काँग्रेसले चितवन १ बाट डा. पौडेल र २ बाट श्रेष्ठलाई बनायो उम्मेद्वार

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा. विश्व पौडेल र प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर १ र २ बाट उम्मेद्वार बन्ने भएका छन् । सत्तारुढ दल नेपाली काँग्रेसको तर्फबाट डा. पौडेल र श्रेष्ठ उम्मेद्वार बन्ने भएका हुन् । डा. पौडेलले उम्मेद्वारी दिन लागेको चितवन निर्वाचन क्षेत्र १ मा एमालेको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा. विश्व पौडेल र प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर १ र २ बाट उम्मेद्वार बन्ने भएका छन् । सत्तारुढ दल नेपाली काँग्रेसको तर्फबाट डा. पौडेल र श्रेष्ठ उम्मेद्वार बन्ने भएका हुन् ।

डा. पौडेलले उम्मेद्वारी दिन लागेको चितवन निर्वाचन क्षेत्र १ मा एमालेको तर्फबाट सुरेन्द्र पाण्डे र निर्वाचन क्षेत्र २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् । डा. पौडेल र श्रेष्ठले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट पाएको यो पहिलो हो ।

Share News