काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विविध शिर्षकमा सवा २१ करोड रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांक अनुसार २१ अर्व २० करोड ६५ लाख रूपैयाँ निकासा गरेको हो ।
तथ्यांक अनुसार साउन महिनामा २५ हजार, भदौ महिनामा १७ मन्त्रालयलाई २ अर्ब २५ करोड २४ लाख, असोज महिनामा ७ मन्त्रालयका लागि ८८ करोड ३५ लाख ८९ हजार, कार्तिक महिनामा १८ मन्त्रालयका लागि १७ अर्ब ३० करोड, मंसिर महिनामा १३ मन्त्रालयका लागि ४२ करोड २१ लाख ८८ हजार रुपैयाँ निकासा भएको छ ।
यस्तैगरी, पुस महिनामा २३ मन्त्रालयका लागि २ करोड ९२ लाख ९९ हजार र माघ महिनामा ८ मन्त्रालयका लागि ५ करोड ४५ लाख रुपैयाँ निकासा गरेको हो ।
एजक्जयाटा (युके) र एनसेलसँग मुद्धा दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई २ करोड ६० लाख रुपैयाँ निकासा दिईएको छ । अर्थले असोज महिनामा एनसेल प्रालिले दायर गरेको मुद्धाको प्रतिरक्षा र मध्यस्थता शुल्क वापतको रकम थप सेवा शुल्क भुक्तानी गर्ने प्रयोजनार्थ नेपाली दूताबास वासिङटन अमेरिकालाई निकासा दिएको हो ।
यस्तै अर्थले विभिन्न व्यक्तिले धरौटीमा राखेको रकम फिर्ताको सिफारिस गरेको छ ।