भूकम्पपछिको पुनिर्निर्माणका लागि २१ अर्ब ६० करोड विनियोजन
काठमाडौं । सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
तयारी वस्तुको पैठारीमा लाग्ने अन्तः शुल्क घट्यो
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उद्योगले पैठारीभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल घटाएका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै औषधि इन्डक्सन, अगरबत्ती, काजु बदाम लगायत उद्योगको कच्चा पदार्थको पैठारीमा महसुल तथा अन्तशुल्क घटाएको बताएका हुन् ।
शिक्षा क्षेत्रका लागि २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन
काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको घोषणा गरे ।
सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले कुल बजेटको चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको छ ।
सडक स्तरोन्नति र कालोपत्रे गर्न अर्बाैं बजेट, कुन राजमार्गलाई कति ?
काठमाडौं । सरकारले विभिन्न आयोजना निर्माणका लागि अर्बाैं बराबरको रकम बजेट छुट्याएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन गरेको बताए उनका अनुसार काठमाडौं तराई मधेश दूर्तमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधिन महादेव टार, धोद्रे र लेनडाँडा सुरूङ मार्गका निर्माण कार्य गरिनेछ । काठमाडौं तराई मधेश दूर्तमार्ग सडक आयोजनाअन्तर्गत ५७ वटा पुल निर्माण लगायत अन्य कार्य गर्न २२ अर्ब ५४ करोड विनियोजन गरिएको मन्त्री पुनले बताए । उनका अनुसार मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण गर्न ३ अर्ब ६८ करोड रुपैयाँ, हुलाकी राजमार्गका ७५ किलोमिटेर कालोपत्रे र १० वटा पुल निर्माण गर्न ३ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, कोशी काली गण्डकी र कर्णाली करिडोरका लागि ५० किलोमिटर कालोपत्रे र ५ वटा पुल निर्माणका लागि ४ अर्ब ४३ करोड रुपैयाँ, मधनभण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन ३ अर्ब ६० करोड रुपैयाँ र नारायणगढ मुग्लिन खण्डको ४० किलोमिटर सडक स्तरोन्नति गर्न ९ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री पुनले बताए ।
आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको बजेटमा यस कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरिएको हो ।
सरकारले १ हजार युवालाई फेलोसिप प्रदान गर्ने
काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रका १ हजार युवालाई फेलोसिप प्रदान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । फेलोसिप प्रदान गर्नका लागि नीजि क्षेत्रलाई पनि प्राेत्साहन गरिने उनले बताएका छन् । त्यस्तै युवामा उद्यमशीलता प्रवर्धन गर्न कर्जाको सरल र समान पहुँच पुर्याइने भएको छ ।
रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना, सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गर्ने बताएका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गरिने बताएका हुन् । उनले ब्याज अनुदान सम्बन्धि अनुदान तथा सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन् । उनले डिजिटल, घुम्ती र मोबाइल बैंकिङलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा खोल्ने, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउने पनि बताएका छन् ।