कुमारी बैंक र दराजबीच ११:११ अभियानको लागि सम्झौता

<p>काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिस ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यस [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिस ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार दराजको ११:११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले अभियानको अवधिमा मात्र हुनेछ उल्लेखित छुट पाउनेछन् ।

कुमारी बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Share News