आइएमईले ल्यायो घरमै बसी एक लाख जित्ने योजना, यो महिनाभर लागू हुने

<p>काठमाडौं । आइएमईले &#8216;आइएमई घरमै-रू. १ लाख जितौं&#8217; भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको छ । कोरोना भाइरस (कोभिड(१९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि कम्पनीले उक्त योजना ल्याएको हो । सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई [&hellip;]</p>

काठमाडौं । आइएमईले ‘आइएमई घरमै-रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको छ । कोरोना भाइरस (कोभिड(१९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि कम्पनीले उक्त योजना ल्याएको हो ।

सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा सङक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको हो ।

यस अन्तर्गत् यही जेठ ३१ गतेबाट सुरू गरिएको ‘आइएमई घरमै’ उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको छ ।

Share News