२२.९२ प्रतिशत बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, लाभांश क्षमता २२.९५ प्रतिशत
काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २२.९२ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत बढेर ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेर ९० करोड ७६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेर ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ, सञ्चालन नाफा १०.४४ प्रतिशत बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको छ । ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ४५ करोड २३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५.७४ प्रतिशत बढेर ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ र कर्जा लगानी २.७२ प्रतिशत बढेर ४ खर्ब २१ अर्ब २५ करोड २० लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता २२.९५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ बढेर १९.५१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ । गत वर्षको असोजमा ४.६७ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.९८ प्रतिशत पुगेको छ ।
नेपाल बैंकको ब्याज आम्दानी साढे २ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १६.३६ प्रतिशत बढेर २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशत घटेर २४ करोड १४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशत बढेर २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ, सञ्चालन नाफा ३२.८१ प्रतिशत बढेर ९१ करोड ७१ लाख रुपैयाँ रहेको छ । १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब १२ करोड ७२ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.५५ प्रतिशत बढेर ३ खर्ब ४० अर्ब ४ करोड ७२ लाख रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३८ पैसा घटेर १६.०१ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६०.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ । गत वर्षको असोजमा ३.५९ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ५.४९ प्रतिशत पुगेको छ ।
एनएमबि बैंकको ब्याज आम्दानी २४.४९ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १.९४ अर्ब रुपैयाँ
काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २० प्रतिशत घटेर ९१ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत बढेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेर ७१ करोड ६१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशत बढेर ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ, सञ्चालन नाफा १४.३१ प्रतिशत घटेर १ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ रहेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६२ करोड ३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ३.४५ प्रतिशत बढेर २ खर्ब ९० अर्ब ६० करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी २.४४ प्रतिशत बढेर २ खर्ब ३४ अर्ब २ करोड ३१ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकले ८.०९ प्रतिशत लाभांश क्षमता राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ घटेर १९.९५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ । गत वर्षको असोजमा ३.६३ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.५८ प्रतिशत पुगेको छ ।