नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकका खातावालाहरुको दुर्घटना र स्वास्थ्य बीमा गर्ने

काठमाडौं। नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंककाे खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने भएको छ । नेपाली बीमा बजारमा विगत २५ बर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने संझौता सम्पन्न गरेको हो । संझौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा नेपाल एसबीआई बैंकको तर्फ बाट बैंकका मुख्य ब्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।

जिएमइ रेमिट र बहराईनको अलयुसुफ एक्सचेन्जबीच रेमिटान्स सम्झौता

काठमाडौं । बहराईनको ख्याति प्राप्त रेमिटान्स कम्पनी अलयुसुफ एक्सचेन्ज र जिएमइ रेमिट प्रा.लि बीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।  उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अलयुसुफ एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शायद अहेमेद अलयुसुफले हस्ताक्षर गरेका हुन् । यससँगै, जिएमइ रेमिटको माध्यमबाट बहराईनमा रहेको अलयुसुफ एक्सचेन्जका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमइ रेमिटसँग आबद्ध ८५०० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

प्रोग्रेशिभ फाइनान्सले ल्यायो नयाँ निक्षेप योजना, एक लाखसम्मको बीमा सुविधा पाइने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक भएको छ । हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको हो । यस अनुसार अब ग्राहकहरुले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा १ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिनेछ । साथै, न्यूनतम मौज्दात ५० हजार रुपैयाँ हुनेगरी खाता खोल्ने ग्राहकहरु १ लाख रुपैयाँ बराबरको कोभिड १९ बीमा सुविधाबाट लाभान्वित हुन सक्नेछन् । संस्थाको प्रशन्न बचत खाताका ग्राहकहरुलाई समेत उक्त बीमा सुविधा उपलब्ध हुनेछ । ‘एक लाखको मुद्धति खोल्नुस्, एक लाखकै कोरोना बीमा सुविधा पाउनुहोस्’ योजना अनुसार १ लाख रुपैयाँ वा सो भन्दा बढीको न्यूनतम एक वर्षे मुद्धती खाता खोल्ने ग्राहकलाई पनि १ लाख रुपैयाँकै कोभिड-१९ बीमा सुविधा संस्थाले उपलब्ध गराउनेछ । संस्थागत ग्राहकहरुको सुविधाका लागि पनि फाइनान्स कम्पनीले नयाँ योजना अघि सारेको छ । ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्स कम्पनीले हाल ७ वटा शाखाहरु तथा ४ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा प्रवाह गरिरहेको छ ।