
काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रका १ हजार युवालाई फेलोसिप प्रदान गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । फेलोसिप प्रदान गर्नका लागि नीजि क्षेत्रलाई पनि प्राेत्साहन गरिने उनले बताएका छन् ।
त्यस्तै युवामा उद्यमशीलता प्रवर्धन गर्न कर्जाको सरल र समान पहुँच पुर्याइने भएको छ ।