काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे उम्मेदवारी दर्ता गर्न बाबुराम भट्टराई पनि गोरखा गएका छन् । आइतबार सामाजिक संजालमार्फत आफ्नाे र प्रचण्डकाे बुवासँगकाे पुरानाे तस्विर राख्दै उनले प्रचण्डसँगै गोरखातिर लागेकाे जानकारी दिएका छन् ।
उनले जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयॉ अध्याय थालनी गरेकाे बताएका छन् ।
‘गोरखा-२ बाट क.प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो, उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयॉ अध्याय थालनी गरियो, सबैको साथ र सहयोगको अपेक्षा,’ उनले लखेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन् ।उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए ।
गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न संगै गोरखातिर लागियो। उहॅाका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाॅ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा! pic.twitter.com/kEsNRXuHbr
— Baburam Bhattarai (@brb1954) October 9, 2022