मङ्सिर र पुसमा बढ्दै छन् चलचित्र प्रदर्शनी
काठमाडौं । आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको प्रचारप्रसार बढेसँगै चलचित्र प्रदर्शनमा भने कमी आइरहेको छ । आम मानिसको ध्यान निर्वाचनमा केन्द्रीत रहेको हुँदा मङ्सिर, पुस र माघमा चलचित्र प्रदर्शनका लागि घोषणा गरिएका थिएनन् । आगामी फागुन ५ गते तीन र १९ गते पाँच चलचित्र प्रदर्शन गरिने घोषणा हुँदासमेत मङ्सिरदेखि माघसम्म प्रदर्शनको मिति खाली थिए तर अहिले विस्तारै ती महिनामा पनि प्रदर्शन गरिने भएका छन्। फागुनपछि प्रदर्शनका लागि सङ्घर्ष गर्नुपर्ने भएपछि अगाबै चलचित्र प्रदर्शन गरिने घोषणा हुन थालेको वितरक करण श्रेष्ठले बताए । ‘निर्वाचन, जाडोको समय र विश्वकप फुटबलले असर गर्ने अनुमानले चलचित्र फागुनमा रिलिज घोषणा भएका छन् । खाली डेट भएकै कारण मेरो एउटा चलचित्रसमेत मङ्सिरमा प्रदर्शन गर्दैछु’, उनले भने,’दर्शकलाई आकर्षित गर्न सकेमा चलचित्रको व्यापार राम्रै हुन्छ । निर्वाचन लगत्तै चलचित्रले एकल प्रदर्शन हुन् पाउनेछन् ।’ मङ्सिरमा चलचित्रको भीडन्त नभए तापनि पुस १५ मा भने तीन चलचित्र प्रदर्शन हुने तयारीमा छन् । मङ्सिरमा मिलन, पासो, डेसान, चोर–पुलिसलगायत चलचित्र प्रदर्शनका लागि घोषणा भइसकेका छन् । पुसमा डिसेम्बर फल्स, कौसिद र ची मुसी ची प्रदर्शन हुने घोषणा गरिएको छ । नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले केही समययता नेपाली चलचित्रले गरिरहेको व्यापारले आश बढाएको बताए । ‘असोज र कात्तिकमै चार नेपाली चलचित्रले घरेलु बजारबाट लगानी उठाएका छन् । दर्शकलाई चाहिने चलचित्र ल्याउने हो भने लगातार चलचित्र चल्छ, उनले भने,’दर्शक आइरहदा उनीहरूको रुचिभन्दा बाहिरको चलचित्र पर्यो भने पुनः हल फर्काउन भने समय लाग्छ ।’ एउटै मितिमा धेरै चलचित्र घोषणा हुँदा असर परिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले स्वीकारे । ‘चलचित्रसँग सम्बन्धित सङ्घ तथा सस्थासँग परामर्श गरेर हामी दीगो समाधान निकाल्ने प्रयासमा छौँ । नीति नियमसँगै आपसी सहमतिका प्रयास पनि भइरहेका छन्’, उनले भने ।
सुन्तला उत्पादन घट्दा तनहुँका किसान चिन्तित
तनहुँ । जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगैँचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो । गत वर्ष यो गाउँबाट दुई करोड रुपैयाँको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताए । उनले गत वर्ष ५५ लाख रुपैयाँको सुन्तला बिक्री गरेको र यस वर्ष ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताए । यस वर्ष बोटमा सुन्तलाको दाना राम्रोसँग नलागेपछि किसान निरास भएका हुन् । सुन्तला पाक्ने सिजनमा बगैँचामा लटरम्म फल्ने गरे पनि यसपटक भने उत्पादनमा आधा कमी आएको किसान निर्मल अधिकारीले जानकारी दिए । उनले गत वर्ष ३० लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए । उनले भने, ‘यसपटक छ/सात लाखको पनि कारोवार गर्न नसक्ने देखिएको छ ।’ यसपटक पानीले गर्दा सुन्तलाको उत्पादन राम्रो नभएका कारण त्यसक्षेत्रका किसान चिन्तित भएको उनले बताए । उमाचोकमा करिब ४० जना कृषकले सुन्तलाखेती गर्दै आएका छन् । केही कृषकले सुन्तला बिक्री गरेको र केही किसानको सुन्तला नपाकेका कारण बगैँचामै रहेको किसानहरु बताउँछन् । गतवर्ष त्यस क्षेत्रका प्रत्येक कृषकले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । यस वर्षको सुन्तला उत्पादनले उनीहरुमा निरासा छाएको बताइएको छ । जिल्लाको अन्य स्थानमा सुन्तला उत्पादन राम्रो भए पनि उमाचोक पकेट सुन्तला उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कूलप्रसाद तिवारीले बताए । रासस
बेलायतका राजा चार्ल्समाथि अण्डा प्रहार गर्ने पक्राउ
काठमाडौं । योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ । राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले ‘यो देश दासको रगतले बनेको हो,’ नारा लगाएका थिएभने भीडले ‘भगवान्ले राजालाई बचाऊन् नारा लगाएको थियो ।’ राजा चाल्र्स नाराबाजीबाट प्रभावित हुनभएन बरू उनी ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहे । राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए । यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए । बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् । रासस
साथीहरुले काम गर्न सक्छौ र भन्छन्, म मोकोलाई ‘वर्ल्ड क्लास’को बनाउन लागिरहेको छु
फोकसवान पेमेन्ट सोलुसन्सद्वारा सञ्चालित मोको वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणयराज भण्डारीलाई साथीभाईले सुझाव दिन्छन्, ‘तिमीले काम गरिरहेको क्षेत्रमा ठूलो चुनौती छ, यो क्षेत्रमा काम गर्न सक्दैनाै, अन्य क्षेत्रमा काम गर ।’ तर, भण्डारीको प्यासन फिनटेक क्षेत्र हो । सूचना प्रविधि (आईटी)को क्षेत्रमा उनी २० वर्षदेखि काम गर्दै आएका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा अझैं २० वर्ष काम गर्ने लक्ष्य छ, जे गरेको छु, राम्रै छ, यो क्षेत्र मेरो प्यासन हो ।’ उनी थप्छन्, ‘सरकार अहिले डिजिटल नेपालको नारा लगाइरहेको छ, म २० वर्ष अगाडिदेखि नै यो क्षेत्रमा सक्रिय थिएँ ।’ वि.सं २०३८ सालमा जन्मेका भण्डारीको बाल्यकाल काठमाडौंको ‘व्यापारिक हब’ कमलादीमा बित्यो । देशमा राजसंस्था हुँदा उनका हजुरबुवा सचिव भएर काम गर्थे भने उनका बुबा प्रजन्यराज भण्डारी व्यवसायी । प्रणयराजको इच्छा थियो बुबाले थालेको बिजनेसलाई विस्तार गर्ने र ठूलो व्यवसायी बन्ने । उनले सानैदेखि गोदावरीमा रहेको सेन्ट जेभियर स्कूलमा पढे । त्यतै होस्टलमा बसे । कक्षा एकदेखि एसएलसीसम्म सेन्ट जेभियरमै पढे । ‘काठमाडौं कमलादीमा जन्मिएँ, कक्षा एकदेखि कक्षा दशसम्म सेन्ट जेभियरमा पढेँ, उनी भन्छन्, ‘म सानैदेखि एभरेज विद्यार्थी हुँ, कोर्स बुकभन्दा पनि म बिजनेससँग सम्बन्धित पुस्तकहरु पढ्न रुचाउँथेँ ।’ सेन्ट जेभियरले उत्कृष्ट विद्यार्थीलाई मात्र भर्ना लिन्छ । विद्यालयमा भर्ना हुन गाह्रो थियो । एउटा कक्षामा ४५ जना भर्ना गर्न ३/४ हजारले आवेदन दिने गरेको उनी सुनाउँछन् । ३ सय जना विद्यार्थी । शिक्षक पनि राम्रै । सेन्ट जेभियर गोदावरीमा पढाइसँगै अन्य सामाजिक कार्यमा बढी जोड दिने गरेको उनी सुनाउँछन् । सामाजिक कार्यमा अग्रसर हुन उनले विद्यालयबाट नै सिकेको बताउँछन् । वि.स. २०५५ सालमा एसएलसी उतीर्ण गरेका उनलाई विज्ञान विषय पढ्न मन थियो । एसएलसी दिएपछि कुन विषय पढ्ने भनेर छनोट गर्न सकस भयो । अन्ततः उनी विज्ञान विषय लिएर प्लस टु पढे । प्लस टू पास गरेपछि उनी इन्जिनियर पढ्न दक्षिण भारतको बैङ्लोर पुगे । अहिलेको जस्तो इन्टरनेट सुविधा त्यो बेलामा थिएन । उनी बैंङ्लोरमा ४ वर्षे कम्प्युटर इन्जिनियरिङ सकेर नेपाल फर्किए । इन्जिरियङ पढ्दा उनले कम्प्युटर इन्जिनियरमा धेरै प्रोग्राम रैछन् भन्ने थाहा पाए । ‘केही सूचनाका लागि पनि किताब पढ्नु पर्थ्याे, त्यो बेला इन्टरनेटको कुनै पहुँच थिएन, किताबमा सैद्धान्तिक ज्ञान हुन्थ्यो, किताब पढ्न मन लाग्दैनथ्यो, ४ वर्षे इन्जिनियरिङ सके लगत्तै स्वदेशमै केही गर्छु भनेर उनी नेपाल फर्के । इन्जिनियर सकिएपछि धेरै साथीहरु बैंङ्लोर, चेन्नइ लगायतका ठाउँमा काम गर्न थाले तर म स्वदेशमै केही गर्छु भनेर नेपाल फर्कें,’ उनी स्मरण गर्दै भन्छन्, ‘मलाई नेपालमै बसेर रियल लाइफ एप्लिकेसन गर्न मन थियो ।’ नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि काम भारतबाट इञ्जिनियर पढेर आएपछि उनलाई बैंक तथा वित्तीय क्षेत्रमा काम गर्न मन लाग्यो । उनले वि.स. २०६१ सालमा नेपाल इन्भेष्टमेन्ट बैंकमा आईटी डिपार्टमेन्टमा काम थाले । बैंकमा हुँदा उनले डेढ वर्ष आइटी डिपार्टमेन्टमा र डेढ वर्ष कर्पाेरेट क्रेडिटमा काम गरेको बताउँछन् । उनलाई कर्पाेरेट क्रेडिटमा काम गर्दा कर्जाका लागि आफन्तहरुले कति सकसमा पार्छन् भन्ने विषयको ज्ञान आफुलाई सधैंका लागि भएको उनी सुनाउँछन् । ‘कर्पाेरेटमा काम गर्दा बैंक बुझ्न पाएँ, ३ वर्ष काम गर्दा डेढ वर्ष आईटी र डेढ वर्ष कर्पाेरेटमा काम गरेँ तर कर्पाेरेटमा काम गर्दा दिक्क लाग्यो, ग्राहकले कर्जा मागेर नतिर्ने, सुरुमा धेरै आग्रह गर्ने, नदिएपछि तैंले विश्वास गरिनस् भनेर टाढिन्थे,सबैभन्दा जटिल काम भएपनि अहिले सम्झिँदा इन्ट्रेस्टेङ लाग्छ,’ उनले बैंकमा काम गर्दाको अनुभव सुनाउँदै भने । बैंकमा काम गर्दाको तीन वर्षका उनका लागि ठूलो सिकाइ बन्यो । उनले बैंक बुझ्ने अवसर पाए । बैंकमा काम गर्दा गर्दै उनलाई म्यानेज्मेन्ट नपढेकोमा पछुतो भयो । उनलाई थप पढ्ने रुची जाग्यो । वि.स २०६५ मा उनी एमबीए पढ्न बेलायत गए । जतिबेला विश्वमा विश्व वित्तीय संकटका रुपमा देखिएको थियो । सन् २००७/२००८ मा वित्तीय संकट चलिरहेको थियो । उनले सो घटनाबाट पनि धेरै बुझ्ने मौका पाए । ‘सन् २००७/२००८ को वित्तीय संकट एक गम्भीर विश्वव्यापी वित्तीय संकट थियो, बैंकहरुको खराब कर्जा उच्च रुपमा बढेको थियो, त्यतिखेर एमबीए पढ्दै गर्दा बैंकहरुको जोखिमको विषयमा पनि बुझ्ने अवसर मिल्यो, त्यो आर्थिक संकट पछि नेपालका बैंकहरु ट्रेडिसनल लाग्यो,’ उनले आफ्नो अनभुव सुनाउँदै भने, एमबीए पढेपछि बैंकमै केही गर्न सक्छु भन्ने जोश पनि आयो ।’ २ वर्षे एमबिए कोर्स सकेर उनी बेलायतबाट वि.सं २०६७ मा नेपाल फर्किए । नेपाल आएपछि पनि उनले नेपाल इन्भेष्टमेन्ट बैंकमै काम गरे । बैंकमा काम गर्दा उनले धेरै कुराहरु परिवर्तन भएको पाए । शाखाहरु सेन्ट्रलाइज भए । शाखाहरु केन्द्रिय बैंकसँग प्रत्यक्ष जोडिए । ‘बैंकहरुले त्यतिखेर नै एटीएम राख्न सुरु गरे, छोटो समयमै बैंकहरुले धेरै प्रगति गरे, एनआईबीएल पनि भिजा कार्डको सदस्य बन्यो, मैले त्यहाँ २०७० सम्म काम गरे । बैंक छोडेपछि उनलाई वेस्टर्न यूनियनबाट अफर आयो । नेपाल र भुटानको लागि वेस्टर्न युनियनको कार्यालय नेपालमा छ । वेस्टर्न यूनियन एउटा विशाल कम्पनी हो । ‘वेस्टर्न युनियनले फरक/फरक देशबाट पैसा ल्याउने काम गर्छ । कम्पनीले १२० देशमा काम गर्छ । उनले वेस्टर्न यूनियनमा काम गर्दा पनि रेट्यिान्स विजशेन विषयमा बुझ्ने मौका पाए । एससीटीले दियो उद्यमी बन्ने आइडिया वेस्टर्न यूनियनमा डेढ वर्ष काम गरेका उनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)पुगे । उनी बैंक तथा वित्तीय संस्थामा काम गर्दा सूचना प्रविधिसँग नजिक भइसकेका थिए भने वेस्टर्न यूनियनमा काम गर्दा रेमिट्यान्स बिजनेसको विषयमा पनि जानकार भइसेकका थिए । उनले एससीटीमा चिफ विजनेश अफिसर भएर ३ वर्ष काम गरे । एससीटीमा ठूलो चुनौती आइपर्याे । कारण थियो, एससीटीलाई भिजाले चुनौति दियो । एससीटीको विजनेस केही घटेको आभास काम गर्नेहरुलाई भयो । आफुलाई भने अर्कै बिजनेस आइडिया फुरेको उनी सुनाउँछन् । ‘एससीटीमा काम गर्दागर्दै आफैं काम गर्नुपर्छ भन्ने सोच पलायो, एससीटीलाई भिजा कार्डले चुनौति दियो, भिजालाई पनि चूनौति दिने बिजनेस आवश्यक छ भन्ने महसुस भयो, कार्डलाई भर्चुलाइज गरेर मोबाइलमा राख्यो भने कार्ड र चिप पनि चाहिँदैन, पस मेसिन पनि चाहिएन, क्यूआर भए पुग्यो भन्ने भयो,’ त्यसपछि त्यस विषयमा अध्ययन गरियो,’ उनी भन्छन्, ‘त्यसपछि सुरु भयो मोको वालेट ।’ एससीटीमा हुँदा नै उनले वि.सं २०७२ सालमा मोको सुरु गरेका थिए । मोको सुरु गर्दा स्मार्ट कार्ड, क्यूआर लगायतका बारेमा कसैलाई पनि जानकारी नै थिएन । भर्चुअल कार्ड, क्यूआर कोड, मल्टिपल क्यूआर, कार्डलाई क्रस बोर्डर गर्ने लक्ष्य लिएर उनले एससीटी छोडे र मोको सुरु गरे । ‘नेपालमा फिनटेकको सीमा कुवाको भ्यागुत्तो भयो, विश्वव्यापी बनाउनु पर्छ भनेर फुल टाइम काम गर्ने हिसाबले एससीटी छोडेर मोकोमा काम सुरु गरे,’ उनले भने । भण्डारी र आदिश श्रेष्ठ मिलेर मोकोको सुरुवात गरे । जसमा अहिले विभिन्न १० व्यक्ति तथा समूहको लगानी छ । उनै भण्डारी ३ वर्षदेखि सोही फोकसवान सोलुसनद्वारा सञ्चालित मोको वालेटको सीईओको रुपमा कार्यरत छन् । पारिवारिक पृष्ठभूमी नै व्यवसायी प्रणयराज भण्डारीको परिवार ठूलो व्यवसायिक घराना नभए पनि सानो तिनो ब्यापार व्यवसायमा भने संलग्न छ । उनका हजुरबुबाले राजसंस्थामा काम गरे । उनका बुबाले नै व्यवसायिक बाटोको सुरुवात गरे । उनले सोही विजनेसलाई विस्तारमा जोड दिए । उनको परिवारको बैंकसँगै रिटेलको बिजनेस छ । अहिले उनको परिवारले चियर्स अनलाइन बिजनेस पनि गर्दै आएको छ । त्यससँगै उनको निउ कम्पनीका विद्युतीय स्कुटर र बकार्डीको पनि बिजनेस छ । बकार्डीको बिजनेस उनको भाइले सम्हालिरहेका छन् । उनका बुबा प्रजन्यराज भण्डारी भने नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा छन् । सात वर्ष अगाडि विवाह गरेका उनकी डेढ वर्षकी छोरी छिन् । मोकोलाई ‘वर्ल्ड क्लास’को बनाउने प्रणयराज मोकोलाई नै विश्व स्तरीय वालेट बनाउनका लागि काम गरिरहेको बताउँछन् । ‘नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सर्वसाधारणले डिजिटल नेपालमा जोड दिएका छन्, सबै क्षेत्र सकारात्मक रुपमा अघि बढेको छ, सबै क्षेत्र स्मार्ट बन्न खोजिरहेका छन्, हामीलाई पनि अगाडि बढ्न टेवा पुगिरहेको छ,’ उनले भने । उनको करियर सुरु भएको नै यहि क्षेत्रबाट हो । त्यसैले पनि उनी अब यही क्षेत्रमै केही फरक गर्ने सोचमा छन् । ‘यहि क्षेत्रमा काम गरेको २० वर्ष हुन थाल्यो, अझै यो क्षेत्रमा २० वर्ष काम गर्छु, अहिले डिजिटल पेमेन्ट सुरु भएको छ, २ लाख क्रेडिट कार्ड होल्डर्स छन्, २० लाख क्रेडिट कार्ड होल्डर्स बनाउन मन छ,’ उनले २० वर्ष अघि भारतमा हरेक विद्यार्थीलाई एउटा क्रेडिट दिएको प्रसँग सम्झिदै भने, ‘क्रेडिट कार्डबाट कर्जा पाउनेदेखिसबै काम हुने क्रस बोर्डरको काम गर्ने इच्छा छ ।’ उनले मोकोलाई मल्टिपल पे गर्न मिल्ने बनाउने योजना पनि सुनाए । ‘डिजिटल नेपाल बनाउने हो, धेरै काम गर्न बाँकी छ, साथीहरुले भने सीईओ भएर यो क्षेत्रमा काम गर्न सक्छस् र भनेर प्रश्न गर्छन्, म मोकाे वालेटलाई वर्ल्ड क्लासको एप बनाउन लागिरहेको छु,’ उनले आफ्नो भावी योजना सुनाउँदै भने ।
२३ अंकले घट्यो सेयर बजार, अत्याधिक गुमाउनेमा हाइड्रोपावर कम्पनी
काठमाडौं । बिहीबारको सेयर बजार २३.५२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार उक्त अंकले सेयर बजार घट्दा सेयर विन्दु १८९३. ७० पुगेको छ । आज सेयर बजार घट्दा अत्याधिक गुमाउनेमा पाँच कम्पनीमा तीन हाइड्रोपावर र २ वित्तिय कम्पनीहरु रहेका छन् । अत्याधिक गुमाउनेमा क्रमशस् अपर हेवाखोला हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तिय संस्था, पन्चकन्या माइ हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र इमर्जिङ नेपाल रहेको छ । नेप्सेको अनुसार आज ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।
यस्तो छ कुमारी बैंकको २२ औं साधारण सभाको माइन्युट
काठमाडौं । कुमारी बैंकले आफ्नो २२ औं वार्षिक साधारण सभाको माइन्यूट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पठाएको छ । बैंकको कात्तिक २१ गते सम्पन्न २२ औं वार्षिक साधारण सभा बिहीबार नेप्सेलाई पठाएको हो । बैंकको सभाले १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, एनसीसी बैंकसँग मर्जरमा जाने प्रस्ताव सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । बैंकको सभामा ५३.९७ प्रतिशत उपस्थित थिए । जसमा सेयरधनी स्वयम ४८४ जना र प्रतिनिधि मार्फत् ५३० जना गरी कूल १ हजार १४ जना सेयरधनी सभामा उपस्थित थिए । सभाको अध्यक्षता बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाले गरेका थिए । साधारण सभामा २१ जना सेयरधनीहरुले आफ्नो धारणा राखेका थिए भने सुझाव पनि राखेका थिए । सभामा बैंकको आफ्नै भवन निर्माण गर्नुपर्ने देखि मर्जर प्रक्रियामा सचेत भएर काम गर्न सुझाव दिएका थिए । [pdf id=363472]
नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर : शल्यक्रिया सेवा
काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय त्रिविवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि नै सुरु गरिसकेका छौँ । पाँच सय १२ ‘स्लाइस’को कार्डियो सिटीस्क्यान सेवाका लागि उपकरण जडान भइसकेको छ । सेवा छिट्टै सुरु हुन्छ ।’ के हो त थिएटर ? उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ । छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याव’ हो । प्रा डा श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा पाइसकेका छन् । भारतमा यो सेवा लिन भारु १० देखि १५ लाखसम्म पर्दछ । हामीले त्यति नै नेपाली पैसामा स्वदेशमा नै यो सेवा प्रदान गरेका छौँ । हाम्रो ध्येय मुटुका बिरामी भारतमा उपचारार्थ जान नपरोस् भन्ने हो ।’ यस्तो छ कार्डियो सिटीस्क्यानको सेवा सेन्टरले भित्र्याएको पछिल्लो अत्याधुनिक कार्डियो सिटीस्क्यानले एक धड्कनमा चार सिटीस्क्यान गर्न मिल्ने जनाइएको छ । मुटुको रक्तनलीको सिटीस्क्यान गर्ने काम अत्यन्त जटिल मानिन्छ । नेपलामा पाँच सय १२ स्लाइसको कार्डियो सिटीस्क्यान सेवा सहिद गङ्गालाल हृदय रोग उपचार केन्द्र बाँसबारीमा मात्र रहेको जनाइएको छ । प्रा डा श्रेष्ठले भने, ‘मुटुको उपचार सेवा सस्तो, सुलभ र गुणस्तरीयरुपमा स्वदेशभित्र उपलब्ध गराउन उच्च प्राथमिकताका साथ अनवतररुपमा लागिरहेका छौँ ।’ मुटु, फोक्सो र रक्तनली उपचारमा अब्बल सेन्टरले बिरामीले चाहेकै समयमा कार्डियो सिटीस्क्यान सेवा तत्काल उपलब्ध गराउने नीतिसमेत तय गरेको छ । यसका लागि उपकरणको प्रयोगका बारेमा आफ्ना प्राविधिक जनशक्तिलाई विशेष तालिम दिने उनले बताए । सेन्टरले गत वर्ष ७५ हजार बहिरङ्ग, एक हजार सातसय क्याथल्याब सहित मुटु, फोक्सो र रक्तनलीको दुई हजार ५०० सेवा प्रदान गरेको थियो ।
२६ करोडमा सम्झौता भएको म्याग्दी सडकको तीन खण्ड अलपत्र
म्याग्दी । म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन वटा खण्ड अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिक चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमानामा रहेको कोरला नाका जोड्ने सडक अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख जगत प्रजापतिले खन्ति–जोमसोम, जोमसोम–कागबेनी र चराङ–छोसेर खण्डमा सडक निर्माणको जिम्मा लिएका कम्पनीसँगको ठेक्का तोड्न यही कात्तिक २२ गते पहिलो पटक सार्वजनिक सूचना जारी गरिएको बताए । ‘पटक–पटक ताकेता गरेपनि निर्माणको काम अघि नबढाएकाले ठेक्का तोड्न प्रक्रिया थालेका हौँ, दोस्रो पटक पनि सूचना जारी गर्छौ,’ उनले भने ‘कार्ययोजनासहित सम्पर्कमा नआए ठोक्का तोडेर, कालोसूचीमा राख्ने र नयाँ प्रक्र्रियाबाट निर्माण अघि बढाउँछौँ ।’ चराङ–छोसेर र कोवाङ–जोमसोम सडक निर्माण गर्न कोसी एण्ड न्यौपाने जेभीले ठेक्का पाएको थियो । विसं २०७३ असोजमा करसहित २६ करोडमा ठेक्का सम्झौता भएको २५ किलोमिटर दूरीको चराङ–छोसेर सडक ११ मिटर फराकिलो पारेर पर्खाल, नाली र ग्राभेल गर्ने काम विसं २०७५ पुसमा सकिनुपर्ने थियो । यो खण्डमा विसं २०७६ देखि ठेकेदारले काम गरेका छैनन् । १७ करोड रुपैयाँ भुक्तानी लगेको र नौ करोड रुपैयाँ बराबरको काम गर्न बाँकी यो सडकको भौतिक प्रगति ६५ प्रतिशत छ । अठार किलोमिटर दूरीको खन्ति–जोमसोमखण्ड कालोपत्र गर्न विसं २०७४ जेठमा ६२ करोड दुई लाख रुपैयाँमा सम्झौता भएको थियो । विसं २०७६ जेठमा सकिनुपर्नेमा ६० प्रतिशत भौतिक प्रगति भएको यो खण्डमा पनि पछिल्लो तीन वर्षयता अपेक्षाकृत गतिमा काम भएको छैन । जोमसोम कागबेनी १३ किमी कालोपत्र सडकलगायत संरचना निर्माण गर्न आयोजनाले रौटाहा/आत्रेय/सारस जेभी काठमाडौँसँग २०७८ असोज ४ गते रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०८० असोज ४ सम्मको म्याद भएको यो सडकमा सम्झौताको एक वर्षसम्म पनि ठेकेदारले काम थालेका छैनन् । जोमसोम कोरला ११० किमी सडकको सात खण्डमध्ये छ वटा खण्डको काम सम्पन्न भई कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । बेनी–जोमसोमको चार वटा खण्डमध्ये घाँसादेखि खन्तिसम्मको १२ किलोमिटर सडक कालोपत्र सकिएको छ ।