कुनै पनि देशले नेपालबाट मौसमी कामदार मागेका छैनन्, भ्रममा नपर्नु : विभाग

<p>काठमाडौं । नेपालमा अहिलेसम्म कुनै पनि देशले मौसमी कामदार नमागेको वैदेशिक रोजगार विभागले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै विभागले अहिलेसम्म कामदार माग गर्ने सम्बन्धमा सम्बन्धित नियोग र विभागमा कुनै डकुमेन्ट पेश नभएको जनाएको हो । विभागले पछिल्लो समयमा मौसमी कामदार पठाउने भनी विभिन्न अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन गरी श्रमिकहरुलाई खास गरी [&hellip;]</p>

काठमाडौं । नेपालमा अहिलेसम्म कुनै पनि देशले मौसमी कामदार नमागेको वैदेशिक रोजगार विभागले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै विभागले अहिलेसम्म कामदार माग गर्ने सम्बन्धमा सम्बन्धित नियोग र विभागमा कुनै डकुमेन्ट पेश नभएको जनाएको हो ।

विभागले पछिल्लो समयमा मौसमी कामदार पठाउने भनी विभिन्न अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन गरी श्रमिकहरुलाई खास गरी दक्षिण कोरिया पठाउने भनी विभागको जानकारीमा आएको र विभागमा उजुरी समेत परेको जनाएको छ । मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रुपमा जाँदा शुल्क तिर्नु नपर्ने भन्दै कतिपय व्यक्तिहरुले भ्रामक सूचना फैलाएर पैसा उठाएको जानकारी विभागमा आएको जनाएको छ ।

विभागले दक्षिण कोरिया लगायत कुनै पनि मुलुकमा मौसमी कामदारको रुपमा जाने बारेमा भ्रममा नपर्न र रकम नबुझाउन सूचित गरेको छ ।

हेर्नुहोस विभागको सूचना

Share News