गरिमा विकास बैंकको १४.५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्नेछन् ।
मध्यपश्चिम विश्वविद्यालयले सरसफाई अभियान सुरु गर्यो
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले आफूलाई एक्काइसौं शताब्दीको एक जीवन्त शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि चाहिने शैक्षिक गुणस्तरसँगै आधारभूत कक्षाकोठा, अत्याधुनिक फर्निचर, सफा शौचालय, विश्वविद्यालय परिसरभित्र विभिन्न प्रजातिका रुखविरुवा, रंगीविरंगी सुगन्धित फूलहरुले भरिएका सुन्दर बगैंचा निर्माण गरी सबैको आकर्षणको केन्द्रविन्दू बनाउने हेतुले २०७९ साल कार्तिक महिनादेखि हरेक महिनाको दोस्रो र चौथो विहिबार दिउँसो २ : ०० बजेदेखि ०५ : ०० बजेसम्म तीन घण्टा अनिवार्य श्रम गर्ने गरी विश्वविद्यालय अन्तर्गतका प्रत्येक निकाय प्रमुखहरुको नेतृत्वमा ‘मध्यपश्चिम विश्वविद्यालय हरियाली, फलफूल तथा सरसफाई अभियान’ संचालन गर्ने निर्यण गरेको छ । सोहि निर्यण अनुरुप आज मिति २०७९ कार्तिक २४ गते कुइनेपानि, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर तथा घण्टाघर लाइन देखि खुलामंच सम्मको फोहोर उठाई सरसफाई अभियानको सुरुवात गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्द बहादुर सिंहज्यूको नेतृत्वमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य र कर्मचारीहरुको सहभागीतामा सरसफाई अभियान सुरु भएको हो । सुरुवाती दिनहरुमा विश्वविद्यालय परिवार र त्यसपछि क्रमश मध्यपश्चिम विश्वविद्यालयले थालेको हरियाली, फलफूल तथा सरसफाई अभियानमा स्वयंसेवी श्रमदानकर्ताका रुपमा समाजका विभिन्न सरोकारवाला व्यक्ति, समूह, समुदाय तथा संघ, संस्थाहरुलाई सहभागी गराउन आह्वान गर्ने र यस अभियानमा नियमित योगदान गर्ने संघ, संस्था तथा महानुभावहरुलाई विश्वविद्यालयले विशेष सन्दर्भ पारी कदरपत्रद्वारा सम्मान गर्ने योजना विश्वविद्यालयको रहेको छ ।
सामुदायिक विद्यालयप्रती आकर्षण बढाउन बाल बचतमा अनुदान
इलाम । इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको वचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा बढाएको हो । नगर प्रमुख रणबहादुर राईले सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यस अवधारणाले मद्दत पुर्याउने बताए । अवधारणाअन्तर्गत विद्यार्थीले थोरै रकम आफैँ वचत गरी खातामा जम्मा गर्नेछन् । त्यसमा केही रकम नगरले अनुदान दिनेछ । नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भने, ‘जुन बैंकमा बालबालिकाको खाता खोलिएको हुन्छ, उक्त बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्चिनुपर्ने रकम सोही खातामा लगाइदिने गरी नगरपालिकाले बैंकलाई आग्रह गर्नेछ ।’ नगरपालिका र बैंकमार्फत पाउने अनुदान विद्यार्थीले कक्षा ८ उत्तीर्ण गरेपछि मात्र प्राप्त गर्ने नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । विद्यार्थीले दिनहुँ पाँच रुपैयाँ, १० रुपैयाँ वा मासिक यथासक्य रकम जम्मा गर्नेछन् । यस कार्यक्रमले बालबालिकामा वचत गर्ने बानीको विकास हुने, उच्च शिक्षा अध्ययनको बेला खर्च सघाउ पुग्नेछ । नगरप्रमुख राई भन्छन्, ‘बालबालिकाले धेरै लगानी गर्नुपर्दैन । यसमा नगरपालिकाले बोनस वा थप ब्याजदरका रुपमा अनुदान दिन्छ । तर ८ कक्षाअघि नै कोही विद्यार्थी निजी अथवा अन्य पालिका जान्छ भने त्यो अनुदान उसले पाउँदैन ।’ नगरपालिकाको २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म चार हजार पाँच सय २१ बालबालिका छन् । कक्षा छोड्ने विद्यार्थीको दर तीन प्रतिशत रहेको शिक्षा शाखा प्रमुख भट्टराईले बताए । दीर्घकालीन उपलब्धिका रुपमा बालबालिका माथि लगानी बढाउँदै आएको ‘सूर्योदय’ प्रदेश नं १ को तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका हो । रासस
पृथ्वीराजमार्ग विस्तारमा थप ४६६ रुख काटिने
तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए । ‘सबै रुख नकाटिन पनि सक्छन्’, उनले भने, ‘काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।’ सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे आठ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए । व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन् । आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । उनले भने, ‘आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो ।’ जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउँछन् । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ । आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताउँछन् । रासस
चन्द्रागिरी हिल्सको नाफा १ करोड ३१ लाख रुपैयाँ, ईपीएस पनि धनात्मक
काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ३७ लाख रुपैयाँ नोक्सानी रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी बढेपछि खुद नाफा धनात्मक हुन पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशत बढेर १८ करोड ६४ लाख रुपैयाँ, कुल आम्दानी ८७.१७ प्रतिशत बढेर १६ करोड ३२ लाख रुपैयाँ र अन्य आम्दानी २५८.६७ प्रतिशत बढेर ८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३८ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको नाफा बढेसँगै ईपीएस ३ रुपैयाँ ४२ पैसा धनात्मक भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।
सपोर्ट लघुवित्तको नाफा ६७.६८ प्रतिशत घट्यो, ईपीएस २.०८ रुपैयाँ
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६७.६८ प्रतिशत घटेर ४ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१ प्रतिशत घटेर १ करोड ३५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ६७.६९ प्रतिशत घटेर ७ लाख ६ हजार रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत बढेर ८ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ३.७५ प्रतिशत घटेर ५ करोड १६ लाख रुपैयाँ,.सापटी ६.२९ प्रतिशत बढेर ९० करोड ८७ लाख रुपैयाँ, निक्षेप ३५ प्रतिशत बढेर २८ करोड ४१ लाख रुपैयाँ र कर्जा २८ प्रतिशत बढेर १ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ घटेर २.०८ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १६०.२४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ४.६६ प्रतिशत र कस्ट अफ फण्ड ८.६२ प्रतिशत छ ।
मिथिला लघुवित्तको नाफासँगै ईपीएस घट्यो, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७८.५९ प्रतिशत घटेर ४२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६४ प्रतिशत घटेर २ करोड ३१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.४५ प्रतिशत घटेर २ करोड ४१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ७७.२५ प्रतिशत घटेर ५३ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर १७ करोड रुपैयाँ, जगेडा कोष ७.२१ प्रतिशत बढेर १६ करोड ८ लाख रुपैयाँ,.सापटी १७.२९ प्रतिशत बढेर १ अर्ब २६ करोड ६७ लाख रुपैयाँ, निक्षेप ३६.१५ प्रतिशत बढेर ७४ करोड ६ लाख रुपैयाँ र कर्जा २१.७५ प्रतिशत बढेर २ अर्ब २४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ४१ पैसा घटेर १० रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ४.९७ प्रतिशत र कस्ट अफ फण्ड १५.५१ प्रतिशत छ ।
ज्योति लाइफको चमत्कार, नाफा १३३ प्रतिशत बढाउँदा ईपीएस ३५.३८ रुपैयाँ
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३३.२८ प्रतिशत बढेर २१ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १६ प्रतिशत बढेर ९१ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १५.५१ तिशत बढेर ९४ करोड ४६ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ७८ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३९ प्रतिशत बढेर ७ करोड ४६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ५६.६९ प्रतिशत बढेर १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ, महाविपत्ति कोष ७९.५५ प्रतिशत बढेर १ अर्ब ४० करोड ८ लाख रुपैयाँ र जीवन बीमा कोष ५४.९५ प्रतिशत बढेर ७ अर्ब ४ करोड ६६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३५.३८ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.३२ रुपैयाँ रहेको छ ।