३४ कम्पनीको आईपीओ पाइपलाइनमा, अनुमति दिन सेबोनको ढिलाइ
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न ३४ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका छन् । विभिन्न क्षेत्रका ३४ कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबानेमा आवेदन दिएका हुन् । ३४ वटा कम्पनीहरुमा लघुवित्त वित्तीय संस्था, उत्पादनमूलक तथा प्रशोधन उद्योग र जलविद्युत कम्पनी रहेका छन् । बोर्डमा आवेदन दिने ३४ कम्पनीले कूल १२ अर्ब १० करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको ८ करोड १८ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न सेबोनमा आवेदन दिएका हुन् । ३४ वटा कम्पनीमध्ये विभिन्न ४ वटा कम्पनीले भने प्रिमियममा आईपीओ निष्काशन गर्ने भएका छन् । सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग, घोराही सिमेन्ट र रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्न सेबोनमा आवेदन दिएका हुन् । विभिन्न कम्पनीहरुले लामो समयदेखि सेबोनमा आईपीओ निष्काशनका लागि आवेदन दिएपनि हालसम्म अनुमति पाउन सकिरहेका छैनन् । डिस मिडिया नेटवर्कले सेबोनमा २०७७ साउन ३० गते आवेदन दिएको थियो । २ वर्ष बढी समय हुँदा पनि कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति प्राप्त गर्न सकिरहेको छैन् । तर, पछिल्लो समयमा आएर कम्पनीले प्रिमियमा आईपीओ निष्काशन गर्ने पनि बताइरहेको छ । यस्तै, अधिकांश कम्पनीले पनि आईपीओ निष्काशनका लागि लामो समयदेखि सेबोनमा आवेदन दिएपनि हालसम्म अनुमति पाएका छैनन् । सेबोनले लामो समयदेखि अनुमति नदिँदा सेयर निष्काशन गर्न ढिलाइ भएको कम्पनीहरुले बताइरहेका छन् । १. मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा आईपीओ निष्काशनको अनुमति माग्दै गत फागुन २० निवेदन दिएको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । धितोपत्र बोर्डले यो कम्पनीलाई अन्य समूहमा राखेको छ । २. डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन ४ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँको १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । ३. सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ ९ गते सेबोनमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । ४. माई खोला हाइड्रोपावर १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ २२ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । ५. मोदी इनर्जीले ७२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ ३१ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काश तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । ६. सोनापुर मिनरल्स एण्ड आयल कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लाग असोज ४ गते सेबानमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड २३ लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । ७. मेन्छीयाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नका लागि साउन १८ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्याटिल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । ८. डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नका लागि सेबोनमा २०७७ साउन ३० गते आवेदन दिएको थियो । २ वर्ष बढी समय हुँदा पनि कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति प्राप्त गर्न सकिरहेको छैन् । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन मागेको हो । कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ । तर, पछिल्लो समयमा आएर कम्पनीले प्रिमियमा आईपीओ निष्काशन गर्ने पनि बताइरहेको छ । ९. हाथवे इन्ेष्टमेन्ट नेपालले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न सेबोनमा २०७८ चैत्र २५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता ५० सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । १०. आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ जेठ ३१ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । ११. मायाखोला हाइड्रोपावर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ बैशाख २८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । १२. भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र २ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । १३. मकर जितुमाया सीरु हाइड्रोपावर कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ बैशाख ८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । १४. बिपीडब्ल्यू लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार ८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । १५. कुथेली बुखरी हाइड्रोपावर कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ साउन ४ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । १६. ट्रेड पावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न २०७९ असार १४ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । १७. सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार २४ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । १८. अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले ८ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । १९. रावा इनर्जी डेभलपमेन्ट कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार १३ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २०. सुपरमाइ हाइड्रोपावर कम्पनीले १० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ मंसिर २० गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २१. मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ साउन १ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २२. बाराही हाइड्रोपावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २३. एशिएन हाइड्रोपावर कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ पौष ११ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ८० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २४. कालिञ्चोक दर्शन कम्पनीले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २५. सिटी होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र ३० गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । २६. इङ्ग्वा हाइड्रोपावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २७. सुपर मदी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार १५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २८. शुभम् पावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । २९. थ्री स्टार हाइड्रोपावरले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ असार १ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । ३०. आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र २१ गते निवेदन दिएको थियो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । प्रिमियममा आईपीओ सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग, घोराही सिमेन्ट र रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्न सेबोनमा आवेदन दिएका छन् । ३१. रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्नका लागि अनुमति माग्दै सेवोनमा आवेदन दिएको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँमा सेयर निष्काशनको अनुमति मागेको हो । यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कानश गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । ३२. सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न असार २८ गते सेवोनमा आवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि २४ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा योग्य संस्थापक लगानीकर्ताहरुले न्यूनतम ५०१ रुपैयाँ देखि ७५१ रुपैयाँ ५० पैसा मूल्य भित्र रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । ३३. रिलायन्स स्पीनिङ्गले पनि बुक बिल्डिङ्ग मार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गर्न सेवोनसँग अनुमति मागेको छ । यदि कम्पनीले अनुमति पायो भने योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता न्युनतम ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म मूल्य भित्रर रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । ३४. घोराही सिमेन्टले कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत साउन ९ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीको उक्त सेयरको प्रिमियम मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ र स्थानीय वासिन्दाका लागि प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ । कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्तालाई प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरमा निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
बिनोद चौधरी नेपाली कांग्रेशको तर्फबाट नवलपरासी पश्चिम १ बाट चुनाव लड्ने
काठमाडौं । उद्योगी बिनोद चौधरी नेपाली कांग्रेशको तर्फबाट नवरपरासी पश्चिम १ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेद्वार हुने भएका छन् । चौधरीलाई नेपाली कांग्रेशले नवलपरासी पश्चिम १ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले उनी सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्ने भएका हुन् । चौधरी पछिल्लोपटक नेपाली कांग्रेशको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेका थिए भने २०६४ मा नेकपा (एमाले)को तर्फबाट संविधानसभाको समानुपातिक सदस्य बनेका थिए । चौधरी पहिलोपटक प्रत्यक्ष प्रकृयाबाट निर्वाचन उठ्न लागेका हुन् ।
पहिराले महाकाली राजमार्ग अवरुद्ध
बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ ।
एक सातापछि मनसुन बाहिरिने
काठमाडौं । नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताए । उनले भने, ‘मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।’ अहिले राजधानी काठमाडौं, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रीत रहेको मौसमविद् पौडेलले बताए । उनका अनुसार आगामी मङ्गलबारदेखि मौसम सुधार आउनेछ । मनसुन रहदासम्म पानी पर्ने सम्भावना रहेपनि लगातारको झरी पर्दैन । महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । रासस
सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट पाइन् टिकट
काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । डा. मिनेन्द्र रिजाल र काेइराला टिकटको दाबेदार थिए । डा. रिजालले यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका थिए । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र पाएको कांग्रेसले १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालालाई टिकट दिएकाे छ ।
चितवन क्षेत्र नं ३ मा सत्ता गठबन्धनका तर्फबाट डा. भोजराज अधिकारी
चितवन । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादीकेन्द्रको भागमा परेको छ । विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । डा. अधिकारी सङ्घीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष हुन् । उनले आजै राजीनामा दिएर उम्मेदवारी दिने जानकारी दिए । उनी माओवादीको स्वास्थ्य जनसङ्ख्या विभागको केन्द्रीय सचिव हुन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौं । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको उक्त मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । काठमाडौंको आकास सफा रहेको छ । महाशाखाका अनुसार गत २४ घण्टामा डडेलधुरामा ८८, दिपायलमा ६२, धनगढीमा ४८ र वीरेन्द्रनगरमा २८ मिलिमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।
रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार हुने घनश्याम भुसालकाे घोषणा
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि शनिबार एमाले परित्याग गरेका भुसालले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका हुन् ।