केईको नगरकोट यात्रा सम्पन्न, ५६ गाडी र दुई सय सहभागीको सहभागिता

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी (केई नेपालका आधिकारिक आयातकर्ता) ले केई ग्राहक भेट र्याली आयोजना गरेको छ । थापाथलीबाट सुरु भएको उक्त र्याली क्लब हिमालय, नगरकोटमा सम्पन्न भयो । र्यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू सहित) सहभागी थिए । कार्यक्रमको उद्देश्य केई प्रयोगकर्ताबीचको सम्बन्ध सुदृढ बनाउने र वातावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्ने रहेको थियो । सहभागीहरूले यात्रा क्रममा रमाइला खेल, समूहगत क्रियाकलाप र प्राकृतिक सौन्दर्यको आनन्द लिएका थिए । क्लब हिमालयमा सहभागीहरूका लागि स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू प्रदान गरियो । कार्यक्रमको मुख्य आकर्षण सीपीआर (कार्डियो पल्मोनरी रेससिटेसन) सम्बन्धी सचेतना तथा तालिम सत्र थियो, जहाँ स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने सिकाए । यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति सहभागीहरूको जागरूकता बढाएको आयोजकले जनाएको छ । कार्यक्रमको समापन मनोरञ्जनात्मक प्रस्तुति र समूहगत गतिविधिसँग गरिएको थियो । जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले ग्राहक सन्तुष्टि, सुरक्षा सचेतना र सामाजिक जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना बनाएको जनाएको छ ।

विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन, चार दिने टेस्ट ड्राइभ र एक्सचेञ्ज कार्यक्रम हुने

काठमाडौं । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृिद्धले चार दिने टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी शनिबारदेखि सुरु हुनेछ । उक्त कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र भविष्यमुखी  (फ्युचरिस्टिक) इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । यी ब्रान्डहरू नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभी ब्रान्डका रूपमा स्थापित हुँदै आएका छन् । कार्यक्रममा सहभागीहरूले नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्नका साथै रोबोटहरूसँग अन्तर्क्रिया गर्ने अवसर पनि पाउनेछन्, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । हालै सम्पन्न नाडा अटो शोमा चर्चित भएका दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ । एमएडब्लु वृिद्धले कार्यक्रममा विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ । यसअन्तर्गत पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहारहरू रहनेछन् । इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न इच्छुक वा भविष्यको यातायात अनुभव गर्न चाहनेका लागि बिर्तामोडस्थित नयाँ दिपाल र नामी सोरुममा हुने यो एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्प एक उपयुक्त अवसर हुने आयोजकले जनाएको छ ।

इटहरीमा एमएडब्लू वृद्धि मोटर्सको नामी भिगो इलेक्ट्रिक एसयूभी सार्वजनिक, मूल्य कति ?

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा ‘नामी भिगो’ नामक नयाँ इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडलले बलियो डिजाइन, स्मार्ट विशेषता र उत्कृष्ट प्रदर्शनका साथ नेपालमा मिड–साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ । नामी भिगोको ‘म्याजिक कर्भ’ डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक संरचनाको संयोजन प्रस्तुत गर्दै नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको कम्पनीले जनाएको छ । यो मोडलमा रहेको ९९ किलोवाट मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेसन र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्छ । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन् । पहिलो ४४.९४ किलोवाट आवर क्षमताको ब्याट्री जसको डब्लुएलटीपी रेन्ज ३०० किलोमिटर छ, र दोस्रो ५१.८७ किलोवाट आवर ब्याट्री जसले ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसले १६७ किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म केवल १८ मिनेटमै चार्ज गर्न सक्छ । कम्पनीका अनुसार यसले केही मिनेटमै करिब ११५ किलोमिटर दूरी थपिने सुविधा प्रदान गर्छ । गाडीको भित्री भाग अत्याधुनिक र आरामदायी बनाइएको छ । यसमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता विशेषताहरू छन्, जसले चालक र यात्रु दुवैलाई प्रिमियम अनुभव दिन्छ । सुरक्षाका दृष्टिले पनि नामी भिगो उच्चस्तरको छ । यसमा जिरो फायर–एक्स्प्लोजन परीक्षण पार गरेको ब्याट्री सिस्टम, ६८.४ प्रतिशत उच्च–सामर्थ्यको स्टिल बडी र ६ वटा एअरब्यागहरूको संयोजन गरिएको छ, जसले गाडीलाई सुरक्षित र भरपर्दो बनाएको कम्पनीले जनाएको छ । नामी भिगो ई२ भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई२ प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विशेष प्रारम्भिक अफर अन्तर्गत भिगो ई२ ३७ लाख ९९ हजार र ई२ प्लस ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगोलाई नेपालमा नयाँ पुस्ताका लागि आकर्षक, शक्तिशाली र पर्यावरणमैत्री विद्युतीय सवारीका रूपमा प्रस्तुत गरेको जनाएको छ ।