एनपीएल घटेसँगै नेपाल बैंकको नाफा २.७९ अर्ब, ईपीएस २५.३४ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ०.३४ प्रतिशत बढेर २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा घटाएको छ । गत वर्षको चैतमा ५.४५ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ४.९६ प्रतिशतमा झारेको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २.९९ प्रतिशत बढेर ७ अर्ब ३१ करोड ३२ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब १० करोड ७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ९.२१ प्रतिशत घटेर ६८ करोड ४३ लाख ६२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.४५ प्रतिशत बढेर ८ अर्ब ७७ करोड ९० लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा १.२५ प्रतिशत बढेर ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ७५ करोड ३८ लाख १३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ५६ करोड ८६ लाख १४ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ३१ करोड २७ लाख ८३ हजार रुपैयाँ थियो ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ३२ करोड १३ लाख ३४ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता २.९२ प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख १८ हजार रुपैयाँ थियो । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख २७ हजार रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप १५.७४ प्रतिशत अर्थात् ५२ अर्ब २८ करोड रुपैयाँ र कर्जा लगानी ८.५९ प्रतिशत अर्थात् १८ अर्ब ९४ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ६६.०७  प्रतिशत रहेको छ ।  बैंकका अनुसार आधार दर ४.७१ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ५.९६ प्रतिशत थियो ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २५.३४ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०.९७ गुणा छ ।

एभरेष्ट बैंकको नाफा ३.३२ अर्ब रुपैयाँ, १७.५३ प्रतिशत कर्जा बढायो

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ३.७१ प्रतिशत घटेर ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.३२ प्रतिशत बढेर ६ अर्ब ८३ करोड ३४ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ३२.४९ प्रतिशत बढेर १ अर्ब ४५ करोड २६ लाख ३९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशत बढेर ८ अर्ब ९३ करोड १० लाख ३५ हजार रुपैयाँ र सञ्चालन नाफा ३.५३ प्रतिशत घटेर ४ अर्ब ९० करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब १७ करोड ६९ लाख ४ हजार रुपैयाँ, सञ्चालन नाफा ५ अर्ब ८ करोड ३३ लाख ५३ हजार रुपैयाँ थियो ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ४ करोड ८५ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अबए ६७ करोड ८७ लाख ८२ हजार रुपैयाँ थियो । १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख ९ हजार रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप १.२० प्रतिशत अर्थात् ३ खर्ब ६१ अर्ब रुपैयाँ र कर्जा लगानी १७.५३ प्रतिशत अर्थात् ३७ अर्ब ४३ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ८५.८८ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैतमा ०.६४ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ०.६१ प्रतिशतमा झरेको छ । बैंकका अनुसार आधार दर ४.५७ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ५.४५ प्रतिशत थियो ।  बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि बढेर ३२.३५ रुपैयाँमा सीमित भएको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ३५.६१ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २४४.२७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.५९ गुणा छ ।

९.२४ प्रतिशत बढायो सालपाले लगानी, ६.९२ प्रतिशतबाट ३.३५ प्रतिशतमा झार्यो एनपीएल

काठमाडौं । सालपा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३१ लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरोको थियो ।  चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत बढेर ५ करोड ५७ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड २२ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४.४७ प्रतिशत बढेर १९ करोड ६४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेर ६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३१ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ६५ लाख ९० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ करोड ४६ लाख २१ हजार रुपैयाँ ऋणात्मक थियो ।  ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ करोड ८७ लाख २७ हजार रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ४९ करोड ४३ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड ७५ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले १ अर्ब ३८ करोड १६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९ करोड ६२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ८.१५ प्रतिशत र कर्जा लगानी ९.२४ प्रतिशत बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७१.२१ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) भने घटेको देखिन्छ । गत वर्षको चैतमा ६.९२ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ३.३५ प्रतिशतमा झारेको छ । बैंकका अनुसार आधार दर ९.९१ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ११.१७ प्रतिशत थियो ।  बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.८१ रुपैयाँ ऋणात्मक छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १.३६ रुपैयाँ ऋणात्मक थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १०३.७५ रुपैयाँ छ ।