विकासन्युज

नतिजा नदिने पूर्वाधार आयोजना खारेज गरिने

काठमाडौं । सरकारले नतिजा नदिने पूर्वाधार आयोजना खारेज गर्ने भएको छ । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खराब आयोजनाहरू खारेज गर्ने विकल्प खोजिने बताएका हुन् । साथै उनले नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई भरपूर बजेट विनियोजन गर्ने पनि बताए ।

आधुनिक प्रविधि प्रयोग गरी देशभरिको जग्गा पुर्ननापी गरिने

काठमाडौं । सरकारले आधुनिक प्रविधि प्रयोग गरि देशभरिको जग्गा पुनर्पी गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आधुनिक प्रविधिबाट भूमिको पुर्ननापी अभिलेख अध्यवाधिक गरिने बताएका हुन् । उनका अनुसार भूमिको प्रकृतिस्वरूप सम्भावनाका आधार तीन तहको भूउपयोग योजना तयार पारि प्रदेश र स्थानीयको कार्यान्वयन क्षमता वृद्धि गरिने छ । साथै, सरकारी निकायलाई निशुल्क उपलब्ध हुने निजी जग्गाको नामसारी स्थानीय तहको सिफारिसमा जिल्ला मालपोत कार्यालयबाट हुने उनको भनाइ छ ।

अब घरजग्गाको नापी अनलाइनबाट गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अब घरजग्गाको नापी अनलाइनबाट गरिने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले घरजग्गालाई थप पारदर्शी र व्यवस्थित गरिँदै लगिने पनि बताएका छन् ।

५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने, ठाउँ-ठाउँमा अत्याधुनिक प्रयोगशाला

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यस्तै, उनले अब महानगर र उपमहागरमा कृषि तथा थोक बजार सञ्चालनमा गरिने बताएका हुन् । उनले सरकारले कृषिमा विशेष प्राथमिकता दिएर काम गर्ने बताएका हुन् । उनले अब अब प्रत्येक प्रदेशमा एक हजार गाइवस्तु पाल्ने व्यवस्था गर्ने र ठाउँठाउँमा पशु अस्पतालमा निर्माण गरिने पनि बताएका छन् ।

९८ प्रतिशत नेपालीको घरमा बिजुली पुग्यो, विद्युत जडित क्षमता ३९४० मेगावाट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो जानकारी दिएका हुन् । ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको पनि पौडेलले बताए ।

२८ अंकले बढ्यो नेप्से, हाइड्रोपावर र लघुवित्तमा आकर्षण

काठमाडौं । मंगलबार सेयर बजार २८.६२ अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन् । नेप्से परिसूचक २८.६२ अंक अर्थात १.४३ प्रतिशतले बढेर २०२७.५१ बिन्दुमा पुगेको छ । केही समयदेखि निरन्तर १९ सय बिन्दुमा रहँदै आएको नेप्से परिसूचक २ हजार बिन्दुमा पुगेको हो । आज सेयर बजार बढेपनि २२ कम्पनीको मूल्य घटेको छ भने २१९ कम्पनीको बढेको छ । त्यस्तै ३ कम्पनीको स्थिर रहेको छ । नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ ।  आज ४ अर्ब बढीको सेयर कारोबार भएको छ । यस दिन ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर कारोबार भएको हो । सोमबार करिब साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । आज सबै क्षेत्रका सूचकहरु बढेका छन् । माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ । आज समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ ।  आज सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

वित्त तथा मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा सुधार हुँदैछ : राष्ट्रपति

काठमाडाैं । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन् । उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए । उनले मूल्यवृद्धिदर पनि घटेको बताए । उनले कानुनहरूमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको बताए । ‘वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ, अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्यवृद्धिदर घटेको छ,’ उनल भने, ‘कानूनहरूमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ ।’ उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए ।  शोधनान्तर र चालु खाता वचतमा रहेको उनकाे भनाइ छ ।

कृषिमा लगानी दशकको घोषणा

काठमाडौं । सरकारले कृषिमा लगानीको दशकारुपमा घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८१/८२ लाई कृषिमा लगानीको दशक घोषणा गरिने बताएका हुन् ।