काठमाडौं । सरकारले आधुनिक प्रविधि प्रयोग गरि देशभरिको जग्गा पुनर्पी गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आधुनिक प्रविधिबाट भूमिको पुर्ननापी अभिलेख अध्यवाधिक गरिने बताएका हुन् ।
उनका अनुसार भूमिको प्रकृतिस्वरूप सम्भावनाका आधार तीन तहको भूउपयोग योजना तयार पारि प्रदेश र स्थानीयको कार्यान्वयन क्षमता वृद्धि गरिने छ ।
साथै, सरकारी निकायलाई निशुल्क उपलब्ध हुने निजी जग्गाको नामसारी स्थानीय तहको सिफारिसमा जिल्ला मालपोत कार्यालयबाट हुने उनको भनाइ छ ।