झापा २ मा घिमिरे र राना : पहिले सहकर्मी अहिले प्रतिस्पर्धी
बनियानी । झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो । एकातर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को तीन दलीय लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको छ भने अर्कोतर्फ नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनले चुनावी गतिविधिलाई अझ सशक्त बनाइरहेको छ । राजनीतिक पृष्ठभूमिका दुई वटा गठबन्धन दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र पार्टी छाडेर बागी बनेका उम्मेदवार पनि चुनावी मैदानमा छन् । सँगै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि पहिलो पटक झापा २ मा आफ्नो उम्मेदवार खडा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि अबको पालो युवाको भन्दै जनताको मत बटुल्न घरदैलोमा छ । यी पार्टीसँगै अन्य दलका उम्मेदवार पनि आफ्नो चुनावी दौडमा व्यस्त छन् । विशेषतः यो क्षेत्रमा प्रत्यक्षतर्फ तीन दलीय लोकतान्त्रिक बाम गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि दुवै उम्मेदवारलाई जीत निकाल्न त्यति सहज देखिँदैन । दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । अन्य दलको प्रत्यक्षमा जीत निकाल्ने अवस्था देखिँदैन । तथापि, समानुपातिक मत बटुल्न र आफ्नो उपस्थिति जनाउन चुनावी मैदानमा छन् । हाल मूलधारको राजनीतिमा रहेका दलहरूप्रति जनताको वितृष्णा बढेको भन्दै आफ्नो दल र उम्मेदवारले जनमत पाउने अन्य दलको ठहर छ । अर्जुनधारा नगरपालिका पूर्वनगरप्रमुख हरिकुमार राना लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ भने एमाले–राप्रपाबाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे हुनुहुन्छ । राना एमाले परित्याग गरेर माओवादी केन्द्रको उम्मेदवार बनेका हुन् । एमाले त्याग्नुअघि राना र एमालेका उम्मदेवार घिमिरे सहकर्मी थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्रप्रसाद गिरी, नेमकिपाबाट महेन्द्र खायमली, स्वतन्त्रमा अधिवक्ता भद्रप्रसाद नेपाल र कांग्रेसबाट बागी कुमार भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विकास र जनतासँग जोडिएका मौलिकतामा आधारित अवधारणासहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उम्मेदवार राना बताउँछन् । जनताको हरेक समस्यासँग आफू जानकार भएको र स्थानीयवासीको सुख दुःखमा हातेमालो गरेकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने रानाको दाबी छ । ‘अर्जुनधारा नगरपालिकाको नगरप्रमुखको जिम्मेवारी पूरा गरिरहँदा मैले विकास र जनतासँग जोडिएका कुरा जाने–बुझेको छु’, उनले भने, ‘लामो समय स्थानीय तहमा बसेकाले स्थानीय समृद्धिको आधार मैले बुझेको छु, स्थानीय आवश्यकता र समस्या मलाई थाहा छ, जनताले मलाई रोज्नुहुन्छ ।’ झापा क्षेत्र नं २ मा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले आफ्नो प्राथमिकताको विषय फोहोर व्यवस्थापन भएको उनको भनाइ छ । ‘प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेर आमनागरिकको जीवन परिवर्तन गर्ने मेरो एजेण्डा र सङ्कल्प हो’, उनले भने, ‘यहाँको जल, जङ्गल र जमिनलाई कसरी उपयोग गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ ।’ यता, एमाले–राप्रपाका उम्मेदवार घिमिरेले पदमा नबसे पनि लामो समयदेखि पार्टीमा आबद्ध भएर झापा २ का विकास निर्माण, सुशासनलगायतका क्षेत्रमा काम गर्दै आएको बताए । ‘समृद्ध मुलुक बनाउन नीति निर्माणका पक्षमा काम गर्न प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएको हुँ’, उनले भने, ‘अव्यवस्थित कुरालाई व्यवस्थित बनाउने कुरामा आवश्यक नीति निर्माणका लागि नै मेरो उम्मेदवारी हो ।’ केन्द्रीय घोषणापत्र र स्थानीय आवश्यकताका आधारमा आफूले काम गर्ने उनको भनाइ छ । कांग्रेसबाट बागी उम्मेदवार बन्नुभएका भट्टराई जनताले पार्टीभन्दा पनि व्यक्ति हेर्न थालेको बताए । ‘यहाँ दलका कुराभन्दा पनि व्यक्तिको कुरा महत्वपूर्ण बन्दै गएको छ’, उनले भने, ‘मैले सबैको सुख, दुःखमा भूमिका खेलेको छु, मतदाताले मत दिएर जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’ पद र शक्तिको दुरुपयोग नगर्ने, भ्रष्टाचार नगर्ने, स्वास्थ्य, शिक्षा, रोजगारलगायतका क्षेत्रलाई समेटेर १६ बुँदे प्रतिबद्धतासमेत उम्मेदवार भट्टराईले जनाएका छन् । झापा २ मा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३, बिर्तामोड नगरपालिकाको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ७ र ८ नम्बर गरी २५ वटा वडा छन् । यो क्षेत्रमा ६६ हजार ६५७ पुरुष, ६७ हजार ४२९ महिला र पाँच जना अन्य गरी एक लाख ३४ हजार ९१ जना मतदाता रहेका छन् । उन्पचास मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा २५ वटा वडामध्ये १३ वटा वडा एमाले, ११ वटा वडा कांग्रेस र एउटा वडामा राप्रपाले जितेको छ । यो क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७८३ मत पाएका थिए भने एमालेका वडाध्यक्षका उम्मेदवारले ३६ हजार १५८ मत पाएका थिए । राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए । विसं २०७४ मा झापा २ प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनले जितेको थियो । बामगठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले ४५ हजार ८१७ मत पाउनुभएको थियो भने कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए । रासस
सेनाको व्यापारिक भवनमा विवाद, ४० करोड धरौटी जफत
काठमाडौं । नेपाली सेना र व्यापारी खगेन्द्र बुढामगरबीचको द्वन्द्वका कारण सयौं व्यापारीको विचल्ली भएको छ । काठमाण्डौको नयाँ सडक (महांकाल) स्थित सैनिक कल्याणकारी कोषको लगानीमा निर्मित कल्याणकारी भवनको भाडा विवाद अहिले उत्कर्षमा पुगेको छ । त्रिचन्द्र मिलिटरी अस्पतालसँगै सेनाले बनाएको व्यवसायिक भवनमा श्रीजयन्ती निर्माण सेवा कम्पनीले वार्षिक ४९ करोड ३३ लाख ३३ हजार ३३२ रुपैयाँमा भाडामा लिएको थियो । दुई लाख ८५ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरेवापत कम्पनीले मासिक चार करोड एघार लाख एघार हजार एकसय एघार रुपैयाँ भाडा बुझाउने सम्झौता भएको थियो । सेना र श्रीजयन्ती निर्माण सेवाबीच २०७६ माघ १६ गतेदेखि लागू हुने गरी १५ वर्षको लागि बहाल करार सम्झौता भएको थियो । श्रीजयन्ती निर्माण सेवाले सेनालाई नियमित भाडा नबुझाएको भन्दै गत असोज ५ गते बहाल करार सम्झौता अन्त्य गरिएको नेपाली सेनाले जनाएको छ । श्रीजयन्ती निर्माण सेवाको मालिक खगेन्द्र बुढामगर हुन् । करार सम्झौता अन्त्य हुनु पूर्व २०७९ साल असोज ५ गतेसम्मको बहाल रकम करिव ४६ करोड सैनिक कल्याणकारी कोषलाई भुक्तानी गर्न बाँकी रहेको नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी नारायण सिलवालले जानकारी दिए । करार सम्झौता गर्नुपूर्व कम्पनीले राखेको बैंक ग्यारेन्टबाट उक्त रकम जफत गरिएको सेनाले जनाएको छ । कम्पनीले प्राइम कमर्शियल बैंक, कालिमाटी शाखाबाट ४० करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेको थियो । ‘कानुन बमोजिम निजले पेश गरेको कार्य सम्पादन जमानत दावी गरी उक्त रकम मिति २०७९ कार्तिक ३ गते जमानत जारी गर्ने बैंकबाट कोषलाई भुक्तानी गरी सकेको छौ,’ सूचना अधिकारी सिलवालले जानकारी दिए । भवन पुरै खाली गर्न सेनाले निर्देशन दिएको छ । सेनाको निर्देशनको खारेजी माग गर्दै श्रीजयन्त्री निर्माण सेवाले उच्च अदालतमा मुद्दा हालेको थियो । तर अदालतले पनि सेनाको पक्षमा फैसला गरेको सहायक रथी सिलवालले बताए । अदालतको निर्णयपछि बैंक ग्यारेन्टी जफत गरिएको उनले बताए । विवादै विवाद त्रिचन्द्र मिलिटरी अस्पताल एक ऐतिहासिक भवन हो । वि.सं. १९८० साल बैशाखमा तत्कालीन श्री ३ चन्द्र शम्शेरबाट प्रदान भएको रु. २६ लाख ८८ हजारको सैनिक समर्थ चन्द्रोदय संस्थाबाट सञ्चालन भएको त्रिचन्द्र मिलिटरीको लामो इतिहास छ । वि.सं. २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना भएपश्चात समेत सैनिक कल्याणकारी कोषबाट आफ्ना हिताधिकारीहरुलाई औषधोपचार सुविधा प्रदान गर्दै आएको छ । कूल क्षेत्रफल मध्ये ऐतिहासिक त्रिचन्द्र मिलिटरी अस्पतालले ओगटेको ३० हजार वर्ग फिट क्षेत्रफलमा बनेको हेरिटेज भवनमा त्रिचन्द्र मिलिटरी अस्पतालको निरन्तरता कायमै छ । विगतमा अस्पतालले चर्चेको क्षेत्रफल बाहेक थप निर्माण भएको २ लाख ८५ हजार वर्ग फिट क्षेत्रफल भाडामा लगाउने र त्यसबाट उठेको रकम सैनिक कल्याणकारी कोषमा जम्मा गर्ने र त्यसले करिव १० लाख भन्दा बढी हिताधिकारीहरुलाई निशुल्क औषधी उपचार सुविधा प्रदान गर्ने लक्ष्य थियो । सेनाले यस्तो व्यवसायिक भवन सवै प्रदेशहरुमा निर्माण र सञ्चालन गर्ने लक्ष्य पनि राखेको थियो । तर पहिलो भवन नै विवादमा परेको छ । काठमाडौं महानगरबाट नक्सा पास नै नगराईकन ९ तले व्यवसायिक भवनको निर्माण गरेका भन्दै सेनाको शुरु देखि आलोचना भएको थियो । यो भवन भाडामा लगाउने बेलामा पनि ठूलो विवाद भएको जानकारहरु बताउँछन् । २०७४ सालदेखि करिव २ वर्षसम्म भाडा लगाउने विषयमा विवाद रहेको उनीहरु बताउँछन् । सेनाले औसतमा प्रतिवर्गफूट १४४ रुपैयाँमा भवन भाडामा दिएको थियो । जबकी उक्त क्षेत्रका निजी भवनहरुको भाडा प्रतिवर्गफूट २०० रुपैयाँभन्दा माथि रहेको जानकारहरु बताउँछन् । तर सेवाले सार्वजनिक टेण्डर मार्फत भाडामा लगाएको त्यसमा कुनै विवाद नभएको सैनिक अधिकारीहरुको दावी छ । भवन पुरै भाडामा लगाउन नसेककोले सेनालाई भाडा तिर्न नसकेको जयन्ती निर्माण सेवा प्रालिका कार्यकारी अधिकृत गौतम डंगोल बताए । कोरोना महामारीका कारण भाडामा बसेका व्यवसायीले पनि नियमित भाडा तिर्न नसकेको उनको भनाई छ । तर उक्त भवनमा भाडामा बस्ने व्यवसायीहरुले पनि श्री जयन्त्ती निर्माण सेवाले ग्यारेन्टी र अग्रिम भाडा भनेर धेरै रकम अगाडि नै उठाएको बताएका छन् ।
चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने
काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए । ‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकोको छ, सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको छ, चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएका छन्, नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको छ,’ उनले भने । अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्नसकिने बताए । सिनेमा घर एपमा चलचित्र कबड्डी ४ भोलि (शुक्रबार) बाट चल्नेछ ।
कुमारी बैंक र दराजबीच ११:११ अभियानको लागि सम्झौता
काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिस ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार दराजको ११:११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले अभियानको अवधिमा मात्र हुनेछ उल्लेखित छुट पाउनेछन् । कुमारी बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।
करोडौं लगानीमा बन्दैछन् यी सुविधा सम्पन्न ५ होटल, हजारौंलाई रोजगारी
काठमाडौं । पर्यटन उद्योगमा साढे ८ अर्ब बढीको स्वदेशी लगानी थपिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) पर्यटन क्षेत्रका ८ उद्योगका लागि ८ अर्ब ६१ करोड ४७ लाख ७१ हजार ९७५ रुपैयाँ बराबरको लगानी प्रस्ताव (थपिएको) हो । विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी बुढानिलकण्ठ हेरिटेज होटलका लागि थपिएको छ । तथ्यांक अनुसार उक्त होटलका लागि २ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत भएको छ । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका १ मा निर्माण उक्त होटलले १५०० किलोवाट क्षमताको विद्युत खपत गर्नेछ भने २२० जनालाई रोजगारी दिई उल्लेख गरेको छ । अहिले होटलको बाहिरी भौतिक संरचनाको निर्माण कार्य सकिसकेको छ । साढे ९ तलाको होटलको अहिले वाइरिङ लगायतको काम भइरहेको छ । होटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले अबको केही महिनामै होटललाई सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताए । ‘यसअघि नै निर्माण कार्य सक्ने लक्ष्य हो तर, कोरोनाको कारण सिर्जित लकडाउनले काम रोकियो, अबको ६ महिनाभित्रै सञ्चालनमा ल्याउने हाम्रो तयारी छ, अहिले काम धमाधम भइरहेको छ,’ कार्कीले विकासन्युजसँग भने । प्रबन्ध निर्देशक कार्कीका अनुसार होटलमा १०२ कोठा हुनेछन् । १४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको होटलमा ३ वटा भवन निर्माणाधीन अवस्थामा छन् । ‘तीन वटा भवन निर्माण भइरहेका छन्, १०२ कोठाहरूमा दुई वटा प्रेसिडेन्सियल, तीन वटा डिलक्स र ९७ वटा इकोनोमी कोठा हुनेछन्, दुई वटा पार्टी भेन्यू हुनेछन्, होटलमा हेल्थ क्लब, स्वीमिङ पुल र चार वटा रेष्टुरेन्ट र तीन वटा क्यासिनो हुनेछन्,’ उनले भने । यस्तै, झापाको मेचिनगर १० मा निर्माण हुने होटल ईष्टर्न नेपाल प्रालिले एक अर्ब ६९ करोड ७७ लाख बराबरको होटल निर्माणको स्वीकृृति पाएको छ । उक्त होटलमा ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ भने १७० जनालाई रोजगारी दिने उल्लेख छ । ९९ बेड क्षमताको होटलमा २५० सिट क्षमताको रेष्टुराँ समेत निर्माण हुनेछ । झापाकै मेचीनगरमा होटल आयुष्मानका लागि २ अर्ब ५१ करोड १० लाखको लगानी स्वीकृत भएको छ । ३०० जनालाई रोजगारी दिने उक्त होटलले एक हजार किलोवाट विद्युत प्रयोग गर्नेछ । इन्द्रप्रसाद सुवेदीको लगानी रहेकाे साे हाेटल ९५ बेड क्षमताको रहने र १९० जना क्षमताको रेष्टुराँ समेत हुनेछ । होटलमा ३ सय जनाले रोजगार पाउनेछन् । सुनसरीमा निर्माण गर्नेगरी ग्राण्ड सेन्ट्रल होटलका लागि ६० करोड बढीको लगानी स्वीकृत भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिकामा निर्माण हुने उक्त होटलले ५०० किलोवाट विद्युत खपत गर्नेछ भने ४० जनालाई रोजगारी दिने उल्लेख छ । एबी होल्डिङ्स नामक कम्पनीले इटहरीको वडा नं ९ मा ग्राण्ड सेन्ट्रल चार तारे होटल निर्माण सुरु गरेको हाे । पूर्वको व्यापारिक केन्द्र इटहरीमा एबी होल्डिङ्सले ६३ कोठा भएको चार तारे होटल निर्माण सुरु गरेको हो । ५५ करोड लगानीमा कास्कीमा दोर्जेज् फार्म रिसोर्टले लगानीको स्वीकृत पाएको छ । ७० जनालाई रोजगारी र ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ । यस्तैगरी, तनहुँको बन्दिपुरमा निर्माण हुने बन्दीपुर केवलकार एण्ड टुरीजम लिमिटेडले ८६ करोड ४० लाख बढीको लगानी स्वीकृत पाएको छ । एक हजार विद्युत खपत गर्ने उक्त होटलले १७२ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । तीन महिनामा ८८ अर्ब लगानी विभागको तथ्यांक अनुसार तीन महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीका ८८ अर्ब बराबरको लगानी स्वीकृत भएकोे छ । उक्त अवधिमा विभिन्न ८६ उद्योगका लागि ८७ अर्ब ८५ करोड बढीकोे लगानी स्वीकृत भएको हो । यस्तैगरी, उक्त अवधिमा १९ विदेशी लगानीका उद्योगमा २ अर्ब २४ करोड बराबरको लगानी प्रस्वात आएको छ । उक्त उद्योगमा १ हजार ४३ जनालाई रोजगारी दिईने प्रस्ताव पेश गरेको उद्योगले जनाएको छ । २ अर्ब ३५ करोडको औषधि उद्योग दर्ता मोरङ र चितवनमा करिब साढे २ अर्ब बराबरको लगानीमा दुई औषधि उद्योग विभागमा दर्ता भएका छन् । विभागको तथ्यांक अनुसार मोरङको कटहरी गाउँपालिका ६ मा १ अर्ब ५० करोड बराबरको लगानीमा जानकी पोलिकेम प्रालि दर्ता भएको छ । उत साउनमा विभागमा दर्ता भएको उक्त उद्योगले १४० जनालाई रोजगारी दिनेछ भने एक हजार ६ सय मेटावाग विद्युत खपत गर्नेछ । यस्तैगरी चितवनकोे भरतपुर महानगरपालिका १७ मा उद्योग रहनेगरी जेनेरिका फर्मास्युटिकल्स दर्ता भएको छ । ८५ करोड ५३ लाख १८ हजार बराबरको लगानी रहने उक्त उद्योगले ९४ जनालाई रोजगारी दिनेछन् भने ६२५ किलोवाट विद्युत खपत गर्ने उल्लेख छ ।
तीन दिनमा ९०० नयाँ डेङ्गु सङ्क्रमित थपिए
काठमाडौं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना सङ्क्रमित भइसकेका छन् । यस्तै डेङ्गुबाट धेरै सङ्क्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ सङ्क्रमित छन् ।
रसुवामा मोहन आचार्यको जित्ने सम्भावना बलियो
काठमाडौं । रसुवा जिल्लाबाट मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सत्तापक्षिय गठबन्धनका साझा उमेदवार मोहन आचार्य प्रतिस्पर्धी भन्दा बलिया देखिएका छन् । गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणमको आँकडा अनुसार नेपाली काँग्रेसका आचार्य प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार छोवाङ तेन्जीन तामाङभन्दा बलिया देखिएका हुन् । यसअघि प्रतिनिधिसभा सदस्यको जिम्वेवारी हासिल गरी सकेका आचार्य रसुवा जिल्लाका पाका र रसुवा वासीले मन पराएका उमेदवारको पहिचान बनाएका उम्मेदवार हुन् । ५ वटा पालिका रहेको रसुवा जिल्लामा संघिय प्रतिनिधिकालागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश तर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको छ । स्थानिय तहको निर्वाचनमा पाँच मध्य ३ वटा पालिका प्रमुखमा र दुई वटा उप–प्रमुखमा नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो, भने दुई वटा पालिका प्रमुख र ३ वटा उप–प्रमुखमा नेकपा एमालेलेका उमेदवार विजयी भएका थिए । स्थानिय चुनावमा दलहरु एक्ला एक्लै भिडेको अवस्थामा नेकपा एमाले भन्दा १२१ मत कम ल्याए पनि ३ वटा पालिका प्रमुखमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् । कुल ३९ हजार ४५९ मतदाता रहेको रसुवा जिल्लामा माओवादी केन्द्र, नेकपा ९समाजवादी० लागाएतका दलहरुको वठबन्धनका साझा उम्मेदवारका रुपमा मोहन आचार्य प्रतिस्पर्धामा छन् । गएको बैशाख महिनामा सम्पन्न स्थानिय चुनावमा नेकपा एमालेले जिल्लाको पाँच वटै पालिकाको कुल १२ हजार २८७ मत, नेपाली काँग्रेसले १२ हजार १५५, माओवादी केन्द्रले ३२ सय २७ र नेपाल नेकपा ९समाजबादी० ले ४६ मत हासिल गरेको थिए । सोहि मत परिणाम समायोजन गर्दा गठबन्धनको मत कुल १५ हजार ४३९ हुन्छ भने, एमालेको १२ हजार २८७ मत हुन आउँछ । यो परिणामलाई हेर्दा गठबन्धनका तर्फबाटको उम्मेदवारको मत ३१ सय ५२ बढी देखिएकोले रसुवामा गठबन्धनका तर्फबाटका साझा उमेदवार नेपाली काँग्रेसका आचार्य विजयी हुने सम्भावना बढी रहेको छ । त्यस्तै, प्रदेशसभाका लागि ९क० बाट नेपाली काँग्रेसका प्रभात लामा तामाङ उमेदवार बनेका छन, भने नेकपा एमालेबाट कुल प्रसाद भट्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभा ९ख० मा गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रबाट इन्द्रप्रसाद गोतामे ९जगतजंग० र नेकपा एमाले बाट तेम्बेल तामाङ बीच कडा प्रतिस्पर्धा हुँदैछ । रसुवा जिल्लामा संघ भन्दा प्रदेशसभाका लागि कडा प्रतिसपर्धा हुने देखिएको छ । नेपाली काँग्रसवाट टिकट नपाएका सारदा प्रसाद न्यौपाने नेपाली काँग्रेस ९विपि० पार्टीको उम्मेदवार बन्दै प्रदेशसभाका लागि ९ख० बाट प्रतिसपर्धी गर्दै छन् । न्यौपानेले काँग्रेसको केहि मत काट्ने भएकाले प्रदेशसभाका लागि ९ख० मा गठबन्धनका इन्द्र प्रसाद गोतामेलाई अफठ्यारो पर्ने सम्भावना देखिएको छ । तर निरन्तर घरदैलो गठबन्धनको निरन्तर सहकार्यका कारण गोतामे उच्च मनोबलका साथ चुनावमा होमिएका छन् । मतदाताले देखाएको चासो र आश्वासनले आफु जितको नजिक रहेको पनि गोतमेले दावी गर्दै आएका छन् । गठबन्धन सहितका दलहरु चुनावी मैदानमा होमिई घर दैलोमा वेस्त हरेका बेला रसुवामा ३ स्वतन्त्र उमेदवार पनि प्रचार प्रसारलाई तिव्र बनाई रहेका छन् । स्थानिय चुनावमा काठमाडौ, धरान लागाएतका केहि स्थानमा स्वातन्त्र उमेदवारहरुको सफलता देखेर आफुलले पनि जित्ने सपना देखेका स्वतन्त्र उमेदवारलाई रसुवामा गठबन्धन सहितका दलसँग प्रतिस्प्रर्धा गर्नु फलामका चिउरा झै हुने देखिन्छ । प्रतिनिधिसभा सदस्यको चुनाबमा रसुवा जिल्ला बाट ३ स्वातन्त्र सहित १० पार्टीले प्रतिस्प्रर्धा गर्दै छन् ।
डिल्लीबजार मालपोतका कर्मचारीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी पाँचौँ तह होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए । घुसवापतको रकम पाँच हजार रुपैयाँ मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार रुपैयाँ छ सय भेटिएको थियो । पक्राउका क्रममा बरामद भएको रकममध्ये दुई लाख ६१ हजार रुपैयाँ स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । यस्तै आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा रुपन्देही ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्षा उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध २० लाख ७५ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।