काठमाडौं । दशैं सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किरहेका छन् । दशैंका बेला घर जान टिकटको सकस भोगेका यात्रुहरुले टिकट पनि महँगो तिर्नु परेको थियो । बसको टिकटदेखि हवाइजहाजको टिकट शुल्क पनि आकासिएको थियो । अहिले विभिन्न विमानस्थलबाट काठमाडौं आउने हवाई टिकट महँगो भएको छ भने काठमाडौं उपत्यकाबाट बाहिरका विमानस्थलमा जान सस्तो हवाइ टिकट पाइन थालेको छ ।
नेपालका धेरै वायुसेवा कम्पनीहरुले धेरै ठाउँका विमानस्थलमा उडान सेवा दिँदै आएका छन् । कतिपय अवस्थामा यात्रुको चापका कारण टिकट नपाइने अवस्था छ भने कतिपय ठाउँमा पाइए पनि महँगो टिकट तिर्नु पर्ने बाध्यता छ । तर, काठमाडौंबाट विभिन्न जिल्लामा जान सस्तो हवाइ टिकट पाइरहेका छन् । दशैंको समयमा सबैभन्दा बढी भाडा काठमाडौंदेखि धनगढीसम्मको थियो । त्यतिबेला धनगढी जान न्यूनतम् पनि १७ हजार रुपैयाँ भाडा तिर्नु पर्थ्यो । तर, अहिले न्यूनतम ७ हजार रुपैयाँदेखि अधिकत् १७ हजार रुपैयाँसम्म पर्छ । आज हामीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न जिल्लाका विमानस्थलमा जान कति भाडा तिर्नु पर्छ भनेर यो सामग्री तयार पारेका छौं ।
१. काठमाडौं–धनगढी
सौर्य एयरलाइन्स
७ हजार ४९५देखि १७ हजार २५ रुपैयाँसम्म
बुद्ध एयर
७ हजार ५ सयदेखि १७ हजार २५ रुपैयाँसम्म ।
श्रीइरलाइन्स
७ हजार ५ सय देखि १७ हजार २५ रुपैयाँसम्म ।
२. काठमाडौं–पोखरा
गुण एयरलाइन्स
३ हजार ९ सयदेखि ६ हजार ९८५ सम्म ।
बुद्ध एयर
४ हजार १ सय ।
यति एयरलाइन्स
४ हजार १ सय ।
श्री एयरलाइन्स
६ हजार ९८५
३. काठमाडौं– भद्रपुर
बुद्ध एयर
देखि १२ हजार ९५५ रुपैयाँसम्म ।
यति एयरलाइन्स
५ हजार ७५० रुपैयाँ
सौर्य एयरलाइन्स
६ हजार ४५ रुपैयाँ ।
श्री एयरलाइन्स
६ हजार २५० रुपैयाँ ।
४. काठमाडौं–भैरहवा
बुद्ध एयर
४ हजार ६००देखि ८ हजार ६७५ रुपैयाँसम्म ।
गुण एयरलाइन्स
४ हजार ८०० रुपैयाँ ।
सौर्य एयरलाइन्स
४ हजार ९९५ रुपैया ।
श्री एयरलाइन्स
५ हजार रुपैयाँ ।
यति एयरलाइन्स
५ हजार रुपैयाँ ।
५. काठमाडौं–विराटनगर
यति एयरलाइन्स
५ हजारदेखि १० हजार २०५ रुपैयाँसम्म ।
श्री एयरलाइन्स
५ हजार रुपैयाँ ।
बुद्ध एयर
५ हजार रुपैयाँ ।
गुण एयरलान्स
५ हजार २ सय रुपैयाँ ।
सौर्य एयरलाइन्स
५ हजार ४९५ रुपैयाँ ।
६.काठमाडौं–नेपालगञ्ज
यति एयरलाइन्स
६ हजार ३५०देखि १३ हजार ९८० रुपैयाँसम्म ।
श्री एयरलाइन्स
६ हजार ३५०देखि १३ हजार ९८० रुपैयाँसम्म ।
बुद्ध एयर
६ हजार ३५० देखि १३ हजार ९८० रुपैयाँसम्म ।
गुण एयरलाइन्स
६ हजार ६०० रुपैयाँदेखि १३ हजार ५८० रुपैयाँसम्म ।
७. काठमाडौं–सिमरा
बुद्ध एयर
३ हजार ७००देखि ४ हजार २४५ रुपैयाँसम्म ।
८. काठमाडौं–जनकपुर
बुद्ध एयर
३ हजार ५५९देखि ५ हजार ८६० रुपैयाँसम्म ।
यति एयरलाइन्स
३ हजार ९५० देखि ५ हजार ८६० रुपैयाँसम्म ।
श्री एयरलाइन्स
३ हजार ९५० देखि ५ हजार ८६० रुपैयाँसम्म ।