आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको बजेटमा यस कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरिएको हो ।
सरकारले १ हजार युवालाई फेलोसिप प्रदान गर्ने
काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रका १ हजार युवालाई फेलोसिप प्रदान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । फेलोसिप प्रदान गर्नका लागि नीजि क्षेत्रलाई पनि प्राेत्साहन गरिने उनले बताएका छन् । त्यस्तै युवामा उद्यमशीलता प्रवर्धन गर्न कर्जाको सरल र समान पहुँच पुर्याइने भएको छ ।
रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना, सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गर्ने बताएका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गरिने बताएका हुन् । उनले ब्याज अनुदान सम्बन्धि अनुदान तथा सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन् । उनले डिजिटल, घुम्ती र मोबाइल बैंकिङलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा खोल्ने, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउने पनि बताएका छन् ।
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन
काठमाडौं । सरकारले जेष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान गरिर्दै आएको सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको छ । अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनीक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस निरन्तरता दिदै १ खर्ब १६ अर्ब विनियोजन गरेको बताए ।
सरकारले ‘हाम्रा बा-आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने
काठमाडौं । सरकारले ‘हाम्रा बा आमा हाम्रो जसम्मेवारी’ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनका अनुसार स्थनीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्दै लगिनेछ । सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रमको व्यवस्था गरिने भएको छ ।
बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण गरिने
काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण सुरु गरिने बताएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण गरिने बताएका हुन् । अर्थमन्त्री पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बताएका छन् ।
सुरक्षाकर्मीको अवकास समय पुनरावलोकन हुने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सुरक्षाकर्मीको अवकास समय पुनरावेलोकन हुने बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उनले सुरक्षाकर्मीको अवकास समय पुनरावलोकन हुने बताएका हुन् ।
वर्षामानको नजर नुवाकोटमा, सडकस्तर वृद्धिको लागि १८० करोड
काठमाडौं । नुवाकोटले गल्छी-स्याप्रुवेस-रसुवा सडकको स्तरवृद्धिको लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षामान पुनले आगामी वर्षको बजेटमा उक्त रकम विनियोजन गरेका हुन् । पूर्व अर्थमन्त्री प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेट बनाउँदा नुवाकोटलाई बढी बजेट विनियोजन गरेको भन्दै आलोचना भएको थियो । यस वर्ष पनि अर्थमन्त्री पुनले नुवाकोटमा एक नजर लगाएका छन् ।