उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा उद्घाटन
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहिवार मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा उर्लावारी शाखा र सुनसरी जिल्लाको इनरुवा नपाको भगवतीपुर रोडमा शाखा कार्यालय तथा एटीएम सेवा शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन उर्लाबारी नगरपालिका प्रमुख खड्गवहादुर फागो र ईनरुवा नपा वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरी दूई शाखा कार्यालयहरुको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
विद्यालयको छत मर्मत गर्न सिभिल बैंकको सहयोग
काठमाडौँ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दीप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी हुनु भइ रु. एक लाख साठी हजार(कर सहित)नगद पुरस्कार जित्नु भयो । सो रकममा थप गरी जम्मा रु तीनलाख पुर्याई गतवर्ष आएको हावाहुरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागि प्रदान गरिने बाचा पूरा गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच पर्सा, खुतुवा परसौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरेको हो । सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग युवराज गुरागाईंले विद्यालयका प्रधानाध्यापक रामेश्वरप्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् । यसअघि पनि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जितपुर बाराको छत मर्मतको लागि बैंकले रकम प्रदान गरेको जनाएको छ ।
जीवन बीमा कम्पनी मध्ये एलआइसीको सेयर मूल्य सबैभन्दा बढी, कस्को कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत बीमा कम्पनी मध्ये लाइफ इन्स्योरेन्स कम्पनी(एलआइसी)को प्रतिकित्ता सेयर मूल्य सबै भन्दा बढी छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम रहेको छ । त्यसैगरी दोश्रो स्थानमा नेपाल लाईफ इसन्स्योरेन्स र तेस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स रहेको छ । नेपाल लाईफको सेयर मूल्य प्रतिकित्ता ८ सय २९ रुपैयाँ कायम हुँदा नेशनल लाइफको भने प्रति कित्ता ५ सय ४९ रुपैयाँ रहेको पाइन्छ । कुन कम्पनीको सेयर मूल्य कति ? नेप्सेका अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १ लाख ७ हजार कित्ता सेयर सूचीकृत रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । बिहिबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रति कित्ता ३ सय २६ रुपैयाँ पुगेको कायम छ । यस्तै, गुराँश लाइफ इन्स्योरेन्स कम्पनीको ९३ लाख ८५ हजार २ सय कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ४ सय २० रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल(एलआईसी)को नेप्सेमा १ करोड ४९ लाख ४८ हजार ३ सय ८८ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम छ । साथै, नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७४ हजार ४ सय ४ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ लाख ४० हजार ४ सय रुपैयाँ रहेको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ४९ रुपैयाँ रहेको छ । यसैगरी , नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ४९ लाख ६१ हजार ६ सय ८ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चुक्त पूँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ८ सय २९ रुपैयाँ कायम छ । प्राईम लाइफ लाइफ इन्स्योरेन्स कम्पनीको नेप्सेमा १ करोड ७८ लाख ४८ हजार ३ सय ५० कित्ता सेयर सूचीकृत छ । कम्पनीको चुक्त पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ताको ४ सय १० रुपैयाँ कायम छ । सूर्या लाइफ इन्स्योरन्स कम्पनीको नेप्सेमा १ करोड २६ लाख ७७ हजार २ सय ८० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार रहेको छ । बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय ८४ रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या १९ भएपनि नेप्सेमा भने ७ कम्पनी मात्र सूचीकृत छन् ।