प्रतिनिधिसभा समानुपातिक तर्फको बन्दसूची सार्वजनिक, हेर्नुहोस कुन दलको तर्फबाट को परे ?
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची आइतबार बिहान सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगमा ४८ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । हेर्नुहोस प्रतिनिधिसभाको लागि समानुपातिकको बन्द सूचीमा को-को परे ? [pdf id=356503]
प्रचण्डको उम्मेदवारी दर्ता गर्न बाबुराम पनि गोरखामा, बुवासितको तस्वीर राखेर यस्तो लेखे
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे उम्मेदवारी दर्ता गर्न बाबुराम भट्टराई पनि गोरखा गएका छन् । आइतबार सामाजिक संजालमार्फत आफ्नाे र प्रचण्डकाे बुवासँगकाे पुरानाे तस्विर राख्दै उनले प्रचण्डसँगै गोरखातिर लागेकाे जानकारी दिएका छन् । उनले जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयॉ अध्याय थालनी गरेकाे बताएका छन् । ‘गोरखा-२ बाट क.प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो, उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयॉ अध्याय थालनी गरियो, सबैको साथ र सहयोगको अपेक्षा,’ उनले लखेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन् ।उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए । गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न संगै गोरखातिर लागियो। उहॅाका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाॅ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा! pic.twitter.com/kEsNRXuHbr — Baburam Bhattarai (@brb1954) October 9, 2022
सुरु भयाे प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनपत्र दर्ता
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ । रासस
दशैंमा १७ हजार पर्ने हवाई टिकट ७ हजारमा झर्यो, कुन कम्पनीको प्लेनमा कति भाडा ?
काठमाडौं । दशैं सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किरहेका छन् । दशैंका बेला घर जान टिकटको सकस भोगेका यात्रुहरुले टिकट पनि महँगो तिर्नु परेको थियो । बसको टिकटदेखि हवाइजहाजको टिकट शुल्क पनि आकासिएको थियो । अहिले विभिन्न विमानस्थलबाट काठमाडौं आउने हवाई टिकट महँगो भएको छ भने काठमाडौं उपत्यकाबाट बाहिरका विमानस्थलमा जान सस्तो हवाइ टिकट पाइन थालेको छ । नेपालका धेरै वायुसेवा कम्पनीहरुले धेरै ठाउँका विमानस्थलमा उडान सेवा दिँदै आएका छन् । कतिपय अवस्थामा यात्रुको चापका कारण टिकट नपाइने अवस्था छ भने कतिपय ठाउँमा पाइए पनि महँगो टिकट तिर्नु पर्ने बाध्यता छ । तर, काठमाडौंबाट विभिन्न जिल्लामा जान सस्तो हवाइ टिकट पाइरहेका छन् । दशैंको समयमा सबैभन्दा बढी भाडा काठमाडौंदेखि धनगढीसम्मको थियो । त्यतिबेला धनगढी जान न्यूनतम् पनि १७ हजार रुपैयाँ भाडा तिर्नु पर्थ्यो । तर, अहिले न्यूनतम ७ हजार रुपैयाँदेखि अधिकत् १७ हजार रुपैयाँसम्म पर्छ । आज हामीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न जिल्लाका विमानस्थलमा जान कति भाडा तिर्नु पर्छ भनेर यो सामग्री तयार पारेका छौं । १. काठमाडौं–धनगढी सौर्य एयरलाइन्स ७ हजार ४९५देखि १७ हजार २५ रुपैयाँसम्म बुद्ध एयर ७ हजार ५ सयदेखि १७ हजार २५ रुपैयाँसम्म । श्रीइरलाइन्स ७ हजार ५ सय देखि १७ हजार २५ रुपैयाँसम्म । २. काठमाडौं–पोखरा गुण एयरलाइन्स ३ हजार ९ सयदेखि ६ हजार ९८५ सम्म । बुद्ध एयर ४ हजार १ सय । यति एयरलाइन्स ४ हजार १ सय । श्री एयरलाइन्स ६ हजार ९८५ ३. काठमाडौं– भद्रपुर बुद्ध एयर देखि १२ हजार ९५५ रुपैयाँसम्म । यति एयरलाइन्स ५ हजार ७५० रुपैयाँ सौर्य एयरलाइन्स ६ हजार ४५ रुपैयाँ । श्री एयरलाइन्स ६ हजार २५० रुपैयाँ । ४. काठमाडौं–भैरहवा बुद्ध एयर ४ हजार ६००देखि ८ हजार ६७५ रुपैयाँसम्म । गुण एयरलाइन्स ४ हजार ८०० रुपैयाँ । सौर्य एयरलाइन्स ४ हजार ९९५ रुपैया । श्री एयरलाइन्स ५ हजार रुपैयाँ । यति एयरलाइन्स ५ हजार रुपैयाँ । ५. काठमाडौं–विराटनगर यति एयरलाइन्स ५ हजारदेखि १० हजार २०५ रुपैयाँसम्म । श्री एयरलाइन्स ५ हजार रुपैयाँ । बुद्ध एयर ५ हजार रुपैयाँ । गुण एयरलान्स ५ हजार २ सय रुपैयाँ । सौर्य एयरलाइन्स ५ हजार ४९५ रुपैयाँ । ६.काठमाडौं–नेपालगञ्ज यति एयरलाइन्स ६ हजार ३५०देखि १३ हजार ९८० रुपैयाँसम्म । श्री एयरलाइन्स ६ हजार ३५०देखि १३ हजार ९८० रुपैयाँसम्म । बुद्ध एयर ६ हजार ३५० देखि १३ हजार ९८० रुपैयाँसम्म । गुण एयरलाइन्स ६ हजार ६०० रुपैयाँदेखि १३ हजार ५८० रुपैयाँसम्म । ७. काठमाडौं–सिमरा बुद्ध एयर ३ हजार ७००देखि ४ हजार २४५ रुपैयाँसम्म । ८. काठमाडौं–जनकपुर बुद्ध एयर ३ हजार ५५९देखि ५ हजार ८६० रुपैयाँसम्म । यति एयरलाइन्स ३ हजार ९५० देखि ५ हजार ८६० रुपैयाँसम्म । श्री एयरलाइन्स ३ हजार ९५० देखि ५ हजार ८६० रुपैयाँसम्म ।
रवि लामिछानेले स्वतन्त्र पार्टीका तर्फबाट चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बोहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो । उनी उम्मेदवारी मनोनयनका लागि चितवन आएका छन् । चितवन क्षेत्र नं. ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लामिछाने पहिलोपटक प्रत्यक्ष प्रकृयाबाट निर्वाचन उठ्न लागेका हुन् ।
काँग्रेसले चितवन १ बाट डा. पौडेल र २ बाट श्रेष्ठलाई बनायो उम्मेद्वार
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा. विश्व पौडेल र प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर १ र २ बाट उम्मेद्वार बन्ने भएका छन् । सत्तारुढ दल नेपाली काँग्रेसको तर्फबाट डा. पौडेल र श्रेष्ठ उम्मेद्वार बन्ने भएका हुन् । डा. पौडेलले उम्मेद्वारी दिन लागेको चितवन निर्वाचन क्षेत्र १ मा एमालेको तर्फबाट सुरेन्द्र पाण्डे र निर्वाचन क्षेत्र २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् । डा. पौडेल र श्रेष्ठले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट पाएको यो पहिलो हो ।
छ वर्षमा पनि सकिएन भरतपुरकाे ४ किलाेमिटर सडक निर्माण
भरतपुर । झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो । सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ । सुरुआतका चरणमा रूख कटान, विद्युत्को पोल र खानेपानीको पाइप नसार्दा सडकखण्ड विस्तारमा समस्या भएको थियो । त्यसमाथि मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर ठेकेदारले सडक निर्माणमा झनै ढिलासुस्ती गर्दै आएका छन् । सो सडकखण्डमा बनाइसकेको कालेपत्र भत्किन सुरु भइसकेको छ । ठाउँ–ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–११ का स्थानीय महेन्द्र पाण्डेले सडक निर्माणमा चरम लापरबाही गरेको आरोप लगाए । उनले भने, ‘यतिका वर्ष हुँदा पनि न काम गुणस्तरको छ, न समयमै सम्पन्न भएको छ ।’ उनले सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि समयमै सडक निर्माण गर्नेतर्फ ध्यान नदिएको बताए । बाइपास सडक विस्तारको काम दुई प्याकेजमा गरिएको छ । केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्मको जिम्मा गौरी पार्वती निर्माण सेवा र विशाल चोकदेखि आँपटारीसम्मको जिम्मा रायमाझी पशुपति जेभीले पाएका हुन् । बसपार्क चोक–विशाल चोक खण्डको काम डेढ वर्षदेखि ठप्प जस्तै छ । बिजुलीका पोल नहटेको र मेडियन निर्माणमा स्थानीयको अवरोध भएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको छ । यस खण्डको पश्चिमपट्टि नाला बनाउने काम अधुरो छ । बाँकी काम चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ । सडकमै पर्ने कार्यालयकै अगाडि रहेको मन्दिरसमेत स्थानीयले भत्काउन नदिएको सडक डिभिजनका इन्जिनियर सागर कार्की बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकाय पहिला छलफल गरेर काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । पन्ध्र महिनामा सक्नुपर्ने यस खण्डको काम झन्डै छ वर्षमा ९० प्रतिशत पुगेर अड्किएको उनले बताए । विद्युत् प्राधिकरणले नालीमा पर्ने बिजुलीका पोल नहटाउँदा सडक विस्तारको काम ठप्प भएको उनको भनाइ छ । विद्युत्ले पोल नहटाउँदा सडक डिभिजनको कार्यालय अगाडि नै दुर्घटना भइरहेका छन् । त्यहाँ विद्युत्ले नयाँ पोल गाडिसकेको छ तर पुराना पोल हटाएको छैन । बाटोमुनि खानेपानीको पाइप भएकाले ठाउँ–ठाउँमा पिच भत्किएको उनले बताए । स्थानीयले आ–आफ्नो घरअगाडि जेब्राक्रस र गाडी घुमाउने ठाउँ राख्न दबाब दिँदा मेडियनलाई पूर्णता दिन नसकिएको उनले बताए । नयाँ सडक भए पनि ठाँउठाँउमा टालटुल गरिएका कारण पुरानो सडकजस्तै देखिने गरेको छ । ४.४ किमी बाइपास सडक विस्तार गर्न गौरी पार्वतीसँग ०७३ पुसमा सम्झौता भएको थियो । १२ करोड ८१ लाख ८२ हजारमा सम्झौता भएको ठेक्काको काम पछि पुनरावलोकन भएर बसपार्कदेखि विशालचोकसम्म मात्रै चार लेनमा विस्तार गर्ने सहमति भएको थियो । दुई वर्षमा सक्नुपर्ने विशालचोक–आँपटारी खण्डको काम म्याद सकिसक्दा पनि जम्मा ३० देखि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यस खण्डको म्याद २०७८ साल फागुनमा नै सकिएको हो । कार्यालयले गएको साउनमा २०८० साल असारसम्मका लागि म्याद थप गरेको छ । २६ करोड लागतमा २.२ किमी सडक विस्तार गर्न लागिएको हो । यस खण्डमा अहिले बेसको काम भइरहेको छ । २०७७ साल असोजमा सम्झौता भएको सडक खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा अझै सकिएको छैन । यो खण्डको काम पनि चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ । निर्माण कम्पनीले भने सरकारी निकायको समन्वय नहुँदा रूख कटानमा ढिलाइ, विद्युत्को पोल र खानेपानीको पाइप सार्न ढिलाइ गरेका कारण सडक निर्माणमा ढिलाइ भएको बताउँदै आएका छन् । राजमार्ग क्षेत्रको भीड र दुर्घटनाको जोखिम कम गर्न भन्दै विस्तार सुरु गरिएको यो सडकखण्ड समयमै निर्माण सम्पन्न गर्नका लागि पटक–पटक सरोकारवालाबीच छलफल र ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिइएको थियो । तर निर्माणमा भएको सुस्तताले यहाँ यात्रा गर्नेलाई हैरानी बनाएको छ । रासस
वर्षाले दुई विद्युत् आयोजना अवरुद्ध, १० हजार जना अन्धकारमा
ढोरपाटन । पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । निसीखोला –४ र ५ मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा अवरुद्ध भएको हो । निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा बाढी बसेर अवरुद्ध बनेको स्थानीय मनबहादुर घर्ती मगरले जानकारी दिए । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भने नहर भत्किएपछि अवरुद्ध भएको आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले जानकारी दिए । उनले वर्षाको कारण विद्युत् सञ्चालनमा ल्याउन समस्या भएको बताए । पहिराले नहर जोखिममा पर्दा बित्तिकै बनाउन सुरु गरे पनि अझै पाँच दिन विद्युत् सञ्चालन गर्न नसकिने बताए । ‘पहिराले नहर बगाउन थालेदेखि नै काम सुरु गरेका हौँ, तर वर्षाले गर्दा काम गर्न दिएन, तै पनि विद्युत् छिटो सञ्चालनमा ल्याउनका लागि कामदारहरु खटाइराखेका छौँ’, उनले भने, ‘विद्युत् सञ्चालनमा आउन अझै पाँच दिन लाग्न सक्छ, कुना पट्टिबाट नयाँ नहर बनाउनुपर्ने भएको छ, त्यसले गर्दा केही दिन ढिला हुने देखिन्छ ।’ दुईवटा विद्युत् आयोजना अवरुद्ध हुँदा यहाँका दर्जनौँ साना तथा घरेलु उद्योगहरु ठप्प भएका छन् । विद्युत् अवरुद्ध भएपछि दसैँसमेत खल्लो भएको स्थानीयको भनाइ छ । निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको भने विद्युत् गृहभित्र बाढीसहित पसेको लेदो सफा गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । दुई विद्युत् आयोजना अवरुद्ध हुँदा निसीखोला गाउँपालिका–३, ४ र ५ का करिब १० हजार नागरिक अन्धकारमा बस्न बाध्य भएको व्यवस्थापक चालिसेले जानकारी दिए । रासस