रसुवामा मोहन आचार्यको जित्ने सम्भावना बलियो

<p>काठमाडौं । रसुवा जिल्लाबाट मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सत्तापक्षिय गठबन्धनका साझा उमेदवार मोहन आचार्य प्रतिस्पर्धी भन्दा बलिया देखिएका छन् । गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणमको आँकडा अनुसार नेपाली काँग्रेसका आचार्य प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार छोवाङ तेन्जीन तामाङभन्दा बलिया देखिएका हुन् । यसअघि प्रतिनिधिसभा सदस्यको जिम्वेवारी हासिल गरी सकेका आचार्य [&hellip;]</p>

काठमाडौं । रसुवा जिल्लाबाट मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सत्तापक्षिय गठबन्धनका साझा उमेदवार मोहन आचार्य प्रतिस्पर्धी भन्दा बलिया देखिएका छन् ।
गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणमको आँकडा अनुसार नेपाली काँग्रेसका आचार्य प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार छोवाङ तेन्जीन तामाङभन्दा बलिया देखिएका हुन् ।

यसअघि प्रतिनिधिसभा सदस्यको जिम्वेवारी हासिल गरी सकेका आचार्य रसुवा जिल्लाका पाका र रसुवा वासीले मन पराएका उमेदवारको पहिचान बनाएका उम्मेदवार हुन् । ५ वटा पालिका रहेको रसुवा जिल्लामा संघिय प्रतिनिधिकालागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश तर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको छ ।

स्थानिय तहको निर्वाचनमा पाँच मध्य ३ वटा पालिका प्रमुखमा र दुई वटा उप–प्रमुखमा नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो, भने दुई वटा पालिका प्रमुख र ३ वटा उप–प्रमुखमा नेकपा एमालेलेका उमेदवार विजयी भएका थिए । स्थानिय चुनावमा दलहरु एक्ला एक्लै भिडेको अवस्थामा नेकपा एमाले भन्दा १२१ मत कम ल्याए पनि ३ वटा पालिका प्रमुखमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् ।

कुल ३९ हजार ४५९ मतदाता रहेको रसुवा जिल्लामा माओवादी केन्द्र, नेकपा ९समाजवादी० लागाएतका दलहरुको वठबन्धनका साझा उम्मेदवारका रुपमा मोहन आचार्य प्रतिस्पर्धामा छन् । गएको बैशाख महिनामा सम्पन्न स्थानिय चुनावमा नेकपा एमालेले जिल्लाको पाँच वटै पालिकाको कुल १२ हजार २८७ मत, नेपाली काँग्रेसले १२ हजार १५५, माओवादी केन्द्रले ३२ सय २७ र नेपाल नेकपा ९समाजबादी० ले ४६ मत हासिल गरेको थिए ।

सोहि मत परिणाम समायोजन गर्दा गठबन्धनको मत कुल १५ हजार ४३९ हुन्छ भने, एमालेको १२ हजार २८७ मत हुन आउँछ । यो परिणामलाई हेर्दा गठबन्धनका तर्फबाटको उम्मेदवारको मत ३१ सय ५२ बढी देखिएकोले रसुवामा गठबन्धनका तर्फबाटका साझा उमेदवार नेपाली काँग्रेसका आचार्य विजयी हुने सम्भावना बढी रहेको छ ।

त्यस्तै, प्रदेशसभाका लागि ९क० बाट नेपाली काँग्रेसका प्रभात लामा तामाङ उमेदवार बनेका छन, भने नेकपा एमालेबाट कुल प्रसाद भट्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभा ९ख० मा गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रबाट इन्द्रप्रसाद गोतामे ९जगतजंग० र नेकपा एमाले बाट तेम्बेल तामाङ बीच कडा प्रतिस्पर्धा हुँदैछ ।

रसुवा जिल्लामा संघ भन्दा प्रदेशसभाका लागि कडा प्रतिसपर्धा हुने देखिएको छ । नेपाली काँग्रसवाट टिकट नपाएका सारदा प्रसाद न्यौपाने नेपाली काँग्रेस ९विपि० पार्टीको उम्मेदवार बन्दै प्रदेशसभाका लागि ९ख० बाट प्रतिसपर्धी गर्दै छन् । न्यौपानेले काँग्रेसको केहि मत काट्ने भएकाले प्रदेशसभाका लागि ९ख० मा गठबन्धनका इन्द्र प्रसाद गोतामेलाई अफठ्यारो पर्ने सम्भावना देखिएको छ । तर निरन्तर घरदैलो गठबन्धनको निरन्तर सहकार्यका कारण गोतामे उच्च मनोबलका साथ चुनावमा होमिएका छन् । मतदाताले देखाएको चासो र आश्वासनले आफु जितको नजिक रहेको पनि गोतमेले दावी गर्दै आएका छन् ।

गठबन्धन सहितका दलहरु चुनावी मैदानमा होमिई घर दैलोमा वेस्त हरेका बेला रसुवामा ३ स्वतन्त्र उमेदवार पनि प्रचार प्रसारलाई तिव्र बनाई रहेका छन् । स्थानिय चुनावमा काठमाडौ, धरान लागाएतका केहि स्थानमा स्वातन्त्र उमेदवारहरुको सफलता देखेर आफुलले पनि जित्ने सपना देखेका स्वतन्त्र उमेदवारलाई रसुवामा गठबन्धन सहितका दलसँग प्रतिस्प्रर्धा गर्नु फलामका चिउरा झै हुने देखिन्छ । प्रतिनिधिसभा सदस्यको चुनाबमा रसुवा जिल्ला बाट ३ स्वातन्त्र सहित १० पार्टीले प्रतिस्प्रर्धा गर्दै छन् ।

Share News