काठमाडौं । अब क्युआर कोडबाट नेशनल लाइफको बीमा शुलक भुक्तानी गर्न सकिने भएको छ । कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था इएसइडब्लुइको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।
आकर्षक बोनसदर सहित विगत ३६ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।
कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था इएसइडब्लुइको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इएसइडब्लुइका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको छ ।