वित्त तथा मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा सुधार हुँदैछ : राष्ट्रपति

<p>काठमाडाैं । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन् । उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक [&hellip;]</p>

काठमाडाैं । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन् ।

उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए ।

उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए । उनले मूल्यवृद्धिदर पनि घटेको बताए । उनले कानुनहरूमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको बताए ।

‘वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ, अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्यवृद्धिदर घटेको छ,’ उनल भने, ‘कानूनहरूमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ ।’

उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए ।  शोधनान्तर र चालु खाता वचतमा रहेको उनकाे भनाइ छ ।

Share News