विकासन्युज

नेपाललाई औषधीमा आत्मनिर्भर बनाइने

काठमाडौं । सरकारले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई औषधीमा आत्मनिर्भर बनाइने उल्लेख छ । यसका लागि निजी क्षेत्रको सहयोगमा औषधी उद्योगको संख्या बढाइने जनाइएको छ ।

आगामी आर्थिक वर्षभित्रै कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले आगामी वर्ष कन्ट्री रेटिङ गरिने बताए । उनले निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने बताए ।

सरकारको प्राथमिकतामा ओभरफ्लाई र सुरुङमार्ग, सुनकोसी र नारायणी नदीमा जलमार्ग

काठमाडौं । सरकारले सुरुङ र ओभरफ्लाई निर्माणमा प्राथमिकतामा दिने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलल मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङमार्ग र ओभरफ्लाई प्राथमिकतामा राख्ने बताएका हुन् । उनले ट्राफिक चापलाई कम गर्न पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा काम गर्ने बताएका हुन् । उनले सुनकोसी र नारायणी नदीमा जलमार्ग निर्माण गरिने बताएका छन् । पानी जहाज नेपालमा दर्ता गरिने कानुनी व्यवस्था गरिने पनि बताएका छन् ।

घरेलु मदिराको ब्राण्डिङ र निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । सरकारले घरेलु मदिरालाई खुला रूपमा बिक्री वितरण गर्न दिने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिराको गुणस्तर शुनिश्चत गरि नियन्त्रित उत्पादन ब्राण्डिङ र निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । उनका अनुसार गोरखा एग्रो पार्क, सुदूरपशिचम प्रदेशमा मेगा फूड पार्क, कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्र स्थापना गरिनेछ । यस्तै, दैलेखमा पेट्रोलियम पदार्थ अनुसन्धान प्रक्रिया आगामी आर्थिक वर्ष सम्पन्न गरिने उनले बताए । हलिडवूड र बलिवूड चलचित्र छायाङ्कन नेपालमा गर्न दिने गरी सहज व्यवस्था गरिने उनको भनाइ छ ।  

सुकुम्बासीकाे समस्या समाधान हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष सुकुमबासी समस्या समाधान गरिने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने बताएका हुन् ।

पशुपन्छी जन्य रोग नियन्त्रणका लागि खोप उत्पादन गरिने

काठमाडौं । सरकारले पशुपन्छी जन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा वितरण गर्ने जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले स्थानीय तहमा पशु अस्पताल बनाउने बताए । यस्तै सरकारले २ वर्षभित्र पशुमा लाग्ने खोरेत नियन्त्रण गरिसक्ने लक्ष्य राखेको छ । निजी क्षेत्रको सहभागितामा स्थानीय तहहरुमा क्रमशः पशु अस्पताल स्थापना गर्दै जाने पनि नीति कार्यक्रममा राखिएको छ ।

अब उपभोक्ता अदालत स्थापना गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपभोक्ताको संवैधानिक अधिकार प्रत्याभूति गर्न उपभोक्ता अदालत गठन गर्ने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

उद्योगमा चौथो पुस्तालाई प्राथमिकता, १ हजार जनालाई सहुलियतपूर्ण कर्जा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगमा चौथो पुस्तालाई प्राथमिकता दिने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्योगमा चौथो पुस्ताको औद्योगिक अवधारणा उपयोग गर्न प्रोत्साहन गरिने बताएका हुन् । उनले नवप्रद्र्धनलाई प्राथमिकतामा, उद्यमशीलता विकास र मेक इन नेपाल अभियानलाई प्रवद्र्धन गरिने पनि बताएका छन् । उनले सातै प्रदेशमा बिजनेस इन्कुभेसन सेन्टर खोलेर एक हजार जनालाई सहुलियत कर्जा प्रदान गर्ने बताएका छन् ।