विकासन्युज

रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आवद्ध संस्थाका एटीएममा प्रयोग गर्न सकिने

काठमाडौँ । डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आवद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएका छन् । यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएम हरुमा प्रयोग गर्न सकिने भएको छ । यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएम मार्फत सहजै कारोबार गर्न सक्नेछन् । कम्पनीले यो सुविधा छिट्टै नै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो ।

कुनै पनि देशले नेपालबाट मौसमी कामदार मागेका छैनन्, भ्रममा नपर्नु : विभाग

काठमाडौं । नेपालमा अहिलेसम्म कुनै पनि देशले मौसमी कामदार नमागेको वैदेशिक रोजगार विभागले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै विभागले अहिलेसम्म कामदार माग गर्ने सम्बन्धमा सम्बन्धित नियोग र विभागमा कुनै डकुमेन्ट पेश नभएको जनाएको हो । विभागले पछिल्लो समयमा मौसमी कामदार पठाउने भनी विभिन्न अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन गरी श्रमिकहरुलाई खास गरी दक्षिण कोरिया पठाउने भनी विभागको जानकारीमा आएको र विभागमा उजुरी समेत परेको जनाएको छ । मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रुपमा जाँदा शुल्क तिर्नु नपर्ने भन्दै कतिपय व्यक्तिहरुले भ्रामक सूचना फैलाएर पैसा उठाएको जानकारी विभागमा आएको जनाएको छ । विभागले दक्षिण कोरिया लगायत कुनै पनि मुलुकमा मौसमी कामदारको रुपमा जाने बारेमा भ्रममा नपर्न र रकम नबुझाउन सूचित गरेको छ । हेर्नुहोस विभागको सूचना

कम्बोडियाको बर्डफ्लुको जोखिम मानव समुदायमा कम रहेको डब्लुएचओको भनाइ

नोमपेन । कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ । यसअघि, गत हप्ता दक्षिणपूर्वी एसियाली राष्ट्रले बर्ड फ्लुबाट दुई जना मानिसमा सङ्क्रमण भएको पुष्टि गरेको थियो । दक्षिणपूर्वी प्रि वेङ प्रान्तकी ११ वर्षीया बालिका पहिलो सङ्क्रमित व्यक्ति रहेको र उनको फेब्रुअरी २२ मा भाइरसका कारण मृत्यु भएको थियो । उनका ४९ वर्षीय बुबालाई एक दिनपछि भाइरसको लागि सकारात्मक परीक्षण गरिएको थियो र हाल उनी प्रे वेंग प्रान्तीय रेफरल अस्पतालमा आइसोलेसनमा छन् । मृतक बालिकाको सम्पर्कमा रहेका अन्य ११ जनाको बर्ड फ्लु भाइरसको परीक्षणमा सङ्क्रमण पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ । ‘अहिलेसम्मका प्रमाणका आधारमा यो भाइरसले मानिसलाई सजिलै सङ्क्रमित गर्दैन र एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनु असामान्य देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । ‘अहिलेसम्म उपलब्ध सूचनाका आधारमा डब्लुएचओले यो भाइरसबाट उत्पन्न हुने जोखिम कम भएको आँकलन गरेको छ,’ उनले भने । कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि ली आइलानले प्रकोपविरुद्ध द्रुत प्रतिक्रियाका लागि साउदी अरबको पनि प्रशंसा गरेका छन् । रासस

क्यूआर स्क्यान गरी नेशनल लाइफको बीमाशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । अब क्युआर कोडबाट नेशनल लाइफको बीमा शुलक भुक्तानी गर्न सकिने भएको छ । कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था इएसइडब्लुइको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो । आकर्षक बोनसदर सहित विगत ३६ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो । कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था इएसइडब्लुइको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इएसइडब्लुइका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको छ । यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।

युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा ४ अर्ब ३० करोड डलर माग

जेनेभा । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक करोड ७० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न सहायता संस्थाहरूले उक्त रकम माग गरेका हुन् । यस द्वन्द्वले लाखौं मानिसको ज्यान लिइसकेको छ र अरब प्रायद्वीपको सबैभन्दा गरिब देशलाई विश्वको सबैभन्दा खराब मानवीय त्रासदीमा डुबाएको छ । यमन जलवायु सङ्कटको प्रभाबको अग्रपङ्क्तिमा रहेको र भीषण खडेरी र बाढीले जीवनलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ‘विश्वव्यापी मानवीय आवश्यकताहरूले दाताहरूको सहयोगलाई पहिले कहिल्यै विस्तार नगरेका भए पनि यमनमा सहायता अभियानका लागि निरन्तर सहयोग बिना लाखौं यमनीको जीवन सन्तुलनमा नरहने र द्वन्द्व सदाका लागि अन्त्य गर्ने प्रयास अझ चुनौतीपूर्ण हुनेछ,’ संयुक्त राष्ट्रसङ्घले सोमबार जारी विज्ञप्तिमा भनिएको छ । सन् २०१५ मा हुथी विद्रोहीले राजधानी साना र देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएपछि साउदी नेतृत्वको गठबन्धनले सरकारलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो । गत वर्ष अप्रिल २ मा शुरू भएको युद्धविराम गत अक्टुबरमा समाप्त भएको थियो । जेनेभामा सोमबार हुने दाता सम्मेलनमा भाग लिन आएका संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायसँग यो सङ्कट अन्त्य गर्ने शक्ति र साधन रहेको बताएका छन् । ‘यो हाम्रो अपीललाई पूर्ण रूपमा वित्तपोषण गरेर सुरु हुन्छ र संयुक्त राष्ट्रसङ्घ चाँडै रकम वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ उनले बताए । गत वर्ष संयुक्त राष्ट्रसङ्घले सहायता एजेन्सीहरूलाई हरेक महिना देशभरका करिब एक करोड १० लाख मानिससम्म पुग्नका लागि २.२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाएको थियो । रासस

सात महिनामा २१ अर्ब निकासा, एनसेलसँग मुद्धा लड्नदेखि धरौटी फिर्तासम्म

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विविध शिर्षकमा सवा २१ करोड रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांक अनुसार २१ अर्व २० करोड ६५ लाख रूपैयाँ निकासा गरेको हो । तथ्यांक अनुसार साउन महिनामा २५ हजार, भदौ महिनामा १७ मन्त्रालयलाई २ अर्ब २५ करोड २४ लाख, असोज महिनामा ७ मन्त्रालयका लागि ८८ करोड ३५ लाख ८९ हजार, कार्तिक महिनामा १८ मन्त्रालयका लागि १७ अर्ब ३० करोड, मंसिर महिनामा १३ मन्त्रालयका लागि ४२ करोड २१ लाख ८८ हजार रुपैयाँ निकासा भएको छ । यस्तैगरी, पुस महिनामा २३ मन्त्रालयका लागि २ करोड ९२ लाख ९९ हजार र माघ महिनामा ८ मन्त्रालयका लागि ५ करोड ४५ लाख रुपैयाँ निकासा गरेको हो । एजक्जयाटा (युके) र एनसेलसँग मुद्धा दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई २ करोड ६० लाख रुपैयाँ निकासा दिईएको छ । अर्थले असोज महिनामा एनसेल प्रालिले दायर गरेको मुद्धाको प्रतिरक्षा र मध्यस्थता शुल्क वापतको रकम थप सेवा शुल्क भुक्तानी गर्ने प्रयोजनार्थ नेपाली दूताबास वासिङटन अमेरिकालाई निकासा दिएको हो । यस्तै अर्थले विभिन्न व्यक्तिले धरौटीमा राखेको रकम फिर्ताको सिफारिस गरेको छ ।

रोजगार मेला गर्दै रत्ननगर नगरपालिका

चितवन । रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियो । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच सहमति भएअनुरुप सो नगरपालिकाले यस वर्ष मेलाको आयोजना गर्न लागेको हो । महानगरपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहभागी बैठकले यस वर्ष रोजगार मेला रत्ननगरमा गर्ने निर्णय गरेको हो । बैठकमा रत्ननगरका नगरप्रमुख प्रह्लाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, भरतपुरका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगरका नगरशिक्षा अधिकारी बद्रीनारायण शर्मा, भरतपुरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगरका विज्ञ सल्लाहकार रामहरि न्यौपाने लगायतको उपस्थिति थियो । रत्ननगरका नगर प्रमुख सापकोटाले जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । महानगरपालिका र नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा कक्ष र प्रवेश निःशुल्क गरिने छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । बागमती प्रदेशका १० पालिकामध्ये उक्त महानगरपालिका र नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । अघिल्लो वर्ष भरतपुरमा भएको मेलामा १७ जनाले रोजगारी पाएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनले भने, ‘कार्यक्रम प्रभावकारी बनाएर रोजगारी दिलाउने कुरामा यो मेला फलदायी हुनेछ ।’ रासस

अर्थमन्त्री विष्णु पौडेलसहित ८ मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामुहिक राजीनामा बुझाएका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेबाट ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता रहेको थियो । राजीनामा दिने अन्य मन्त्रीहरूमा परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वालाकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती छन् । पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको छ । गएको पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो । तर, सहमतिविपरीत प्रधानमन्त्रीले नेपाली काँग्रेससहितको आठदलीय मोर्चा बनाएर राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रश्ताव र समर्थन गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो ।