारी लगानी भएका कारण सरकारले यसको प्रतिफल खोजेको हो , आज उद्घाटन गरिएको शाखाहरूबाट १ महिनामा ५ जनालाई मात्र सहुलियत कर्जा दिन सके म राम्रो मान्छु,’ उनले भने ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंककाे आज ५ वटा प्रदेशमा १४ वटा शाखा डिजिटल प्रविधिबाट उद्घाटन गर्दै  कर्मचारीको कार्य क्षमता बढाउन सुझाव दिए ।

बुधबार प्रदेश १ मा दुई वटा, प्रदेश २ मा ४ वटा, प्रदेश ३ मा तीन वटा, गण्डकी प्रदेशमा  दुई वटा र प्रदेश ५ मा तीन शाखा डिजिटल प्रविधिबाट उद्घाटन गरेका हुन् ।   याे सहित बैंकले ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराएको छ ।

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैंयाँ पुगेको छ । सामाजिक बैंकिङ सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने पर्ने अर्थमन्त्रीको सुझाव छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन आरबीबी खरो रुपमा उत्रेको बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले बैंकिङ प्रविधिलाई आत्मासाथ गरी समग्र बैंकको सुदृढिकरणको लागि क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेशन अभियान संचालन गरिरहेको बताए ।

Share News