मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद सेयर आजदेखि निष्काशन
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज कात्तिक २५ गते शुक्रबारदेखि चुक्ता पूँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले सेयरधनीहरुलाई १ कित्ता सेयर बराबर ०.५५ कित्ता सेयरको अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको उक्त सेयरमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयरमा केन्द्रिय कार्यालय र प्रादेशिक कार्यालयमा सम्पर्क गरी आवेदन दिन सकिनेछ । कम्पनीको २८ गते बसेको साधारणसभाले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । हो । कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।
१४ प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी क्यापिटल
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको चौधौं वार्षिक साधारण सभा कात्तिक २७ गते हुँदैछ । कम्पनीको सभा लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे हुनेछ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीको सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
सबैको लघुवित्तको २२ हजार ४२ कित्ता सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तका संस्थापक समूहका केही सेयरधनीहरुले आफ्नो नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हुन् । लघुवित्तको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेपछि इच्छुक अन्य व्यक्ति र संस्थाले आवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ बमोजिम उक्त संस्थापक सेयर खरिद गरी लिन इच्छुक लगानीकर्ताले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।
डेढ वर्षसम्म पनि त्रिविले नतिजा प्रकाशन गर्न सकेन
काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा सञ्चालन गरेको एकरडेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् । जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । ९ बुँदे ज्ञापनपत्रमा ‘स्नातक तह प्रथम वर्षको १६ महिनाअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारणसहित सात दिनभित्र प्रकाशित गर्न’ माग गरिएको छ । त्यस्तै, स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसकेको र ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग अघि सारिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
सामाजिक सुरक्षा कोषको गलत सूचनाका कारण ट्रमा सेन्टर पुग्नेले दुःख पाए
काठमाडौं । सामाजिक सुरक्षा कोषले वेबसाइटमार्फत गलत सूचना प्रवाह गर्दा योगदानकर्ताले दुःख पाउने गरेको पाइएको छ । कोषले आफ्नो वेबसाइटमा योगदानकर्ताले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरबाट उपचार गराउँदा पनि औषधि उपचार योजनाअन्तर्गतको उपचार खर्च बेहोर्ने उल्लेख गरेको छ । तर, उसले ट्रमा सेन्टरसँग योगदानकर्तालाई उपचार सेवा दिने विषयमा सम्झौता नै नगरेको पाइएको छ । यसले गर्दा त्यहाँ गएर उपचार गराउने योगदानकर्ताले दुःख पाउने गरेका छन् । कोषले देशभरका १७ ओटा अस्पतालसँग सम्झौता गरेर आफ्ना योगदानकर्ताले अस्पतालको ओपीडी सेवाअन्तर्गत उपचार गर्दा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्म खर्चमा अस्पतालबाट ८० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । विगत ३ वर्षदेखि सामाजिक सुरक्षा कोषमा निरन्तर योगदान गर्दै आएका एकजना योगदानकर्ता सोमवार उपचारका लागि ट्रमा सेन्टर पुगे । उनी कोषले वेबसाइटमा राखेको जानकारीकै आधारमा ट्रमा सेन्टर पुगेका थिए । उनले ट्रमा सेन्टरमा औषधि उपचारबापत पाउने सुविधाबारे सोध्दा अस्पतालका कर्मचारीले त्यसबारे आफू अनभिज्ञ रहेको बताए । त्यसपछि उनले अस्पतालका मेडिकल रेकर्डर निरीक्षक तथा सूचना अधिकारी अर्जुनप्रसाद भेटुवाललाई भेटेर बुझे । भेटुवालले पनि ट्रमा सेन्टरले कोषसँग त्यस्तो सम्झौता नगरेकाले सुविधा दिन नसकिने बताएको ती योगदानकर्ताको भनाइ छ । उक्त घटनाबारे ट्रमा सेन्टरका मेडिकल रेकर्डर निरीक्षक भेटुवालसँग जानकारी माग्दा उनले आफूहरूले हालसम्म कोषसँग त्यस्तो सम्झौता नगरेको बताए ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज कात्तिक २५ गते शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपाले एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुल्ला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी कूल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २९ गते ढिलोमा मंसिर ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
बागलुङका ६ वटै सिट जित्छौं : शिक्षामन्त्री पौडेल
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गर्नुभएको छ । तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा आज आयोजित चुनावीसभामा बोल्दै उनले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने जिकिर गरे । ‘गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन, अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ’, मन्त्री पौडेलले भने । उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । उनले मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको बताए । चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास, समृद्धि र स्थिरतातिर लैजाने उनको दाबी छ । नेकपा (माओवादी केन्द्र)का सचिव पौडेल बागलुङ-२ बाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार हुन् । उनी २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।