९.२४ प्रतिशत बढायो सालपाले लगानी, ६.९२ प्रतिशतबाट ३.३५ प्रतिशतमा झार्यो एनपीएल

काठमाडौं । सालपा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३१ लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरोको थियो । 

चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत बढेर ५ करोड ५७ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड २२ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४.४७ प्रतिशत बढेर १९ करोड ६४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेर ६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३१ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ । 

चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ६५ लाख ९० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ करोड ४६ लाख २१ हजार रुपैयाँ ऋणात्मक थियो । 

५२ करोड २३ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ करोड ८७ लाख २७ हजार रुपैयाँ रहेको छ । 

चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ४९ करोड ४३ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड ७५ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले १ अर्ब ३८ करोड १६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९ करोड ६२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप ८.१५ प्रतिशत र कर्जा लगानी ९.२४ प्रतिशत बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७१.२१ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) भने घटेको देखिन्छ । गत वर्षको चैतमा ६.९२ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ३.३५ प्रतिशतमा झारेको छ । बैंकका अनुसार आधार दर ९.९१ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ११.१७ प्रतिशत थियो । 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.८१ रुपैयाँ ऋणात्मक छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १.३६ रुपैयाँ ऋणात्मक थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १०३.७५ रुपैयाँ छ ।

Share News