अब शिक्षकले मासिक रूपमा तलब पाउने, राजनीति गर्न नदिने
काठमाडौं । अब शिक्षकको तलब मासिक रूपमा पठाउने घोषणा सरकारले गरेको छ । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । हाल त्रैमासिक रूपता तलब दिइँदै आएको छ । यस्तै, शिक्षकको सरुवा तथा बढुवाका लागि आवश्यक संयन्त्र निर्माण गर्ने बताएका छन् । उनले शिक्षकलाई राजनीक दलको सदस्यता हुन नदिने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
अब एक पालिका, एक स्मार्ट विद्याललय कार्यक्रम लागु हुने
कामठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अब एक पालिका एक स्मार्ट विद्याललय कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना
काठमाडौं । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए । डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गर्ने बताए । राष्ट्रपति पौडेलले भने, ‘दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिनेछ । साईबर सुरक्षा सम्बन्धि अनुसन्धान, प्रतिकार्य तथा जनचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन तहगत व्यवस्था गरिनेछ । डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गरिनेछ । नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ । ’ राष्ट्रपति पौडेलले साईबर सुरक्षा सम्बन्धि कार्यलाई प्रभावकारी बनाउने बताए ।
निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने
काठमाडौं । सरकारले तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले पहाडी भू–भागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताए । उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए । उनले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए । उनले हलिउड तथा बलिउडका अन्तर्राष्ट्रिय चलचत्रि निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिने पनि बताए । ‘पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरिनेछ, पर्यटकीय सम्भावना बोकेका पहाडी भू–भागमा स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीन तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिनेछ,’ उनले भने, ‘ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिइने छ, हलिउड तथा बलिउडका अन्तर्राष्ट्रिय चलचत्रि निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिने छ । राष्ट्रिय सस्कृति नीति कार्यन्वयनमा ल्याइनेछ ।’ उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने पनि बताए ।
निजी क्षेत्रलाई आवासीय विकास निर्माण कार्यको जिम्मा दिने, सहरी पूर्वाधार सूचक तयार पार्ने
काठमाडौं । सरकारले निजी क्षेत्रलाई आवासीय विकास निर्माण कार्य गर्ने गरी नीतिगत व्यवस्था गर्ने भएको छ । लामो समयदेखि घरजग्गा व्यवसायीले आवासीय विकास निर्माण कार्य निजी क्षेत्रलाई दिन माग गरिरहेका बेला सरकारले नीतिगत व्यवस्था गरेर निजी क्षेत्रलाई पनि दिइने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजी क्षेत्रले समेत जग्गा आवास विकास कार्यक्रम गर्न सकिने नीति व्यवस्था गरिने बताए । साथै, नगर विकास कोषको पुनरसंरचना गरि सहलगानीमा सहरी पुर्वाधार निर्माण गरिने उनले बताए । उनका अनुसार सूचना प्रविधिमा आधारित सहरी पूर्वाधार सूचक तयार गरिने छ । आवास एकीकरण गरी घनाबस्तीमा न्यूनतम खुला क्षेत्रमा समेत भौतिक तथा सामाजिक पुर्वाधार निर्माण गरिने उनको भनाइ छ । साथै, देशैभर सूचना प्रणालीमा आधारित ठेगाना प्रणाली लागु गरिने उनले बताए । यस्तै, यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागु गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित र पहुँचयोग्य बनाइने उनले बताए । जल यातायात प्रयोगका लागि संस्थागत र प्रक्रियागत व्यवस्था गरिने र सुनकोशी र नारायणीमा टर्विनल सहितको जलमार्ग सञ्चालन गरिने उनको भनाइ छ । उनका अनुसार समुन्द्रमा सञ्चालन हुने पानी जहाज नेपालमा दर्ता हुने कानुनी प्रवन्ध गरिनेछ ।
काठमाडौं उपत्यका र सातै प्रदेशमा आईटी वर्क स्टेशन, इन्टरनेट सेवा प्रदायकलाई मर्जर गराइने
काठमाडां । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं र प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्क स्टेशन निर्माण गरिने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले यसबाट ५ हजारलाई रोजगारी दिइने बताएका छन् । उनले सूचना प्राविधिको विकास र विस्तारमा प्राथमिकता दिइने बताइँदै उनले इन्टरनेट सेवा प्रदायकलाई पनि मर्जर गराउने बताएका छन् ।
काठ आयात प्रतिस्थापन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले काठ आयात प्रतिस्थापन गर्ने बताएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशकै स्रोत उपयोग गरी काठ आयात प्रतिस्थापन गरिने बताएका हुन् । ‘सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा दिगो वन व्यवस्थापनमार्फत काष्ठ र गैरकाष्ठ वन पैदावारको उत्पादन, विकास, विस्तार तथा आपूर्ति अभिवृद्धि गरिनेछ । वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइनेछ,’ उनले भने ।
काठमाडौंका तीन नयाँ सहरलाई नमुना सहरका रूपमा अगाडि बढाइने
काठमाडौं । सरकारले काठमाडौंका तीन नयाँ सहरलाई नमुना सहरका रूपमा अगाडि बढाइने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंका तीन नयाँ सहरलाई नमुना सहरका रुपमा अगाडि बढाइने बताएका हुन् ।